IME Life

पाँच लघुवित्तले घोषणा गरे लाभांश, कुनले कति दिँदैछन् बोनश र नगद ?

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०७९ /८० को लागि हालसम्म ५ वटा लघुवित्त वित्तीय संस्थाले मात्रै लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ५५ लघुवित्त संस्थामध्ये ५ लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका हुन् । यी लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । नयाँ आर्थिक वर्ष शुरु भएको ४ महिना बित्न लागिसक्दा पनि ५ लघुवित्तले मात्रै लाभांश घोषणा गरेका छन् । गत वर्षको तुलनामा यस वर्ष कम्पनीहरुले लाभांश घोषणामा ढिलाई गर्दै आएका छन् ।

हालसम्म यूनिक नेपाल लघुवित्त, स्वाबलम्बन लघुवित्त, एनआइसी एशिया लघुवित्त, सपोर्ट लघुवित्त र आरएसडिसी लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

Prabhu
Crest

यी कम्पनीहरुमध्ये सबैभन्दा बढी लाभांश युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यस्तै स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले १२ दशमलव ३५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश गरी कुल १३ दशमलव ०१०४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै आरएसडिसी लघुवित्तले गत आर्थिक वर्ष को नाफाबाट हाल कायम चुक्ता पूँजी ८ दशमलव ६० प्रतिशत र कर प्रयोजनार्थ शून्य दशमलव ४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई नगद लाभांशमात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको छ ।

सपोर्ट लघुवित्तले कम्पनीकोे कार्तिक २१ गते मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट आफ्ना शेयरधनलिाई कुल १३ प्रतिशत लाभांश वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ६८२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीक चुक्ता पुँजी ९ करोड ५२ लाख ३८ हजार रहेको छ ।

यी ५ लघुवित्त वित्तीय संस्थामध्ये आरएसडिसी लघुवित्तले बुक क्लोज मिति तय गरी साधारण सभा समेत बोलाईसकेको छ । कम्पनीले मंसिर ७ गते बुक क्लोज गर्ने भएको हुँदा मंसिर ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् । बाँकी चार कम्पनीले भने बुक क्लोज मिति तय गरेका छैनन् ।

यी कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीहरुको आगामी साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरूले प्राप्त गर्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

38%

दु :खी

13%

अचम्मित

13%

उत्साहित

13%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS