IME Life
Beema Board

आज भाइटीका, उत्तम साइत १० बजेर ५१ मिनेटमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज भाइटीका, तिहारको अन्तिम दिन हो । देश बिदेशमा रहेका नेपालीहरूले दिदीबहिनीले आफ्ना दाजुभाइको सुख, समृद्धि एवम् दीर्घायुको कामनाका साथ भाइटीका लगाउने गर्दछन् । भाइटीकाको उत्तम साइत १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

भाइटीका अगाडि दिदीबहिनीले धार्मिक विधिअनुसार मण्डप बनाई अष्ट चिरञ्जीवीको पूजाका साथ त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाउने चलन छ । साथै सप्तरंगी टीकासँगै आफ्ना दाजुभाइलाई नओइलाउने दुबो, मखमली र सयपत्री फूलको माला तथा सप्तरङ्गी टीका लगाइदिएर दीर्घायुको कामना गर्छन् ।

Prabhu
Crest

त्यसैगरी यो दिन दियो, कलश पुज्ने, यमराज बोलाउने गरिन्छ । विमिरो, ओखर फोरिन्छ । यमराज, हनुमान, विभिषण र परशुरामको पुजा गरिन्छ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई मिठाइ, फलफूल, ओखर, कटुस र मसलाका साथै सेलरोटी दिने र दाजुभाइले आफ्नो गच्छेअनुसार दिदीबहीलाई दक्षिणा तथा उपहार दिने चलन छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS