IME Life
Beema Board

सानिमा जिआईसीको खुद बीमा शुल्क र नाफा दुबै बढ्यो, बीमा कोषमा ३ अर्ब ४९ करोड

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित तथ्यांक अनुसार कम्पनीको नाफा २४ दशमलव ३९ प्रतिशतले वृद्धि हुँदै ३ करोड ३७ लाख पुगेको छ। गत आर्थिक वर्ष सोही अवधिमा नाफा २ करोड ७१ लाख रुपैयाँ थियो ।

३ महिनाको अवधिमा कम्पनीले ३७ करोड ४ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जनबाट कम्पनीले २६ करोड ३० लाख रुपैयाँ पुनर्बीमामा खर्चिएको छ भने १० करोड ७३ लाख खुद बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

कम्पनीको कुल बीमा शुल्क आर्जन ११३ दशमलव ७८ प्रतिशतले वृद्धि हुँदा खुद बीमा शुल्क आर्जन १२६ दशमलव ४३ प्रतिशतले वृद्धि भएको छ ।

२ अर्ब चुक्ता पुँजी भएको कम्पनीको संचित मुनाफा २०७ दशमलव ५३ प्रतिशतले वृद्धि हुँदै ४ करोड ३३ लाख संचित भएको छ । त्यस्तै अन्य इक्वीटी ५७ करोड ३४ लाख पुगेको छ । बीमा कोष असार मसान्तको तुलनामा २०० दशमलव ८७ प्रतिशतले वृद्धि हुँदै ३ अर्ब ४९ करोड पुगेको छ। असार मसान्तमा  बीमा कोष १ अर्ब १६ करोड थियो ।

प्रकाशित विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी ६ रुपैयाँ ७६ पैसा र प्रति शेयर नेटवर्थ १३२ रुपैयाँ ८० पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS