IME Life

औषधी पसलेबाट बीमा क्षेत्रमा प्रवेश गरेकी देवकोटाको लोभलाग्दो करिअर

SPIL
NIC ASIA

काठमाडौं । सरस्वती देवकोटाको पुरानो परिचय औषधी पसले हो । उनी तीन वर्ष अघिसम्म औषधी पसलेकै रुपमा चिनिएकी थिइन् । समाजसेवासँगै व्यापार पनि हुने औषधी पसलको आम्दानीबाट परिवारको गुजारा राम्रै चलेको थियो । यसैबीच उनले जीवन बीमा अभिकर्ताको तालिम लिने अवसर पाइन् । अभिकर्ता पेशामा पैसा, प्रतिष्ठा र समाजसेवा सबैको अवसर मिल्ने देखेपछि उनको मन लोभ्यायो । त्यसपछि उनले मिहिनेत र लगनशीलताका साथ तीन वर्षकै अवधिमा आफूलाई अब्बल मध्येको अभिकर्ताका रुपमा स्थापना गरिसकेकी छिन् । अहिले उनको परिचय फेरिएको छ । उनी अचेल सिटिजन लाइफ इन्स्योरेन्सको सिनियर एजेन्सीको परिचय पाएकी छिन् । व्यवसायीक सफलताका आधारमा सिटिजन लाइफको गोल्ड क्लब, सिल्भर क्लबको भ-याङ पनि उक्लिंदै गइन् ।

यति मात्र नभएर उनले वित्तीय सल्लाहकारहरुको अन्तर्राष्ट्रिय संस्था अन्तर्गत एमडिआरटी २०२२ का लागि समेत योग्य भइन् । पोखरा १३, भद्रकाली चोक स्थायी ठेगाना रहेको रहेको देवकोटा अचेल ललितपुर, धापाखेलमा बसोबास गर्दै आएकी छिन् । उनीसँग फेवा बचत तथा ऋण सहकारी संस्थाको संचालक समिति र लेखा समितिमा रहेर  १२ वर्ष सेवा गरेको अनुभव पनि छ।

Prabhu
Crest

देवकोटाले बीमा क्षेत्रमा आबद्ध हुनुभन्दा अघि बीमा सम्बन्धि एउटा तालिम लिने मौका पाएको र सोही तालिमकै कारण आफूले यस क्षेत्रको सुनौलो यात्रा अघि बढाउने मौका पाएको बताएकी छिन् । उनी बीमा क्षेत्रमा प्रवेश गर्नु अघि यो क्षेत्र कस्तो होला भन्ने कौतुहलता आफूमा जाग्ने भए पनि अहिले भने आफूले बीमा अधिकांशलाई बीमा अपरिहार्य पेशा बन्न पुगेको बताएकी छिन् । उनले आफूले सुरुवातको दिनमा सोचे भन्दा बीमा पेशा निकै भिन्दै र राम्रो पाएको पनि बताउँछिन् ।

औषधी पसलेको लोभलाग्दो करिअरः
उनले २० वर्षको उमेरसम्म पोखरामा आफ्नै घरमा मेडिकल व्यवसाय संचालन गरेकी थिईन । केही बीमा कम्पनीहरुमा आबद्ध रहेका आफ्ना साथीहरुले उनलाई मेडिकल क्षेत्रबाट मात्र नभई बीमा क्षेत्रबाट पनि समाज सेवा गर्न सकिने बाटो देखाएका थिए । उनलाई साथीहरुले तपाई बीमा पेशाको लागि सक्षम हुनुहुन्छ भन्ने सल्लाहका साथ हौंस्याएपछि आफू पनि यो पेशामा लागेको सुनाइन् । आफूलाई प्रेरणा दिने व्यक्तिहरुको नाम लिंदा उनले सिटिजन लाईफको शाखा प्रबन्धक सरीता पोखरेल र एजेन्सी म्यानेजर हरि दाहाललाई उनी छुटाउन चाहन्नन् ।

मेडिकलमा आएका ग्राहकले घातक रोगको बीमा रुचाए
उनले औषधी पसलमा आउने ग्राहकलाई आफूले सिटिजन लाईफको जीवन बीमासँगै घातक रोगको उपचार सुविधाबारे पनि जानकारी दिने गरेको बताइन् । महँगो उपचार खर्चको भार जीवन बीमाबाटै व्यहोर्न सकिन्छ भन्ने थाहा पाएपछि खुशी हुँदै धेरैले घातक रोग उपचार सुविधा समेत समावेश गरेर जीवन बीमा गराए ।

देवकोटा भन्छिन्, मैले कसैलाई यति लाख उति लाखको बीमा गराउँछु भनेर हिंड्दिन। पहिले भेटघाट कुराकानी गर्छु, विभिन्न विषयमा कुराकानी गरिसक्दा संभावित व्यक्तिको आम्दानी, खर्च, पारिवारिक दायीत्व र भविष्यको योजनाबारेमा स्पष्ट जानकारी पाइन्छ । कुराकानीबाट प्राप्त हुने महत्वपूर्ण जानकारीले उसलाई कस्तो विशेषता भएको कति बीमांकको बीमा सिफारिश गर्दा उपयुक्त हुन्छ भन्ने निर्णय लिन सहज हुन्छ । अनि उपयुक्त बीमा सिफारिश गर्दा संभावित व्यक्तिको पनि मन छुन्छ र फ्याट्टै बीमा गराई हाल्छन् । उनी अन्य अभिकर्तालाई सुझाव दिन्छिन्, जीवन बीमालेख बिक्री गर्दा कहिल्यै पनि हतारोको भाव बोकेर संभावित बीमित अगाडी प्रस्तुत हुनुहुँदैन, यसले डिल क्लोज गर्न कठिनाई हुन्छ, जहिले पनि पर्याप्त समय र धैर्यता लिएर प्रस्तुत हुनसक्नुपर्छ ।

अन्तर्राष्ट्रिय संस्था यूएनमा सिनियर एजेन्सी म्यानेजर देवकाटाका श्रीमान कार्यरत छन् । श्रीमानले आवद्ध भएकै कम्पनीबाट पनि उनको परिवारका कतिपय जोखिमहरु बहन हुन्छ । त्यसरी जोखिम बहन हुने भए पनि उनका श्रीमानले उनलाई नेपालमा प्रचलनमा रहेका २५ लाख रुपैयाँ बीमांकको बीमा आफ्ना छोरीहरुलाई गर्न अनुमति दिएका थिए । उनले यसबाट पनि नेपालमा रहेका कतिपय बीमालेखका विशेषताहरु विदेशी राष्ट्रहरुले दिने सुविधाभन्दा पनि राम्रा रहेको प्रमाणीत गर्छ ।

बीमामा नछिरी बीमा नबुझिने रहेछ
उनले बीमा क्षेत्रमा प्रवेश नगरी बीमाको बारेमा पूर्ण ज्ञान नपाईने बताएकी छिन् । जसरी पौडी खेल्नु भन्दा पूर्व कुनै पनि व्यक्तीले गहिरो पानीमा डुब्नुको विशेषता थाहा पाउँदैन त्यस्तै बीमा क्षेत्र पनि आफ्नो अनुभवबाटै हेर्दा भिन्न साबित हुने उनको भनाई छ । विगतमा बीमा भन्दा पनि मेडीकल क्षेत्र मात्रै समाज सेवाको उत्तम विकल्प हो भन्ने उनलाई लाग्थ्यो । बिस्तारै जब उनले बीमा क्षेत्रमा आवद्ध भईन तब उनलाई रातको समयमा गएर बिरामीको सेवा गरेजस्तै बीमाले पनि आपत विपतमा नागरिकलाई साथ दिने रहेछ भन्ने बुझ्ने मौका पाईन ।

देवकोटाले मेडिकका बिरामीहरुको स्वास्थ उपचार गरेजस्तै बीमाले पनि नागरिकहरुलाई रोग लाग्दा र संकट पर्दा सघाएको प्रत्यक्ष देख्न पाईन् । आफूले गरेको उपचार बापत दिनका लागि कतिपय बिरामीहरुलाई मन लागे पनि आर्थिक अभाव हुने र रोग लाग्दा पनि ढिला अस्पताल धाउने नेपाली समाजलाई उनले स्मरण गर्न चाहेकि छन् । त्यस्तै, आर्थिक अभावसँग जुधिरहेका हर कोहीले ढुक्कसँग अस्पताल जान बीमाको साथ लिएको उनले देख्न थालेको बताएकी छिन् । अझ आफैले बीमा गराएर नागरिकहरुको जोखिम बहन गर्ने सौभाग्य पाउँदा उनलाई बेलाबेलामा बीमा क्षेत्रमा लागेकोमा पनि गर्व लाग्ने गर्छ ।

अयवले खट्न सिकायो, बीमाले मान्छे पनि चिनायो
सिटिजन लाइफी सिनियर एजेन्सी म्यानेजर देवकोटाले मेडिकल पेशाले खट्न सिकाए जस्तै बीमा पेशा नयाँ व्यक्तीहरुसँग परिचय बढाएको बताए । उनले नयाँ सम्बन्ध बिस्तार गर्ने मौका पाउँदा बीमाले ग्राहक मात्र नभई धेरैजना बीमाकर्मीहरुसँग पनि आफ्नो सुमधुर सम्बन्ध बिस्तार हुने मौका दिलाएको बताएकी छिन् ।

सिनियर एजेन्सी म्यानेजर देवकोटाले इन्स्योरेन्स खबरसँग भनिन्,‘अहिले कुनै परिवारमा कसैले लेबर काम गर्छ भने पनि उनीहरुको तलब महिनामा कम्तीमा पनि तीस हजार रुपैयाँ हुन्छ । तलब कति छ भन्ने कुरा भन्दा पनि उसले बचत कति गरेको छ भन्ने कुराले ठूलो महत्व राख्दो रहेछ । बीमा भनेको त बचत र भवितव्यको बेलामा सुरक्षा दुवै हुने रहेछ । यस्तो दोहोरो सुविधा दिने विश्वमा अन्य माध्यम छैन । बीमाको यस्तो महत्व बुझ्ने बीमितहरुले दैनिक धमाधम बीमा पनि गराई रहनु भएकै छ । अहिले विगतको तुलनामा बीमा गराउने नागरिकहरुको संख्या पनि बढ्दो क्रममा नै छ । मलाई त के लाग्छ भने बीमाको महत्व त विश्भर छँदै छ, यसलाई बुझेका व्यक्तीहरुले अरुलाई पनि राम्रोसँग बुझाउँनु पर्छ ।’

उनले बीमा मेरो लागि वा उसको लागि मात्र नभई हामी सबैका लागि उत्तिकै महत्वपूर्ण रहेको बताएकी छिन् । एक सय ६२ जनाको उनले बीमा गराएकी छिन् भने हालसम्म कुनै पनि (क्लेम) बीमा दाबी परेको छैन ।

बीमासँग जोडिएको त्यो रोचक घटना
सिटिजन लाइफकी सिनियर एजेन्सी म्यानेजर देवकोटा एक दिन सधैं जसो एकजना दिदीको बीमा गराउँन गएन् । ती दिदीले आफ्नो घरमा नै बोलाएर बीमा गराउँन अनुरोध गरेकी थिइन् । ११ वर्ष उमेर पुगेका छोराको बीमा गराउँन ति (महिला) दिदी अग्रसर रहे पनि उनको घर परिवारमा कुनै पनि सल्लाह नभएको देवकोटाले चाल पाइन । देवकोटाले उनीहरुको बीमाका लागि घर सल्लाह नभए पनि बच्चाको भन्दा आमाको बीमा गराउँन सल्लाह दिइन । ती महिलाको श्रीमानले एकै पटक पैसा दिने वा पछि दिने भन्नेमा विषय निकालेर आफ्नो श्रीमतिसँग सानो विवाद समेत गर्न भ्याए । त्यतिबेला देवकोटाले एकमुस्ट पैसा दिनु पर्दैन भन्दै किस्तामा पैसा दिन मिल्ने सम्झाएपछि उनीहरुले बीमा गरेका थिए । ती बीमितहरु झस्किनुको कारण भनेको कुनै दिन तेस्रोपक्ष बीमा गर्दा भुक्तानी पाउँन झमेला भोग्नु परेको कारण उनीहरु जीवन बीमा गर्न आनाकानी गरेका रहेछन् ।

साथै, ती महिलाका श्रीमानले जीवन बीमाको अपरिहार्यता बुझेपछि एकै पटक चेक काटेर ५३ हजार रुपैयाँ सिनियर एजेन्सी म्यानेजर देवकोटोको हातमा राख्देका थिए । बीमा गरेको भोलिपल्ट ती महिलालले देवकोटालाई धन्यवाद दिन उनको मेडिकलसम्म पुगेकी थिइन । यो घटना उनले सधैं सम्झिरहने बताएकी छिन् ।

शैक्षिक यात्रा स्वास्थ्य समस्याले रोक्कियो
स्वस्थ्यमा समस्या आएका कारण देवकोटाले चाहे जति पढ्न पाईनन् । उनले आफूले अयवको अध्ययन गरे पनि त्यो भन्दा माथि पढ्न आफ्नै स्वास्थ्यमा देखिएको (जन्डिस) कमलपित्त रोग बाधक बनेको बताएकी छिन् । आफ्नो पढ्ने क्षमता भए पनि आफूलाई चाहेजति पढाई अघि बढाउने मौका नमिलेको उनको भनाई छ ।

उनले साउदी, कतार गएर एक लाख रुपैयाँ खानुभन्दा आफ्नो परिवारसँग बसेर, सामाजिक भावनाका साथ काम गर्नका लागि बीमा विदेश भन्दा राम्रो बाटो रहेको बताएकी छिन् । उनले बीमामा लागेर मनग्गे आम्दानी गरेका आफ्ना कैयाँै साथीहरु सम्झिदै अलिकति मेहनत गरेमा बीमा जति सजिलै पैसा हात पर्ने पेशा कमै रहेको उनले बताईन ।

अन्य क्षेत्रमा जागिर खाँदा कुनै संस्थाले निश्चित तलब तोक्ने भए पनि बीमा पेशामा आफ्नो हातले आफै तलब तोक्न मिल्ने बताएकी छिन् । उनले बीमा पेशाा भनेको अरु साथसाथै आफ्नो पनि आर्थिक विकासमा सघाउने पेशा भएकाले देवकोटालाई यो पेशा असाध्यै मन पर्छ । उनले बीमा क्षेत्रमा आम्दानी असिमित हुने पनि बताएकी छिन् ।

त्यस्तै, उनले बीमासँगसँगै आमा समूहको सचिव हुँदै अन्य विभिन्न सामाजिक सेवाका पदहरुमा पनि आवद्ध भएर काम गरेकी थिएन् । उनले बीमा क्षेत्रमा काम गर्नको लागि आत्मविश्वास र सामाजिक भावना भएको व्यक्ती भएमा त्यस्ता व्यक्तीहरुले छिट्टै सफलता पाउँने बताएकी छिन् । सामाजले नपत्याएका व्यक्तीले बीमा क्षेत्रमा काम गर्न नसक्ने उनले सुझाव समेत दिएकी छिन् ।

बीमा क्षेत्रले दिएकै सफलताका कारण सिटिजन लाइफकी सिनियर एजेन्सी म्यानेजर देवकोटा अहिले पूर्ण रुपमा मेडिकल पेशा छाडेर बीमा क्षेत्रमा आवद्ध भएकी छिन् । उनले पछिल्ला दिनहरुमा आफू राधानीबाटै बीमितको सेवामा रम्दै आएको बताएकी छिन् ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

44%

खुसी

11%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

11%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS