IME Life
Beema Board

धितोपत्र बोर्डको अध्यक्षमा दोहोरिने मुडमा हमाल, सेबोनभित्र र बाहिर पनि छन् थुप्रै आकांक्षी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अध्यक्ष रमेशकुमार हमालको कार्यकाल अब थोरै दिनमात्रै बाँकी छ। उनको कार्यकाल आउँदो पुस २० गतेबाट सकिँदैछ।

धितोपत्र बोर्डको अध्यक्षमा हमालको कार्यकाल सकिनै लाग्दा बजारमा निकै चासोका साथ हेर्न थालिएको छ। केहीले धितोपत्र बोर्डको अध्यक्षमा हमाल नै दोहोरिने सम्भावना रहेको पनि भनिरहेका छन् भने केहीले अध्यक्ष नयाँ व्यक्ति आउने आँकलन पनि गरिरहेका छन्।

Prabhu
Crest

धितोपत्र बोर्डभित्रै हमाल अध्यक्षमा दोहोरिन सक्ने विषयमा चर्चा चलिरहेको छ। ‘हमाल नै अध्यक्षमा पुनः दोहोरिने सम्भावना छ’, धितोपत्र बोर्ड स्रोत भन्छ्, ‘किनकि पछिल्लो समय नयाँ स्टक एक्सचेन्ज ल्याउने विषयमा हमाल निकै विवादमा तानिएका थिए। यो मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो। तर, सर्वोच्च अदालत र प्रतिनिधिसभाको अर्थ समितिले नयाँ स्टक एक्सचेन्ज ल्याउन ग्रिन सिग्नल दिइसकेको अवस्था छ। यसले अब हमाल पुनः अध्यक्षमा दोहोरिने सम्भावना छ।’

धितोपत्र बोर्डको नियमावलीमा पनि अध्यक्षमा एक कार्यकाल सकेर पुनः दोस्रो कार्यकालका लागि एकै व्यक्ति अध्यक्ष हुन पाउने प्रावधान रहेको छ। ‘अहिलेसम्म धितोपत्र बोर्डको अध्यक्षमा एकै व्यक्ति दोस्रो कार्यकालका लागि दोहोरिएको इतिहास भने छैन’, स्रोत भन्छ, ‘तर, हमाल अध्यक्षमा दोहोरिने सम्भावना छ।’

अर्थ मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले निर्णय गरेमा अध्यक्षमा पुनः हमाललाई दोहोरिन सक्ने धितोपत्र बोर्डका एक उच्च अधिकारीले बताए। ‘अध्यक्षमा अझै १ वर्ष रहन चाहेको मनशाय हमालको रहेको देखिन्छ’, ती अधिकारीले भने, ‘सायद यही कारणले अहिले उनी दौडधुप गरिरहेका छन्। अस्ट्रेलियाबाट फर्केदेखि उनी कार्यालयमा बिरलै बस्ने गरेका छन्।’

नयाँ स्टक एक्सचेन्ज एक वर्षभित्र ल्याएर हमाल धितोपत्र बोर्डको अध्यक्षबाट बाहिरिन सक्ने पनि ती अधिकारीले बताए। ‘उनी अध्यक्षमा दोहोरिन्छन् वा दोहोरिँदैनन्, त्यो सबै सरकारको हातमा रहेको छ’, ती अधिकारीले भने।

उता, धितोपत्र बोर्डको अध्यक्ष हुन चाहने आकांक्षीहरु धितोपत्र बोर्डभित्रै र बाहिर थुप्रै रहेका छन्। यदि हमाल नदोहोरिए सरकारले नयाँ अध्यक्ष चयनका लागि दरखास्त आह्वान गर्नेछ। ‘दरखास्त आह्वान छिटो पनि हुन सक्छ र ढिलो पनि हुन सक्छ’, ती अधिकारीले भने, ‘किनकि सरकारले भीष्मराज ढुंगानालाई गोल्डेन सेयर लिएको आरोपमा अध्यक्षबाट बर्खास्त गरेको करिब साढे ४ महिनापछि हमाल अध्यक्ष भएर आएका थिए।’

धितोपत्र बोर्डभित्रै अध्यक्षको आकांक्षीमा हालका कार्यकारी निर्देशकहरु डा. नवराज अधिकारी, कृष्णराज पोखरेल र मुक्तिनाथ श्रेष्ठको नाम पनि चर्चामा रहेको छ। डा. अधिकारी पनि २–३ पटक धितोपत्र बोर्डको अध्यक्ष बन्ने दौडमा रहेका थिए। ‘धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरीको नाम पनि अध्यक्षको आकांक्षीमा रहेको सुनिन्छ’, स्रोत भन्छ, ‘नेप्सेका पूर्वसीईओहरु चन्द्रसिंह साउद र सीताराम थपलिया, राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर शिवराज श्रेष्ठलगायतको नाम पनि अध्यक्षको आकांक्षीमा रहेको चर्चा छ।’

धितोपत्र बोर्डभित्रकै वा बाहिरबाटै अध्यक्षका आकांक्षी थुप्रै रहे पनि हमाल नै दोस्रो कार्यकाल थोरै समयका लागि अध्यक्षमा दोहोरिने सम्भावना प्रबल रहेको स्रोत बताउँछ। ‘किनकि सरकार पनि नयाँ स्टक एक्सचेन्ज ल्याउन सकारात्मक देखिन्छ। त्यसैले छिट्टै मन्त्रिपरिषद्ले नयाँ स्टक एक्सचेन्ज ल्याउन बाटो खुला गर्ने सम्भावना छ’, स्रोत भन्छ, ‘यसको अर्थ सरकार हमालकै कार्यकालमा नयाँ स्टक एक्सचेन्ज आओस् भन्नेमा रहेको देखिन्छ।’

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS