IME Life
Beema Board

रोकिएन शेयर बजारको ओरालो यात्रा, १.१९ अर्ब बढीको कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शेयर बजारको गिरावटले आज सोमबार पनि निरन्तरता पाएको छ।

नेप्से परिसूचक आज ३.४२ अंकले घटेर १८४७.८१ को विन्दुमा बन्द भएको छ। बजार घटे पनि आज कारोबार भने १ अर्ब रुपैयाँ माथिको भएको छ। कारोबार हिजोको तुलनामा बढेको हो।

Prabhu
Crest

आज नेप्सेमा सूचीकृतमध्ये २९२ कम्पनीका ३८ लाख ९६ हजार २८७ कित्ता शेयर १ अर्ब १९ करोड ७२ लाख ५७ हजार ८९४.६९ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको ७ करोड ४६ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ। हिमालयन डिस्टिलरीको पनि ७ करोड ७ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

सामान्य अंकले घटेको बजारमा आज १२२ कम्पनीको शेयरमूल्य बढ्दा १०९ कम्पनीको घटेको छ। यो दिन समाज लघुवित्तका शेयरधनीहरु मालामाल भए। यो लघुवित्तको शेयरमूल्य ८ प्रतिशत बढीले उकालो लागेको छ। आज एनआरएन इन्फ्रास्ट्रक्चर र माउन्टेन इनर्जीका शेयरधनीहरुले सर्वाधिक गुमाए। यी दुवै कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले घटेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS