IME Life
Beema Board

शेयर बजारमा १७ अंकको गिरावट हुँदा १९० कम्पनीको मूल्य घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिजो सामानय घटेको बजारमा आज दोहोरो अंकले घटेर बजार बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १७ दशलमव ९३ अंकले घटेर १,८७६ दशलमव ६० को विन्दुमा कायम भउको छ । आज ४२ कम्पनीको शेयर मुल्य बढेको छ भने १९० कम्पनीको शेयर मुल्य घटेको छ ।

आज अन्य बाहेक सबै उपसूचक घटेका छन् । आज दिनभरिमा २८५ कम्पनीको ३३ लाख ५९ हजार ६०१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १ कोडको शेयर कारोबार भएको छ । आज सबैभनदा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया डिबेञ्चरको ५ करोडमाथिको शेयर कारोबार भएको छ । सिटिजन लाइफको ३ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै विजय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ९ दशलमव ८८ प्रतिशतका दरले कमाएका हुन् । कुमारी धनबृद्धि योजनाका इकाईधनीले ३ दशलमव ६३ प्रतिशतका दरले कमाएका छन् । सिटिजन्स म्युचुअल फण्ड २ का इकाईधनीले ३ दशलमव ५५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै बुद्धभुमी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS