IME Life

“मेरो लागि विदेश र व्यापार भन्दा पनि बीमा पेशा उत्कृष्ट” एमडीआरटी प्रेम अछामी

SPIL
NIC ASIA

काठमाडौं । बीमा क्षेत्रमा छोटो समयमा सफलता हासिल गर्न सफल एवम् सकृय पात्र हुन्, एजेन्सी ‘प्रेम बहादुर अछामी’ । अछामीले सात वर्ष अघि बीमा क्षेत्रको यात्रा आरम्भ गरेका थिए । उनले तत्कालिन युनियन लाइफ इन्स्योरन्सबाट आफ्नो बीमा क्षेत्रको सुनौलो यात्रा आरम्भ गरेका उनी हाल उनी सिटिजन लाइफ इन्स्योरेन्समा आबद्ध छन् । उनले सिटिजन लाइफमा आबद्ध भएको पनि दुई वर्ष पुरा भईसकेको छ ।

उनी निरन्तरको मेहनत र धैर्यताकै कारण धेरैका लागि प्रेरणाको पात्र समेत बनेका छन् । बीमा पेशामा आबद्ध भएको नौ महिनाको अवधिमा नै उनी वित्तीय सल्लहाकारहरुका लागि अन्तर्राष्ट्रिय प्रतिष्ठा मानिने मिलियन डलर राउण्ड टेबल अन्तर्गत एमडीआरटी समेत बन्न सफल भए ।

Prabhu
Crest

व्यापार र बीमा क्षेत्रको यात्रा सँगसँगै
हाल उनी बीमा अभिकर्ताको पेशामा व्यस्त छैनन्,आफ्नै भाँडा पसल समेत उत्तिक्कै सकृयताका साथ सम्हालेका छन् । उनी भन्छन्, एजेण्ट बन्नका लागि आफूले पहिलेदेखि गरिरहेको काम छोडेरै लाग्नुपर्छ भन्ने अनिवार्य छैन, यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने मात्र हो ।
हालसम्म उनले ८५ जना बीमितको बीमा गराईसकेका छन् । शायद बीमितसँग जोडिएका जोखिमहरुलाई इमान्दारीताका साथ आंकलन गरेरै बीमा गराएकाले हुनसक्छ, बीमितमध्येबाट कसैलाई पनि दीर्घ रोग वा स्वास्थ्य समस्याका कारण असमयमै दाबी दिनुपर्ने अवस्था आएको छैन।

बीमामा लागेपछि धेरै कुरा फरक पाए
भाँडाकुँडा व्यापारमा सीमित ग्राहकबीच मात्र परिचित हुने अवसर पाएका उनले बीमामा लागेकै कारण देशको हरेक भूगोलका मान्छेसँग भेटघाट र चिनजान गर्ने अवसर पाए । यसलाई पनि उनले बीमा क्षेत्रले दिएको एउटा निकै महत्वपूर्ण उपहारकै रुपमा सम्झने गरेका छन् । अहिले अछामीले पूर्व एक नम्बर प्रदेशदेखि सात नम्बर प्रदेशसम्म धेरै जना साथीहरु कमाएका छन् ।

विगतमा उनले कसैको अगाडी गएर केही कुराहरु बोल्न पनि आफूलाई सकस पर्ने गरेको सुनाउँछन् । बीमा क्षेत्रमा लाग्ने जो कोहीले आफ्नो व्यक्तित्व विकास गर्न सक्ने बताएका छन् । आजभोली उनले धेरैजनाको अगाडी बीमाको जनचेतना तालिम समेत संचालन गर्दै आएका छन् । यसबाट उनले आफूले जानेको कुरा अरुलाई पनि स्पष्ट रुपमा सिकाउन सक्ने कलाको विकास भएको बताएका छन् ।

बीमामार्फत् पैसा र पुण्य दुबै
आर्थिक कमाई हुन्छ भनेर बीमा पेशामा छिरेका उनले अहिले बीमाबाट कमाई मात्र नभई समाज सेवा समेत हुने गरेको देख्दा निकै खुशी लाग्ने गरेको बताएका छन् । उनी कोही नयाँ मान्छे भेट्दा आफ्नो परिचय मात्र गर्दैनन् अभिकर्ता भएको नाताले जीवन बीमाको अपरिहार्यता बारेमा पनि ज्ञान बाँडिहाल्छन् । त्यसरी आफूले जानेको कुरा अरुलाई पनि सिकाउँन पाउँदा उनी त दंग छन् नै उनीसँग जानकारी लिने धेरै जनाले उनलाई हृदयदेखि नै धन्यवाद समेत दिएका छन् ।

बीमाबाट पाएका उपलब्धीहरु
अछामीले बीमाबाट आफ्नो जीवनमा केही महत्वपूर्ण परिवर्तन अनुभव गर्न पाएका छन् । सबैभन्दा महत्वपूर्ण भनेको बीमाबाट आफ्नो व्यक्तीत्व विकास हुने मौका प्राप्त भयो । त्यस्तै, दोस्रो उनले आफूले सामाजिक कार्यमा योगदान गर्न सक्ने हैसियत निर्माण गरे । त्यस्तो कार्यमा आबद्ध हुने उत्प्रेरणा पनि बीमाले नै दिएको हो ।

भाँडा पसलबाट गरेको आम्दानीभन्दा उनले बीमा क्षेत्रबाट हाँसिल गरेको आम्दानी रकम मोटो छ । यसलाई पनि उनले ठूलो सफलता मानेका छन् । दुई पाङ्ग्रेबाट चारपाङग्रे चढ्ने आर्थिक हैसियत पनि उनलाई बीमाले नै बनाई दिएको हो ।

स्नातकसम्मको शैक्षिक यात्रा, विभिन्न कार्य अनुभव बटुल्न सफल

पहाडी भेगको गोरखा पालुङ्टार नगरपालिका २ को स्थायी बासिन्दा अछामीको बसोबास अचेल भने तराई भेगमा पर्ने चितवन भरतपुर ९ नम्बरमा छ । उच्च मावि तहसम्मको अध्ययन पछि पैसा कमाउन विदेशिएका उनले सात वर्षसम्म खाडी मुलुकमा पनि काम गरे । बीमा पेशामा लागेपछिको बेग्लै प्रतिष्ठा आर्जन्सँगै औपचारिक शिक्षाको यात्रालाई पुनः शुरु गरौं भन्ने हुटहुटी जागेकाले अहिले उनले शैक्षिक यात्रालाई झण्डै १२ वर्षपछि पुनः निरन्तरता दिंदै स्नातक तहको अध्ययन शुरु गरेका छन् ।

कोरोना महामारीको कहरमा पहिलो तीन महिना आफूसँग भएको पैसा उनले पारिवारिक खर्च र खानपिनमा सक्किएपछि दोस्रो लक डाउनको बेलामा बीमा क्षेत्र रोज्न पुगेका थिए । उनले बीमाले बिना पैसा लगानी धेरै प्रतिफल दिने बताएका छन् । बीमामा जोडिन चाहने जो कोहीले यस पेशालाई निरन्तरता दिन आवश्यक रहेको उनी बताउँछन् । छोटो समयका लागि नभई लामो समय यसमा बिताउँछु भनेर जोडिने व्यक्तिहरुको सफलता तुलनात्मकरुपमा बढी सुनिश्चित हुने अनुभव उनको छ।

उनी भन्छन्, बीमा क्षेत्र असीमित संभावनाको क्षेत्र हो, यसमा थोरै पनि आत्मविश्वास हुने जोकोहीले पनि आफ्नो भविष्य उज्जवल बनाउन सक्छ।
बीमा अनिवार्य बचत रहेको साना मजदुरी गर्नेदेखि ठूला उद्योग चलाएका व्यक्तीहरुले आफ्नो जोखिमको मुल्यांकन गरेर बीमा गर्नुपर्ने बताएका छन् । जीवनमा भवितव्य रहेकाले नै जो कोहीले बीमा गराउनु पर्ने उनको सुझाव छ । आफूले एक्लै मात्र नभई सामूहिक रुपमा पनि बीमामा पोलिसी बेच्दै आएको उनले सुनाएका छन् ।

बिवाहमा दाईजोको साटो जीवन बीमा योजना नै उपहार दिनका लागि अभिभावकलाई हौंस्याउने गरेका छन् । जन्मदिन, पास्नी लगायतका शुभ कार्यहरुमा पनि जीवन बीमालाई नै अमूल्य उपहारकारुपमा अपनाउन उनले आफूले चिनेजानेका लाई सकेसम्म सुझाव दिइरहेका छन् । बीमाको बारेमा कुनै पनि व्यक्तीले सुन्न नचाहेमा त्यस्ता व्यक्तीलाई पटक पटक बुझाई दिनुपरे पनि आफू झण्झट नमान्ने उनको बानी छ । अछामीले एउटै व्यक्तीलाई बीमाको बारेमा दश पटक सम्म जानकारी दिएपछि बल्ल जीवन बीमा गराएको पनि अनुभव सुनाए ।

हरेक पेशामा कुनै पनि व्यक्तीले सफलता हासिल गर्न मेहनत गर्नै पर्ने भएकाले उनले त्यस्तो पेशा मध्ये बीमा पेशा पनि एक रहेको बताएका छन् । अछामीले बीमाले बीमित र अभिकर्ता दुबैलाई लाभ पुर्याउने भएकाले यो एक जनाको लागि मात्र नभई दुवैको लाभका लागि उपयोगी हुने पेशामा पर्ने पनि चित्रण गरेका छन् ।

बीमाको अन्तर्राष्ट्रिय मान्यता रहेकाले यसको अपरिहार्यतालाई सबैले मनन गर्नुपर्ने उनको सुझाव छ । व्यक्तिको आर्थिक क्षमता आँकलन गरेर बीमा गरेमा कहिल्यै पछुताउनु नपर्ने अछामीले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS