IME Life
Beema Board

थोरै पैसामा धेरै रकमको बीमाका लागि म्यादी बीमाको महत्व बुझ्नुहोस

SPIL
NIC ASIA

काठमाडौं । अनिवार्य बचत र जोखिम बहनको तत्वका आधारमा जीवन बीमालेखलाई दुई प्रकारमा विभाजन गर्न सकिन्छ। जोखिम बहन र बचत दुबै निहित भएको परम्परागत जीवन बीमा अर्थात् बहुचर्चित सावधिक जीवन बीमा । दोश्रो चाहिँ जोखिम बहनको तत्व मात्र समावेश भएको म्यादी जीवन बीमा ।

सामान्य अवस्थामा सावधिक जीवन बीमालेखमा बीमा अवधि पुरा भएपछि बीमकले बीमितलाई बीमा‌ंक रकम र बोनश रकम एकमुष्ठ भुक्तानी गरिदिन्छ। म्यादी जीवन बीमामा बचत तत्व तत्व समावेश हुँदैन । यसमा बोनश पनि समावेश हुँदैन। केवल जोखिम बहन मात्र समावेश गरिएको हुन्छ। बीमा अवधि भित्र दुर्घटनाका कारण बीमितलाई अपाङ्गता भएमा वा दुर्घटनाको कारण वा कालगतीले निधन भएको अवस्थामा म्यादी बीमावापतको बीमा‌ंक रकम बीमकले बीमितले इच्छ्याएको वा कानूनी हकवालालाई भुक्तानी गरिदिन्छ।

Prabhu
Crest

म्यादी बीमाले न्यूनत्तम शुल्कमा जोखिम बहन गरिदिने र ठूलो बीमा‌ंकको बीमा समेत हुने भएकाले सीमित आम्दानी र बचत हुने परिवारका लागि मात्र नभएर व्यवसायीक कारोबारका क्रममा ठूलो जोखिम बहन गर्नुपर्ने उद्योगी व्यापारीका लागि पनि यस्तो जीवन बीमा उपयुक्त हुन्छ।

म्यादी बीमा तुलनात्मकरुपमा छोटो अवधि (६ महिना, १ वर्ष) का लागी जारी गरिने जीवन बीमालाई म्यादी बीमा भनिन्छ। यो निश्चित र छोटो म्याद (अवधि) का लागी जारी गरिने भएकाले नै यसलाई म्यादी बीमा भनिएको हो । सैद्धान्तिकरुपमा म्यादी बीमाको उद्देश्य बचतलाई प्रोत्साहन गर्नु नभई जोखिम मात्र बहन गर्नु हो । बीमित सकुशल रहेमा वा जीवित रहेको अवस्थामा म्यादी बीमामा बीमा अवधि पुरा भएपछि बीमकले कुनै पनि रकम फिर्ता गर्नुपर्दैन।

आधारभूत म्यादी बीमाः

म्यादी बीमा भनेको बीमितको मृत्यु हुँदा बीमकले एकमुष्ठ रकम भुक्तानी गर्ने शर्तमा जारी गरिएको छोटो अवधिको बीमा हो । जोखिम बहनका लागि म्यादी बीमा रोज्ने र आफूसँग रहेको बाँकी रकम तुलनात्मकरुपमा बढी प्रतिफल दिने वित्तीय उपकरणमा लगाउने कार्य बुद्धिमानी हुन्छ।

अतिरिक्त सुविधाः

म्यादी बीमा अन्तर्गत आधारभूत बीमालेखमा समावेश गरिएको सुविधा बाहेक अतिरिक्त सुविधाहरु समेत छनाैट गर्न सकिने सुविधा बीमकले उपलब्ध गराएको हुन्छ। बीमितले आफ्नो आवश्यक्ता अनुसार अस्तपाल भर्ना तथा उपचारवापतको खर्च सुविधा, घातक रोगको उपचार खर्च सुविधा, दुर्घटनाबाट अपाङगता भएको वा मृत्यु भएको अवस्थामा थप रकम भुक्तानी पाइने सुविधालगायतका सुविधा समावेश गराउन सक्छन् ।यस्तो सुविधा समावेश गराउनका लागी बीमितले बीमा‌ंकका आधारमा थप बीमाशुल्क भुक्तानी गर्नुपर्छ। आफूलाई अत्यावश्यक पर्ने अतिरिक्त सुविधाहरु मात्र समावेश गरेर बीमाशुल्कको अनावश्यक भार कटाैती गर्न सकिन्छ।

प्रस्ताव फारमः

म्यादी बीमाका लागी प्रस्ताव फारम भर्दा बीमितले जहिल्यै साँचो साँचो विवरणहरु बीमकलाई उपलब्ध गराउनुपर्छ। ढाँट्नु हुँदैन । बीमालेख प्रस्तावसँगै उपलब्ध हुने व्यक्तिगत स्वास्थ्य विवरण फारममा के तपाईं धुम्रपान गर्नुहुन्छ,के कुनै प्रमुख स्वास्थ्य समस्या छ,के तपाईको शल्यकृया गरिएको छ लगायतका प्रश्नावलीहरु समावेश गरिएका हुन्छ।  यसबाहेक पारिवारिक स्वास्थ्य इतिहास पनि साेधिएका हुन्छन् । यी सबै विषय सहीरूपमा उल्लेख गर्नुपर्छ। झूठो र गलत जानकारी दिएको अवस्थामा भविष्यमा दाबी अस्वीकृत हुने उच्च स‌ंभावना हुन्छ।

बीमकको छनौटः

लामो समयदेखि बजारमा रहेको र दाबी भुक्तानीमा राम्रो रेकर्ड रहेको बीमक छनाैट गर्नुपर्छ। यसो गर्दा दाबी परिहालेको अवस्थामा द्रूत गतीमा दाबी भुक्तानी पाउन सकिन्छ।

परिवारका सदस्यलाई अवगत गराउनुहोस्ः

जहिल्यै पनि आफूले बीमा गरि सकेपछि वा बीमा गर्नु अगावै घर परिवारमा बीमा सम्बन्धमा जानकारी गराउनुहोस् । बीमालेखको फाइल घरको कुन ठाउँमा राखिएको छ भन्ने अवगत गराउनुहोस् । आफूले बीमा गरेको वा गर्न लागेको बीमा कम्पनी र यसको कार्यालय रहेको स्थानबारे जानकारी दिनुहोस् । तपाईलाई केही भई हालेको अवस्थामा आश्रित परिवारजनलाई बीमा दाबी गर्न सहज हुनेछ।

ध्यान दिनुपर्ने विषयः

जीवन बीमा जहिले पनि उमेर बढ्दै जाँदा बीमाशुल्क महँगो हुँदैजान्छ। तपाईले जति सक्दो चाँडो अर्थात् जवानीमा बीमा गर्नुभयो उति तपाईले थोरै बीमाशुल्क भुक्तानी गर्नुपर्छ। त्यसैले आफ्नो जीवनको पहिलो बीमा पहिलो महिनाको तलब आएदेखि नै शुरु गर्नुहोस् । यसले तपाईलाई अनिवार्य बचत गर्ने बानी सिकाउँछ। यो बाहेक तपाई आफै‌ं पनि अभिकर्ताको इजाजत लिएर पार्ट टाइम रोजगारीका रुपमा जीवन बीमालेख बेचेर अतिरिक्त आम्दानी गर्न सक्नुहुन्छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS