IME Life
Beema Board

लिबर्टी माइक्रो लाइफले पहिलो पटक सञ्चालन गर्यो लघु बीमा तालिम

SPIL
NIC ASIA

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले पहिलो पटक बीमा अभिकर्ता तालिम सञ्चालन गरेको छ । कम्पनीले पोखरामा कार्तिक १८ गतेबाट २० गतेसम्म लघु बीमा सम्बन्धी आधारभूत तालिम संचालन गरिरहेको हो । तालिममा ५० जनाको उपस्थिती रहेको छ ।

तालिमको सहजीकरण कम्पनीका नायब प्रबन्धक अशोक कुँवर, क्षेत्रीय प्रमुख शिव पौडेल र गण्डकी प्रदेश प्रमुख विश्वराज पौडेलले गरिरहेका छन् । कम्पनीले लघु बीमा व्यवसाय अभिवृद्धिका साथै स्वरोजगारको अवसर सृजना गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गरेको हो ।

Prabhu
Crest

नेपाल बीमा प्राधिकरणले लघु बीमा कम्पनीहरुलाई तोकेको मापदण्ड अनुसार तालिम सञ्चालन गरिएको कम्पनीले जनाएको छ । तालिम प्रशिक्षकहरुले लघु बीमाको परिचय, लघु बीमा व्यवसायको वर्तमान् अवस्था र चुनौतिका साथै यस क्षेत्रको विकास र विस्तारको साथै बीमाको विभिन्न प्रकार, अभिकर्ताले बीमा क्षेत्रमा खेल्नुपर्ने भुमिका लगायत बीमा सम्बन्धीका विषयमा प्रशिक्षण दिइरहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS