IME Life
Beema Board

नेपाल लाइफका पोखरेल, भण्डारी र शिवाकोटीलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कर्मचारीमाथि ज्यादती गरेको विषयलाई लिएर नेपाल बीमा प्राधिकरणले नेपाल लाइफ इन्स्योरेन्सका तीनजना वरिष्ठ कर्मचारीसँग स्पष्टीकरण मागेको छ। प्राधिकरणले कम्पनीका पूर्व वरिष्ठ अधिकृत रिमेन पाैडेलको उजुरीका आधारमा छानबिनका लागि उमापति पोखरेल,विनय भण्डारी र बन्दना शिवाकोटी विरुद्ध पत्र जारी गर्दै स्पष्टीकरण मागेको हो ।

नेपाल लाइफको विराटनगर शाखाका पूर्व कर्मचारी रिमेन पाैडेलले पदबाट राजीनामा दिएको ३० महिना बितिसक्दा पनि आफूले पाउनुपर्ने सञ्चयकोष, नागरिक लगानीकोष, उपदान, सञ्चित बिदा, बोनशवापतको कुनै पनि रकम हालसम्म नपाएको भन्दै पाैडेलले कानूनी उपचार खोज्दै गत जेठ २३ गते बीमा प्राधिकरणमा उजुरी गरेका थिए । पाैडेलले उजुरीमा सरुवा बढुवाको नाममा विभेद, तथा चलखेल गर्ने पक्षपातपूर्ण व्यवहार गरी आजित पारिएपछि आफूले २०७७ चैत १७ गते पदबाट राजीनामा दिन बाध्य भएको उजुरीमा उल्लेख गरेका छन् ।

Prabhu
Crest

पाैडेलले आफ्नो नाममा जारी गरिएको बीमालेख समर्पणका लागि १ वर्ष अघि २०७९ म‌ंसिर  ६ गते निवेदन दिएपनि हालसम्म समर्पण मूल्यवापतको रकम समेत भुक्तानी नपाएको गुनासो गरेका छन् । उनले दमक शाखा कार्यालयमा कार्यरत रहँदा चेकवापतको रकम बेरुजु देखिएपछि तथ्यहिन आरोप लगाई हिसाब मिलान गर्ने नाममा शाखामा कार्यरत आफूसहितका कर्मचारीलाई दामासाहीमा रकम व्यहोर्नुपर्ने कागज गराएर दस्तखत गर्न बाध्य बनाईएकोमा सोही रकमलाई लिएर कम्पनीले अत्तो थाप्दै आएको उल्लेख गरेका छन् ।

उजुरीमा आफूलाई पक्षपातपूर्ण व्यवहार गरी पीडित बनाउनेमा नेपाल लाइफको नेशनल सेल्स हेड उमापति पोखरेल, मानव स‌ंशाधन विभाग प्रमुख वन्दना शिवाकोटी र आन्तरिक निणन्त्रण प्रमुख विनय भण्डारीको प्रमुख भूमिका रहेकाले उनीहरुविरुद्ध कारवाही गर्नुपर्ने माग उनले गरेका छन् ।साथै उजुरी सम्बन्धमा आवश्यक छानबिन गरी आफूलाई बक्याैता रकम समेत भुक्तानी दिलाई दिनुपर्ने उनको माग छ।

प्राधिकरणले नेपाल लाइफका यी तीनजना कर्मचारीलाई म‌ंसिर ७ गते पत्र जारी गर्दै पाँच दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। प्राधिकरणले कम्पनीविरुद्धको उजुरीमा पहिलो पटक सम्बन्धित कर्मचारीलाई नै इ‌ंगित गर्दै व्यक्तिगतरूपमा स्पष्टीकरण मागेको हो ।

नेपाल लाइफ इन्स्योरेन्सको कर्मचारी प्रशासन पछिल्लो समयमा कर्मचारी विनियमावली बिना नै सञ्चालन भइरहेको छ। नेपाल बीमा प्राधिकरणले कर्मचारी विनियमावली २०७९ लाई २०८० साउन ३२ गतेदेखि स्वीकृती दिएपनि प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले अझैसम्म प्रकाशनमा ल्याएका छैनन्। प्राधिकरणले साउन ३२ गतेदेखि स्वीकृती दिए पनि प्राधिकरणमा विनियमावली स्वीकृतिका लागि पेश गरेको दिनदेखि नै नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृतले नयाँ कर्मचारी विनियमावली अनुसारको प्रावधान लागू गरेर कर्मचारीको सेवा सुविधा कुण्ठित पारेको गुनासो पीडित कर्मचारीको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

87%

उत्साहित

13%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS