IME Life
Beema Board

राष्ट्रिय जीवन बीमा कम्पनीको प्रथम त्रैमासः खुद बीमा शुल्क आर्जन ४ अर्ब ५६ करोड

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । राष्ट्रिय बीमा संस्थानबाट पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भई राष्ट्रिय जीवन बीमा कम्पनीको रुपमा आएको कम्पनीले आर्थिक वर्ष २०८० /८१ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कार्तिक २० गतेबाट संस्थान कम्पनीमा रुपान्तरण भएको हो ।

२ अर्ब २ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मा ४ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३६ लाख ८५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १०४० प्रतिशतले बढेको हो । जीवन बीमा कम्पनीको हकमा एक्चुअरी भ्यालुएशनपछि कम्पनीको मुनाफामा सामान्य थपघट हुन सक्छ ।

Prabhu
Crest

यस अवधिमा कम्पनीकोे संचिती जगेडा कोषमा ५२ करोड ६१ लाख ७४ हजार रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९ /८० को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोष ४७ अर्ब १९ करोड रहेको थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा यस समिक्षा अवधि असोज मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार बृद्धि भई ५१ अर्ब ८४ करोड पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीले ४ अर्ब ५६ करोड ५४ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब २६ करोड ४८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन बृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले ५ करोड ५ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ६८ लाख रुपैयाँ खर्चिएको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीले अभिकर्ता कमिशनमा कम रकम खर्चिएको छ ।

कम्पनीले समिक्षा अवधिसम्ममा १५ करोड १४ लाख रुपैयाँ प्रथम बीमा शुलक आर्जन गरेको छ । कम्पनीले ४ अर्ब ४१ करोड ४० लाख रुपैयाँ नविकरण मार्फत आर्जन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS