IME Life
Beema Board

मेट लाइफको खुद बीमा शुल्क ४ प्रतिशतले बढ्यो, जीवन बीमा कोष २४ अर्ब ९२ करोडमाथि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मेट लाइफले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षमा ४ दशमलव ८९ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड ८२ लाख नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ९ करोड २५ लाख कमाएको छ ।

कम्पनीले ३ महिनाको अवधिमा १ अर्ब ३६ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जनमा १ अर्ब ०६ करोड नवीकरण बीमा शुल्क र ३० करोड ३५ लाख प्रथम बीमाशुल्क रहेको छ । कुल बीमा शुल्क आर्जन गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ४ दशमलव ५३ प्रतिशतले वृद्धि भएको  छ भने प्रथम बीमा शुल्क भने ९ दशमलव ४१ प्रतिशतले घटेको छ । नवीकरण बीमा शुल्कमा भने ९ दशमलव ३३ प्रतिशतको वृद्धि देखिएको छ । पुनर्बीमा गरेर कम्पनीले १ अर्ब ३१ करोड खुद बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

कम्पनीको महाविपत्ति जगेडामा ४२ करोड १८ लाख, रिटेण्ड अर्निङ् २ अर्ब २७ करोड र अन्य जगेडामा ८६ करोड ७५ लाख संचित गरेको छ । जीवन बीमा कोष २४ अर्ब ९२ करोड पुगेको छ। जुन २ दशमलव ८६ प्रतिशतको वृद्धि हो ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS