IME Life

अन्तर बैंक ब्याज दर १ प्रतिशत भन्दा पनि कम, अझै ब्याज घट्ने सम्भावना

SPIL
NIC ASIA

काठमाडौं । बैंकमा लगानीयोग्य रकम बढ्न थालेसंगै अन्तर बैंक ब्याज दर १ प्रतिशत भन्दा कममा आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार अन्तर बैंक ब्याज दर बुधवार शून्य दशमलव ९६ प्रतिशतमा आएको हो । एक दिन अघि अन्तर बैंक ब्याज दर १ प्रतिशत भन्दा माथि थियो ।

अन्तर बैंक ब्याज दर कम हुनुले बैंकसँग लगानीयोग्य रकम धेरै छ भन्ने बुझाउँछ । बैंकले बैंकहरुसँग लिने अल्पकालीन सापटीको निर्धारण भएको ब्याजलाई अन्तर बैंक ब्याज दर भनिन्छ ।

Prabhu
Crest

अन्तर बैंक ब्याज दर निरन्तर घट्नुले आगामी दिनमा ब्याज दर घट्ने कुराको संकेत पनि गर्दछ । पछिल्लो तथ्यांक अनुसार बैंकहरुको सिडी रेशियो पनि ८० दशमलव ४८ प्रतिशत थियो । एकदिन अघि अर्थात् मंगलवार सो रेशियो ८० दशमलव ६१ प्रतिशत थियो ।

नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नितिको प्रथम समिक्षाले पनि ब्याज दर घटाउन  सहयोग गर्ने खालका केही नितिगत दर घटाएको कारण र ब्याज दर घटाउन सहयोग मिल्ने खालका सूचकहरुमा देखिएको संकेतको कारण पनि ब्याज दर घट्ने सम्भावना छ ।

कर्जाको माग कम हुँदा र बैंकमा पैसा थुप्रीएको अवस्थामा बैंकको लागत धेरै बढ्ने हुँदा बैंकहरु निक्षेपको ब्याज घाटाउने गर्छन् । निक्षेपको ब्याज घट्दै जादा त्यसले बेस रेट कम गर्ने र कर्जाको ब्याज पनि कम हुने गर्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS