IME Life
Beema Board

मर्जर र लाभांशको अजेन्डासहित मितेरी डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले १८ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

बैंक सञ्चालक समितिको मंगलबार (मंसिर १९ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस १४ गते सुनसरीको धरानस्थित सुनसरी उद्योग वाणिज्य संघमा बिहान ११ बजे डाकेको हो। सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनका साथै नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण पारित गर्नेछ।

Prabhu
Crest

सभाले सञ्चालक समितिले उक्त आर्थिक वर्षका लागि प्रस्ताव गरेको चुक्तापुँजीको कुल १० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ९.५ प्रतिशत बोनस शेयर र लाभांश कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश रहेको छ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय गाभ्ने, गाभिने वा प्राप्ति प्रयोजनका लागि गर्न आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव स्वीकृत गर्नेछ।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ बैंकले मंसिर २८ गतेदेखि पुस १४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब मंसिर २८ गतेअघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको वार्षिक साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS