IME Life
Beema Board

तिहार बिदा र एलएफआरले त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्न बीमकलाई सकस

SPIL
NIC ASIA

काठमाडौं । तिहारको साता व्यापी बिदाका कारण यसपटक बीमा कम्पनीको वित्त विभाग त्रैमासिक प्रतिवेदनको प्रकाशनलाई लिएर दबाबमा परेको छ। प्राधिकरणले छोटो समयावधि दिएर नयाँ सैद्धान्तिक स्वरुपमा त्रैमासिक वित्तीय विवरण तयार पार्न निर्देशन जारी गरेपछि बीमक दबाबमा परेका हुन् ।

यसअघि बीमकले एनएफआरएस पद्दती अनुसार वित्तीय विवरण तयार पार्दै आएकोमा यस पटकदेखि लङ फर्म फाइनान्सियल रिपोर्टिङ सिस्टम(एलएफआरएस) पद्दती अन्तर्गत वित्तीय विवरण तयार पार्नुपर्ने भएकाले तनाव भएको हो। बीमकमा एलएफआरको अभ्यास पहिलो पटक भएकाले पनि वित्तीय विवरण तयार पार्न सकस भएको हो । सहायक कम्पनी नभएका बीमकले कात्तिक २४ गते शुक्रबार नै वित्तीय विवरण सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। सहायक कम्पनी सञ्चालन गरिरहेका बीमकका लागी एकीकृत वित्तीय विवरण तयार पार्न थप केही समय लाग्न सक्ने अनुमान गरिएको छ।

Prabhu
Crest

कात्तिक २५ गते शनिबारदेखि बन्द रहने बीमकको कार्यालय एकै पटक मंसिर १ गते शुक्रबार खुल्नेछ। तिहार बिदा सकिएर कार्यालय पुनः खुल्ने समयसम्म समय सीमा समाप्त भइसक्नेछ। यसबाहेक अखबारहरू पनि तिहारका बेला कम्तीमा ३ दिन बन्द रहने भएकाले वित्त विभागका कर्मचारी दबाबमा रहेका हुन् । बीमकले त्रैमासिक विवरण कम्तीमा एउटा राष्ट्रियस्तरको पत्रिकामा प्रकाशन गर्नुपर्छ ।यसबाहेक आफ्नो वेबसाइटमार्फत् समेत सार्वजनिक गर्नुपर्छ।

सीमित जनशक्तिको उपलब्धता, त्रैमासको आन्तरिक लेखा परिक्षणको दबाब र अन्य नियामकीय प्रकृयाका लागि वित्त विभागको जिम्मेवार प्राप्त जनशक्ति व्यस्त रहनुपर्दा नयाँ प्रणाली अनुसार वित्तीय विवरण तयार पार्नका लागी समय अभाव भएको बीमकको गुनासो छ। लेखा तथा वित्तीय विभागका कर्मचारीले प्राधिकरणको सुरपरिवेक्षण विभागका अधिकारीलाई अनुरोध गरेपनि निर्देशन पालना गर्नुको विकल्प नभएको प्रतिकृया दिएपछि यसपटक उनीहरुले मोलाहिजा पाउने स‌ंभावना न्यून छ।

बीमा ऐन २०७९ को प्रावधान अनुसार बीमकले प्रत्येक त्रैमास सकिएको ३० दिनभित्र अनिवार्यरुपमा त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्नुपर्ने बाध्यकारी अवस्था छ । नेपाल बीमा प्राधिकरणले जारी गरेको बीमकको त्रैमासिक वित्तीय विवरण सम्बन्धी निर्देशिका २०८० अनुसार सहायक कम्पनीको कारोबार समेत यस पटक बीमकले आफ्नो वित्तीय विवरणमा समावेश गर्नुपर्ने भएको छ। बीमकको ५१ प्रतिशतभन्दा बढी लगानी भएको कुनै सहायक कम्पनी छ भने त्यसको समेत वित्तीय विवरण त्रैमासिक विवरणमा समावेश गर्नुपर्ने भएको हो ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS