IME Life
Beema Board

एक महिनामा १ अर्ब १८ करोड माथिको बीमा पोलिसी सरेण्डर हुँदा नेपाल लाइफको सर्वाधिक, कुन कम्पनीको कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०८० /८१ को असोज महिनामा मात्रै ९ हजार बढीले बीमा पोलिसी त्यागेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार असोज महिनामा मात्रै ९ हजार ९३६ जनाले १ अर्ब १८ करोड २९ लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्यागेका हुन् । गत भदौ महिनामा ९ हजार ३८६ जनाले १ अर्ब १८ करोड २० लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्यागेका थिए । गत भदौको तुलनामा पोलिसी सरेण्डर बढी हो ।

प्राप्त तथ्याङक अनुसार संचालनमा रहेका बीमा कम्पनीहरुमध्ये असोज महिनामा नेपाल लाइफको सरेण्डर सर्वाधिक देखिएको छ ।  बीमा पोलिसी सरेण्डर हुनु बीमा क्षेत्रको लागि नकारात्मक सूचक हो । पछिल्लो समय बीमा क्षेत्रमा अस्वस्थ प्रतिष्पर्धा तथा गतिविधीका कारण बीमा पोलिसी सरेण्डरको दर बढ्दै आएको कारण गत भदौको तुलनामा असोजमा भने केही बढी देखिएको छ ।

Prabhu
Crest

चालु आर्थिक वर्षको असोज महिनामा राष्ट्रिय बीमा संस्थानको १ हजार ६५ जना बीमितहरुले ९ करोड ७१ लाख रुपैयाँ बराबरको पोलिसी समर्पण गरेका छन् । नेशनल लाइफको ८४९ जना बीमितहरुले ९ करोड ४९ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । नेपाल लाइफको २६ सय ४९ जनाले २८ करोड ९३ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् ।

त्यस्तै, एलआइसी नेपालका १८ सय १५ जना बीमितहरुले २६ करोड २ लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् । मेट लाइफका ४०८ जना बीमितहरुले ३ करोड ६७ लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् । एशियन लाइफका ७५८ जना बीमितहरुले ६ करोड ५१ लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् । आइएमई लाइफका १६४ जना बीमितहरुले १ करोड ५२ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् ।

त्यसैगरी सन नेपाल लाइफका ७५ जना बीमितहरुले ७९ लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् । रिलायबल नेपाल लाइफका १६४ जना बीमितले ९५ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । सिटिजन लाइफका २५६ जना बीमितहरुले १ करोड १४ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । सूर्यज्योति लाइफका ६२१ जना बीमितहरुले ८ करोड ८५ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् ।

सानिमा रिलायन्स लाइफका १४३ जना बीमितहरुले १ करोड ६१ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । हिमालयन लाइफका ८५५ जना बीमितहरुले ७ करोड ७७ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । प्रभु महालक्ष्मी लाइफका ११४ जना बीमितहरुले १ करोड २६ लाख रुपैयाँको पोलिसी त्यागेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%

खुसी

57%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

14%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS