IME Life
GBIME

नेपालमा डाटा साइन्स विषयको बढ्दै लोकप्रियता, कहिलेसम्म हुनुपर्छ भर्ना ? कति लाग्छ शुल्क ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले बजारमा प्रतिस्पर्धा गर्ने नयाँ–नयाँ कार्यक्रम थप्दै गएको र बहुआयामिक विषयको अवधारणाअनुसार गणित विज्ञान स्कूल बल्खुमा स्नातकोत्तर तहमा विश्वमै उत्कृष्ट कोर्षका रुपमा चिनिएको डाटा साइन्स विषयको नयाँ भर्ना आह्वान गरेको छ।

गणित विज्ञान स्कुलका कार्यक्रम संयोजक केशवराज फुलाराका अनुसार यो कोर्ष पूरा गरिसकेपछि तथ्यांक विश्लेषकको जनशक्ति नेपालमै उत्पादन भई यसले एकातिर सरकारी तथा निजी कम्पनीलगायत सेयर बजारका डाटा विश्लेषण गरी ट्रेन्ड पत्ता लगाउन सहज हुनेछ भने अर्कोतिर बाह्य देशको डाटाको कामबाट विदेशी मुद्रा हासिल गरी देशको आर्थिक शक्ति मजबुत बनाउन भुमिका खेल्नेछ। स्कुलबाट उत्पादित जनशक्तिले स्वदेश तथा विदेशमा सहजै काम पाउनुका साथै तुलनात्मक रुपमा अन्य देशभन्दा नेपालमा यो कोस पढ्न कम शुल्क भएको उनले दाबी छ।

Crest

स्नातक तहको नतिजापश्चात विद्यार्थीहरुमा के पढ्ने अनि कता पढ्ने भन्ने अन्यौल छ। केही विद्यार्थी नेपालमा भविष्य नै छैन भन्ने सोचका कारण विदेश जाने तयारी गरिरहेका छन् भने केही नेपालमै पढ्ने भन्ने सोचका साथ अनेक विषयहरु वा कार्यक्रमहरुको बारेमा बुझ्न थालेका छन्। त्रिभुवन विश्वविद्यालयअन्तर्गत गणित विज्ञान स्कुलले सञ्चालन गरेको स्नातकोत्तर तहको डाटा साइन्स कार्यक्रम विद्यार्थीका लागि राम्रो गन्तव्य हुन सक्ने अपेक्षा गरिएको छ।

संयोजक फुलाराका अनुसार विभिन्न अनुसन्धानअनुसार विश्वमै उत्कृष्ट एंव जागिरका लागि समेत अग्रस्थानमा आउन सफल डाटा साइन्सको माग समेत दिन प्रतिदिन बढ्दै गइरहेको छ। यो कोर्समा Statistical Knowledge and Analysis, Machine Learning and Programming, Coding and Computing, AI, NLP, Big Data, Cloud Computing, Analytical and Critical Thinking, Monte Carlo Methods लगायतका विषयहरु अध्यापन गराइने उनले जानकारी दिए। नेपालको एकमात्रै ठाउँमा अध्यापन गराइने यो कोर्सका वारेमा धेरै विद्यार्थी तथा अभिभावक अनभिज्ञ रहेको उनको भनाइ छ।

न्यूनतम योग्यता

त्रिवि वा सोबाट मान्यता प्राप्त शिक्षण संस्थावाट स्नातक तहमा कम्तीमा सीजीपीए २ वा द्वितीय श्रेणी वा सोसरहको प्राप्तांक ल्याई B.E. / B.Sc. CSIT / BIT / BCA / B. Math. Sc. / B.A./B.Sc. (Mathematics / Statistics) / B.A./B.Sc. with Mathematics / Statistics in first two year, BIM with one Mathematics and one Statistics वा सोसरहको उपाधि प्राप्त गरेको जुनसुकै विद्यार्थीले यो कार्यक्रम पढ्न सक्नेछन्। विदेशी शैक्षिक संस्था वा अन्य विश्वविद्यालयबाट प्राप्त गरेको शैक्षिक योग्यताको हकमा पाठ्यक्रम विकास केन्द्र त्रिविबाट समानस्तर प्राप्त गरेको कागजात पेस गर्नुपर्नेछ।

आवेदन प्रक्रिया

आवेदन फारम इन्टरनेट सुविधा भएको कुनै पनि स्थानबाट विज्ञान तथा प्रविधि अध्ययन संस्थानको ] webpage//iost.tu.edu.np मा राखिएको Entrance call sf] M.Sc. and Master’s Degree 2080 Entrance call मा गएर २०८० मंसिर २५ गतेभित्र अनलाइन माध्यमबाट दिएको निर्देशनअनुसार भर्न सकिनेछ। कार्यक्रम छनौट गर्दा MDS छनौट गर्नुपर्नेछ।

प्रवेश परीक्षासम्बन्धी कार्यक्रम

क. लिखित, अन्तर्वार्ता र शैक्षिक योग्यता तीन चरणको जाँचका आधारमा नयाँ भर्ना लिइनेछ। जसअन्तर्गत लिखित परीक्षाको ७०%, अन्तर्वार्ताको १५% र शैक्षिक योग्यताको १५% प्राप्ताङ्कको आधारमा योग्यताक्रम प्रकाशित गरिनेछ।

ख. लिखित परीक्षा स्नातक तहको पाठ्यक्रमको आधारमा Mathematics (25 Marks), Statistics         (25 Marks), Computer Science and Information Technology  (25 Marks), Technical English (10 Marks) / Logical Reasoning(15 Marks) को १०० पूर्णांकको बहुबैकल्पिक प्रश्नहरु समावेश गरी दुई घन्टाको लिइनेछ। जसको समयावधि २ घन्टाको हुनेछ।

समावेशी कोटा

स्कुलले त्रिवि सेमेस्टर प्रणाली सञ्चालन विनियम २०७४ अनुसार जम्मा ४० जनाको सिटमा ८०% (३२ जना) खुला र २०% (८ जना) समावेशी कोटाका आधारमा भर्ना गरिनेछ। समावेशी सिटका लागि स्कुलको वेबसाइटमा भएको फारम भरी सोमा उल्लेखित कागजातको स्क्यान कपी [email protected] मा पठाउनुको साथै अन्तर्वार्ताको दिन सक्कल प्रति नै बुझाउनुपर्नेछ ।

छात्रवृत्ति

यो कोर्ष पूरा गर्न चार सेमेष्टरको ३ लाख ६० हजार रुपैयाँ शुल्क लाग्छ। केही रकम भर्ना गर्दा र बाँकी रकम हरेक सेमेष्टरको सुरुमा नै किस्ताबन्दी रुपमा तिर्नुपर्छ। छात्रवृत्ति विज्ञान तथा प्रविधि अध्ययन संस्थान, त्रिविको ‘छात्रवृत्तिसम्बन्धी कार्य निर्देशिका, २०७९’ अनुसार उत्कृष्ट नतिजा प्राप्त गर्ने १० प्रतिशत विद्यार्थीलाई जेहेन्दार तथा निःशुल्क छात्रवृत्ति प्रदान गरिनेछ।

मूल्यांकन

सेमेष्टर प्रणालीअनुसार अध्यापन गराइने यो कोर्सको ४० प्रतिशत आन्तरिक र ६० प्रतिशत बाह्य मूल्यांकनका आधारमा गरिन्छ। जसअन्तर्गत ३० पूर्णांकको आन्तरिक मूल्यांकन र ४५ पूर्णांकको सेमेष्टरको अन्तिम परीक्षो लिइनेछ।

शैक्षिक पात्रो

हरेक सेमेष्टरको सुरुमै सम्बन्धित विद्यार्थीलाई शैक्षिक पात्रो दिइनेछ। सम्पूर्ण शैक्षिक गतिविधि सोही पात्रोअनुसार सञ्चालन गरिनेछ। अन्य कुरा यथावत रहेमा विद्यार्थीले दुई वर्षको कोर्स ठीक दुई वर्षभित्रमै उक्त लेभलको प्रमाणपत्र पाइसक्नेछन्। हरेक सेमेष्टरको अन्तिममा लिएको जाँचको नतिजासमेत बढीमा एक महिनाभित्रै प्रकाशन भइसक्नेछ। समयमा भर्ना, समयमै कक्षा, समयमै परीक्षा र समयमै नतिजा निकाल्नु यो स्कुलको लक्ष्य रहेको छ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS