IME Life
Beema Board

असोजसम्ममा दुई माइक्रो लाइफले संकलन गरे साढे ३० लाख बीमा शुल्क, कुनको कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०८० /८१ को असोज महिनासम्ममा दुई माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीहरुले ३० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार गार्डियन माइक्रो लाइफले असोज महिनासम्ममा १७ सय ४१ वटा बीमा पोलिसी विक्री गरी १९ लाख ३१ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस कम्पनीले असार २२ गते कोशी प्रदेशको विराटनगर ७ मोरङमा केन्द्रिय कार्यालय विस्तार गरी व्यवसाय संचालन गर्दै आइरहेको छ । कम्पनी भदौ महिनामा मात्रै ७५९ वटा बीमा पोलिसी विक्री गरी ८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले यस अवधिसम्ममा ९९० वटा बीमा पोलिसी विक्री गरी ११ लाख ३९ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत साउन १० गतेदेखि कणाली प्रदेशको विरेन्द्रनगर केन्द्रीय कार्यालय विस्तार गरी व्यवसाय गर्दै आइरहेको छ । कम्पनीले भदौ महिनामा मात्रै ६२९ वटा बीमा पोलिसी विक्री गरी ८ लाख ३२ हजार कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS