IME Life

१७ जीवन बीमा कम्पनीले घोषणा गरे नयाँ बोनसदर, कुनका बीमितले कति पाउँछन् ?

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०७८ /७९ को लागि १७ वटा कम्पनीले नयाँ बोनसदर घोषणा गरेका छन् । हरेक वर्ष कम्पनीको एक्चुरियल भ्यालुएसन पछि घोषणा गरेको बोनश दरले सोहि वर्षमा बीमितले भुक्तानी गरेको प्रिमियमका आधारमा बोनश पाउँछन् । कम्पनीहरुको आर्थिक वर्ष २०७८/२०७९ को आर्थिक लेखाजोखा र दायित्वको मूल्याङकन सम्बन्धी बिमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट पारित भएसँगै कम्पनीहरुले जारी गरेका विभिन्न किसिमका बीमा योजनाहरुमा नयाँ र अन्तरिम बोनशका रुपमा नयाँ बोनश दर लागू हुनेछ ।

केही जीवन बीमकले आर्थिक वर्ष २०७७ /७८ को बीमांकी मूल्यांकन पुरा गरेर बोनश दर घोषणा गर्न बाँकी नै रहँदा आइएमई लाइफ, मेट लाइफ, एशियन लाइफ, नेशनल लाइफ,सन नेपाल लाइफ,सिटिजन लाइफ, साविक प्राइम लाइफ, साबिक सूर्या लाइफ, साबिक ज्योति लाइफ इन्स्योरेन्स, साबिक यूनियन लाइफ र रिलायबल नेपाल लाइफ, साविक सानिमा लाइफ र एलआइसी नेपाल, साविक महालक्ष्मी लाइफ, साविक गुराँस लाइफ, साविक प्रभु लाइफ र साविक रिलायन्स लाइफले २०७८।७९ को बोनसदर सार्वजनिक गरि सकेका हुन् ।

Prabhu
Crest

आइएमई लाइफ
आइएमइ लाइफले न्युनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धाण गरेको छ । सावधिक तथा सामुहिक जीवन बीमालेखमा ९ वर्ष अवधि, १० देखि १४ वर्षको लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षको लागि ३८ रुपैयाँ,२० देखि २४ वर्षको लागि ५० रुपैयाँ,२५ देखि २९ वर्ष अवधिको लागि ६३ रुपैयाँ र यसै पोलिसीको ३० वा सोे भन्दा बढिको लागि ७० रुपैयाँ बोनश दर निर्धारण गरेकाे छ ।

सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा कम्पनीले ९ वर्षसम्म र १० देखि १४ वर्ष अवधिसम्मको लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षको लागि ३८ रुपैयाँ, २० देखि २४ वर्षको लागि ५० रुपैयाँ, २५ देखि २९ वर्षसम्मको लागि ६३ रुपैयाँ र ३० वर्ष वा सो वर्षभन्दा माथि अवधिका लागि ७० रुपैयाँ बोनश दर छ । अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा कम्पनीले १० देखि १४ वर्षको लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षको लागि ३५ रुपैयाँ, २० देखि २४ वर्षको लागि ४८ रुपैयाँ र २५ देखि २९ वर्ष अवधिको लागि ६३ रुपैयाँसम्म बोनश दर छ ।

वार्षिक अग्रिम भुक्तानी सावाधिक जीवन बीमालेख (बाल किरण) मा कम्पनीले १० देखि १४ वर्षको लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षको लागि ४० रुपैयाँ, २० देखि २४ वर्षको लागि ४४ रुपैयाँ र २५ देखि २९ वर्षको लागि ६० रुपैयाँ बोनश दर छ । त्यस्तै, कम्पनीको वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता) को सबै अवधिमा बोनश दर २० रुपैयाँ छ ।

मेट लाइफ
मेट लाइफले न्यूनतम ४५ देखि अधिकतम ८० रुपैयाँसम्मको बोनश दर घोषणा गरेको छ । सावधिक जीवन बीमा कम्पनीले सावधिक जीवन बीमा पोलिसीमा १५ वर्ष अवधिसम्मका लागि ६० रुपैयाँ, १६ वर्षदेखि २० वर्ष अवधिकाले ७० रुपैयाँ र २१ वर्ष भन्दा बढि अवधिको लागि ८० रुपैयाँ बोनश  दिनेछ । शिक्षा संरक्षण योजनामा १५ वर्षको लागि ६० रुपैयाँ, १६ वर्षदेखि २० वर्षका लागि ७० रुपैयाँ र २१ वर्ष भन्दा बढिको लागि ८० रुपैयाँ बोनश दर कायम गरेको छ । अग्रिम भुक्तानी योजनामा १५ वर्षको लागि ४५ रुपैयाँ, १६ वर्षदेखि २० वर्षको लागि ५५ रुपैयाँ र २१ वर्ष भन्दा बढि अवधिको लागि ६५ रुपैयाँ बोनसदर कायम गरेको छ । मेट लाइफमा सबैभन्दा धेरै सावधिक जीवन बीमा पोलिसी तर्फ १६ देखि २० वर्ष अवधिका पोलिसी बिक्री भएको पाइएको छ । यस अवधिको पोलिसी संख्या ४ हजार ७६१ वटा छ ।

एशियन लाइफ
एशियन लाइफले अधिकतम ७० रुपैयाँ र न्यूनतम ४२ रुपैयाँ बोनश दर कायम गरेको छ । कम्पनीको सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधिअनुसार न्यूनतम ६१ रुपैयाँ र अधिकतम ७५ रुपैयाँ बोनश दर कायम गरेको छ । यस योजनामा २५ वा सो भन्दा माथिका बीमा अवधिमा ७५ रुपैयाँ बोनश दर पाइनेछ ।

सावधिक जीवन बीमा योजनामा कम्पनीले बीमा अवधिअनुसार न्यूनतम ४५ रुपैयाँ र अधिकतम ६० रुपैयाँ बोनश दर छ । कम्पनीले यस बीमा योजनामा २५ वा सो भन्दा माथिका बीमा अवधिका लागि ६० रुपैयाँ बोनश दर कायम गरेको छ । यस्तै, कम्पनीको बालबालिकाको सावधिक जीवन बीमालेखमा बीमा अवधिअनुसार न्यनतम ४४ रुपैयाँ र अधिकतम ६० रुपैयाँ, नव रत्न, जीवन संजीवनी, दम्पत्ति सुरक्षा प्लस, एशियन वार्षिक धनलाभ बीमा योजनामा न्यूनतम ४२ रुपैयाँ र अधिकतम ५० रुपैयाँ, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत बीमा अवधिअनुसार न्यूनतम ५० रुपैयाँ र अधिकतम ६० रुपैयाँ बोनश दर कायम भएको छ ।

नेशनल लाइफ
सावधिक जीवन बीमा पोलिसीमा ९  वर्षदेखि १४ वर्ष अवधिका बीमितले ६४ रुपैयाँ, १५ वर्षदेखि २० वर्षका बीमितले पनि ६४ रुपैयाँ, २१ वर्षदेखि २५ वर्षका बीमितले ७० रुपैयाँ र २६ वर्ष वा सो भन्दा माथिकाले ८५ रुपैयाँ प्राप्त गर्नेछन् । सावधिक तथा आजीवन बीमालेखमा २० वर्षको पोलिसी लिनेले ६४ रुपैयाँ, २१ देखि २५ वर्षले ७० रुपैयाँ र २६ वर्ष वा सो भन्दा माथि अवधिको पोलिसी खरिदकर्ताले ८५ रुपैयाँ बोनश पाउनेछन् ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा बीमितले न्युनतम प्रतिहजार ६३ रुपैयाँदेखि अधिकतम ६४ रुपैयाँसम्मको बोनश प्राप्त गरेका छन् । नेशनल लाइफले बीमितहरुले १९ वर्ष अधिसम्मको बीमा पोलिसी खरिदकर्तालाई प्रतिहजार ६३ रुपैयाँ दिएको छ । २० वर्ष भन्दा माथि अवधिका पोलिसी खरिदकर्ताले प्रतिहजार ६४ रुपैयाँ बोनश दिएको छ ।

सन नेपाल लाइफ
कम्पनीले न्युनतम ३० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनश दर निर्धाण गरेको छ । सनलाइफ सावधिक जीवन बीमालेखमा ९ वर्षसम्म, १० देखि १४ वर्ष अवधिको लागि ३० रुपैयाँ र १५ देखि १९ वर्ष अवधिको लागि ३० रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि ५० रुपैयाँ, र २५ वर्ष वा सो भन्दा बढि अवधिको लागि ५० रुपैयाँ बोनश दर कायम गरेको छ । भाग्योदय जीवन बीमालेख (एकल भुक्तानी सावाधिक)मा ९ वर्ष, १० देखि १४ वर्ष र १५ देखि १९ वर्षको लागि ३० रुपैयाँ, २० देखि २४ वर्षको लागि ५० रुपैयाँ र २५ वर्षभन्दा माथिका लागि ५० रुपैयाँसम्म बोनश दर कायम गरेको छ ।

त्यस्तै, बाल समृद्ध जीवन बीमालेख (बालबालिकाको सावाधिक बीमा) मा १० देखि १४ वर्ष,१५ देखि १९ वर्षको लागि ३० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ५० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिको लागि ५० रुपैयाँ बोनश दर कायम गरेको छ । सुनौलो सावधिक जीवन बीमामा १५ देखि १९ वर्ष अवधिको लागि ३० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ५० रुपैयाँ बोनश दर कायम गरेको छ ।

नवीन आजीवन जीवन बीमा (सावाधिक तथा आजीवन) मा ९ वर्ष अवधि, १० देखि १४ वर्षको लागि र १५ देखि १९ वर्ष अवधिको लागि ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ६० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिको लागि ७५ रुपैयाँ बोनश दर कायम गरेको छ । सार्थक आजीवन जीवन बीमालेख अग्रिम भुक्तानी तथा आजीवनमा सबै बीमा अवधि (१५)मा ४२ रुपैयाँ बोनश दर कायम गरेको छ ।

सिमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावाधिक बीमा योजनाहरु(धनलक्ष्मी बीमा योजना समेत) मा १० देखि १४ वर्ष, १५ देखि १९ वर्षको लागि २९ रुपैयाँ र २० वर्ष वा सो भन्दा माथिको लागि ३० रुपैयाँ बोनश दर कायम गरेको छ । धनञ्जय वार्षिक अग्रिम भुक्तानी जीवन बीमामा १ देखि ९ वर्ष अवधि, १० देखि १४ वर्ष र १५ देखि १९ वर्षको लागि २९ रुपैयाँ तथा २० वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ३० रुपैयाँ बोनश दर कायम गरेको छ ।

सिटिजन लाइफ
कम्पनीले अग्रिम भुक्तानी (सावधिक रेगुलर जीवन बीमालेख) मा १० देखि १४ वर्षको लागि ४४ रुपैयाँ, १५ देखि १९ वर्षको लागि ४९ रुपैयाँ,२० देखि २४ वर्षको लागि ५५ रुपैयाँ कायम गरेको छ । सावधिक (रेगुलर)जीवन बीमालेखमा ० देखि ९ वर्षको लागि ३८ रुपैयाँ, १० देखि १४ वर्षको लागि र ४२ रुपैयाँ,१५ देखि १९ वर्षको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षको लागि ५० रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६३ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि र ७३ रुपैयाँ बोनश दर कायम गरेको छ ।

सिटिजन शुभारम्भ (सावाधिक प्लस) योजना सावाधिक बीमालेखमा ० देखि ९ वर्षको लागि ३५ रुपैयाँ, १० देखि १४ वर्षको लागि प्रति हजार ३८ रुपैयाँ,१५ देखि १९ वर्षको लागि ४० रुपैयाँ, २० देखि २४ वर्षको लागि ४६ रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६५ रुपैयाँ र ३० वा सोभन्दा माथिका लागि ७५ रुपैयाँ बोनश दर कायम गरेको छ । सिटिजन बाल भविष्य योजना(सावाधिक बीमालेख) मा कम्पनीले १० देखि १४ वर्षको लागि ४२ रुपैयाँ,१५ देखि १९ वर्षको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षको लागि ५० रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६५ रुपैयाँ बोनश दर दिने भएको छ । वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिको लागि २५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार २७ रुपैयाँ, १५ देखि १९ वर्षको लागि २७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि २८ रुपैयाँँसम्म बोनश दर कायम गरेको छ ।

सावधिक तथा आजीवन बीमालेख(सिटिजन सारथी जीवन बीमा योजना) मा ० देखि ९ वर्षको लागि ३७ रुपैयाँ, १० देखि १४ वर्षको लागि ३८ रुपैयाँ,१५ देखि १९ वर्षको लागि ४० रुपैयाँ, २० देखि २४ वर्षको लागि ४२ रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६० रुपैयाँ र ३० वा सोभन्दा माथिका लागि ७५ रुपैयाँसम्म बोनश दर कायम गरेको छ ।

साविक सूर्या लाइफ
कम्पनीले सावधिक बीमालेखमा ९ वर्षको लागि ४० रुपैयाँ, १० देखि १४ वर्षका लागि ४१ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष ४५ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५४ रुपैयाँ, २५ वर्षदेखि २९ वर्षका लागि ६० रुपैयाँ, ३० वर्ष भन्दा माथिका लागि प्रतिहजार ७० रुपैयाँ बोनश दर कायम गरेको छ । सावधिक तथा आजीवनमा ९ वर्षको लागि ४० रुपैयाँ, १४ वर्षसम्मका लागि ४२ रुपैयाँ, १९ वर्षले ४६ रुपैयाँ, २४ वर्षका लागि ५६ रुपैयाँ, २९ वर्षका लागि ६० रुपैयाँ र ३० वर्ष भन्दा बढि अवधिकाले ७० रुपैयाँ प्राप्त गरेका छन् ।

अग्रिम भुक्तानी सावधिकमा १९ वर्षको लागि ४२ रुपैयाँ,२० वर्षदेखि २४ वर्ष अवधिको लागि ५२ रुपैयाँ कायम गरेको छ । चौरासी पुजा नियमित भुक्तानीमा १० देखि १४ वर्ष अवधिका बीमितले ४५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिकाले ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिकाले ५५ रुपैयाँ, २५ वर्षदेखि २९ वर्ष अवधिकाले ६५ रुपैयाँ र ३० वर्ष भन्दा बढि अवधिकाले ७० रुपैयाँ प्राप्त गरेका छन् ।

चौरासी पुजा एकल भुक्तानीमा १० वर्षदेखि १४ वर्ष अवधिका बीमितले ७५ रुपैयाँ, १५ देखि १९ वर्षका बीमितले ८० रुपैयाँ, २० देखि २४ वर्षका बीमितले ८५ रुपैयाँ, २५ देखि २९ वर्षका बीमितले ९० रुपैयाँ र ३० वर्ष भन्दा माथि अवधिकाले ९० रुपैयाँ प्राप्त गरेका छन् ।

साविक ज्योति लाइफ
कम्पनीले सावधिक जीवन बीमालेखमा ९ वर्ष सम्मको लागि ४३ रुपैयाँ, १० देखि १४ वर्षको लागि ४५ रुपैयाँ , १५ देखि १९ वर्षको लागि ५० रुपैयाँ, २० देखि २४ वर्षको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथिको अवधिका लागि ७५ रुपैयाँ बोनश दर कायम गरेको छ ।
सावधिक तथा आजीवन बीमालेखमा कम्पनीले ९ वर्ष सम्म अवधिको लागि ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको सावधिक तथा आजीवन बीमालेखमा ७५ रुपैयाँ बोनश दर तोकेको छ ।

अग्रिम भुक्तानी बीमालेखमा कम्पनीले १० देखि १४ वर्ष अवधिको लागि ४३ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ५० रुपैयाँ बोनश दर तोकेको छ । वार्षिक अग्रिम भुक्तानीमा कम्पनीले १० देखि १४ वर्षको लागि २० रुपैयाँ , १५ देखि १९ वर्षको लागि २५ रुपैयाँ, २० देखि २४ वर्षको लागि ३० रुपैयाँ बोनश दर कायम गरेको छ ।

साविक यूनियन लाइफ
कम्पनीले न्युनतम प्रति हजार १९ रुपैयाँदेखि अधिकतम ७४ रुपैयाँसम्म बोनश दिने घोषणा गरेको छ । सावधिक तथा बालबच्चा सावाधिक जीवन बीमा योजनामा ९ वर्षको लागि ३० रुपैयाँ, १० देखि १४ वर्षको लागि ३३ रुपैयाँ, १५ देखि १९ वर्षको लागि ३६ रुपैयाँ,२० देखि २४ वर्षको लागि ३९ रुपैयाँ र २५ वर्ष वा सो भन्दा बढि अवधिको लागि ७२ रुपैयाँ कायम भएको छ । सिमित भुक्तानी सावधिक जीवन बीमा योजना(एकल)मा कम्पनीले १० देखि १४ वर्षको लागि २७ रुपैयाँ, १५ देखि १९ वर्षको लागि २९ रुपैयाँ, २० देखि २४ वर्षको लागि ३२ रुपैयाँ र २५ वर्षभन्दा माथिका लागि ४२ रुपैयाँसम्म बोनश दर कायम गरेको छ ।

सिमित भुक्तानी सावधिक जीवन बीमा योजनामा कम्पनीले १० देखि १४ वर्षको लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षको लागि ३५ रुपैयाँ, २० देखि २४ वर्षको लागि ४० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि ७२ रुपैयाँ बोनश दर कायम गरेको छ । सावाधिक तथा आजीवन जीवन बीमा योजनामा ९ वर्षको लागि ४० रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मको लागि ४० रुपैयाँ, १५ देखि १९ वर्षको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ५० रुपैयाँ र २५ वर्ष वा सो भन्दा बढीको लागि ७४ रुपैयाँ बोनश दर कायम गरेको छ ।

सिमित भुक्तानी सावाधिक तथा आजीवन जीवन बीमा योजनामा ९ वर्षको लागि ,१० वर्षदेखि १४ वर्षसम्म, १५ देखि १९ वर्ष अवधिको लागि, २० देखि २४ वर्ष अवधिको लागि र २५ वर्ष वा सो भन्दा बढी अवधिको लागि प्रति हजार ५० रुपैयाँ बोनश दर कायम गरेको छ । वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजनामा ९ वर्षको लागि १९ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मको लागि २२ रुपैयाँ, १५ देखि १९ वर्षको लागि २७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि २७ रुपैयाँ बोनश दर कायम भएको छ ।

अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजनामा १० वर्षदेखि १४ वर्षसम्मको लागि २४ रुपैयाँ, १५ देखि १९ वर्षको लागि २७ रुपैयाँ, २० देखि २४ वर्षको लागि ४१ रुपैयाँ बोनश दर कायम भएको छ । त्यस्तै, जीवन आधार जीवन बीमा योजना र जीवन सम्पन्न बीमा योजनामा कम्पनी सबै अवधिका योजनाहरुमा एउटै बोनसद कायम गरेको छ । यस दुई बीमा योजनामा कम्पनीका बीमितहरुले ५० रुपैयाँ बोनस पाउनेछन् । त्यस्तै, जीवन उत्थान जीवन बीमा योजनामा कम्पनीले सबै अवधिको लागि ४० रुपैयाँ बोनस निर्धारण गरेको छ भने जीवन आवरण जीवन बीमा योजनाको सबै अवधिमा कम्पनीले ४० रुपैयाँ बोनश दर निर्धारण गरेको छ ।

रिलायबल नेपाल लाइफ
कम्पनीले न्युनतम २० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनश दिने घोषणा गरेको छ । रिलायबल सावधिक जीवन बीमा योजनामा ५ वर्षदेखि ९ वर्षको लागि ५० रुपैयाँ, १० देखि १४ वर्षको लागि ५५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ६२ रुपैयाँ,२० वर्ष वा सोभन्दा माथिको लागि ७५ रुपैयाँ बोनश दर कायम छ ।

रिलायबल लघु सावधिक जीवन बीमा योजनामा कम्पनीले सबै बीमा अवधिको लागि ३० रुपैयाँ कामय गरेको छ । बीमा सिमित लघु सावधिक जीवन बीमा योजनामा कम्पनीले सबै बीमा अवधिको लागि ३० रुपैयाँ बोनश दर कायम गरेको छ । रिलायबल सजिलो जीवन बीमा(एकल तथा सिमित अवधि भुक्तानी)मा कम्पनीको सबै बीमा अवधिहरुको लागि २५ रुपैयाँ बोनश दर कायम गरेको छ

रिलायबल सुलभ जीवन बीमालेख रिलायबल जीवन बीमा प्लस योजनामा पाँचदेखि ९ वर्ष अवधिसम्मको लागि २४ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्म अवधिको लागि २८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ३२ रुपैयाँ, २० वर्ष वा सोभन्दा माथि अवधिको लागि ४० रुपैयाँ कायम भएको छ । रिलायबल उच्च शिक्षा योजनामा पाँच देखि १४ वर्षको लागि ६० रुपैयाँ, १५ देखि १९ वर्षको लागि ६२ रुपैयाँ, २० वर्ष वा सो भन्दा माथि अवधिको लागि ६५ रुपैयाँ बोनश दर कायम भएको छ ।

सावाधिक तथा आजीवन बीमा योजनामा कम्पनीले ५ देखि ९ वर्षको लागि ३० रुपैयाँ, १० देखि १४ वर्षको ३५ रुपैयाँ, १५ देखि १९ वर्षको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिको लागि ५० रुपैयाँ कायम गरेको छ । रिलायबल अग्रिम भुक्तानी सावाधिक बीमा योजनामा १०,१२ र १४ वर्षसम्म अवधिको लागि ५० रुपैयाँ, १६,१८ र २० वर्ष अवधिको लागि प्रति हजार ५५ रुपैयाँ बोनश दर कायम भएको छ । कम्पनीको रिलायबल समुन्नती जीवन बीमा योजनाको सबै बीमालेखमा २० रुपैयाँ बोनश दर निर्धारण गरेको छ ।

साविक प्राइम लाइफ
कम्पनीले न्युनतम ३५ रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनश दर कायम गरेको छ । सावधिक जीवन बीमालेखमा ९ वर्षको लागि ३५ रुपैयाँ, १० देखि १४ वर्षको लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्षको लागि ४५ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि ५१ रुपैयाँ, २५ वर्षदेखि माथि अवधिको लागि ७२ रुपैयाँ बोनश दर कायम गरेकोे छ । सावाधिक तथा आजीवन बीमालेखमा ९ वर्षको लागि ३६ रुपैयाँ, १० देखि १४ वर्षको लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्षको लागि ५० रुपैयाँ, २० देखि २४ वर्षको लागि ५७ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा १० देखि १४ वर्ष अवधिको लागि ६० रुपैयाँ,१५ देखि १९ वर्ष अवधिको लागि ६८ रुपैयाँ, २० देखि २४ वर्षको लागि ७५ रुपैयाँ र २५ वर्ष अवधिभन्दा माथिको लागि कम्पनीले ९० रुपैयाँ बोनश दर कायम गरेको छ । प्राइम जीवन उपहार(अग्रिम भुक्तानी) जीवन बीमा योजनामा कम्पनीले १६ वर्षे अवधिमा ५२ रुपैयाँ र प्राइम जीवन उपहार (सावाधिक) जीवन बीमा योजनामा कम्पनीले ४० रुपैयाँ बोनश दर कायम गरेको छ ।

एलआइसी नेपाल
कम्पनीले न्युनतम ४१ रुपैयाँदेखि ६४ रुपैयाँसम्म घोषणा गरेको हो । सावाधिक ३३३, जीवन बीधा ३५२, जीवन साथी ३५७, जीवन श्री ३५३ योजनामा ५ देखि ९ वर्ष अवधिको लागि प्रतिहजार ५१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि प्रतिहजार ५२ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ५३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ,२५ देखि माथि अवधिको लागि प्रतिहजार ६१ रुपैयाँ बोनश दिने घोषणा गरेको छ ।

जीवन आन्नद (३४२) मा ५ देखि ९ वर्ष अवधिको लागि प्रतिहजार ५० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि प्रतिहजार ५२ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ५७ रुपैयाँ, २५ देखि माथि अवधिको लागि प्रतिहजार ६० रुपैयाँ बोनश दिने घोषणा गरेको छ ।

बाल सावाधिक(३४९) बीमा योजनामा १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ५१ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ,२५ देखि २९ वर्ष अवधिको लागि प्रतिहजार ६३ रुपैयाँ र ३० देखि माथि अवधिको लागि प्रतिहजार ६४ रुपैयाँ बोनस दिने घोषणा गरेको छ ।

धन वृष्टि (३५८) योजनामा कम्पनीले १० र १५ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ र १५ वर्षेका लागि ५६ रुपैयाँ बोनस दिने भएको छ ।धन फिर्ता(३३४,३३५,३३६,३३७,३३९,३४३) बीमा योजनामा २० वर्ष अवधिको लागि प्रतिहजार ५७ रुपैयाँ, २५ वर्ष अवधिको लागि प्रतिहजार ६० रुपैयाँ र २५ वर्ष अवधिको लागि प्रतिहजार ६० रुपैयाँ बोनश दर घोषणा गरेको छ ।

बाल ममता ३४०, बाल स्नेह ३४१ योजनामा कम्पनीले १५ वर्ष अवधिसम्मको लागि प्रतिहजार ५५ रुपैयाँ,१६ देखि २० वर्ष अवधिको लागि प्रति हजार प्रतिहजार ५७ रुपैयाँ र २१ वर्षदेखि माथि अवधिको लागि प्रतिहजार ६० रुपैयाँ बोनश दर घोषणा गरेको छ ।

आजीवन बीमा योजना ३४५, नयाँ जीवन तरंग ३६० योजनामा कम्पनीले १० वर्ष अवधिको लागि प्रतिहजार ५० रुपैयाँ, १५ वर्ष अवधिको लागि ५१ रुपैयाँ, २० वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ बोनश दर दिने घोषणा गरेको छ ।

लघु सावाधिक (३५४) यस योजनामा कम्पनीले १५ वर्ष अवधिका लागि ४१ रुपैयाँ बोनस दिने घोषणा गरेको छ । जीवन बचत ३५९ योजना
यस योजनामा कम्पनीले ५ देखि ९ वर्षका लागि ४१ रुपैयाँ, १० देखि १४ वर्षको लागि ४९ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ५२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ५६ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि ६१ रुपैयाँ बोनश सदने घोषणा गरेको छ ।

साविक सानिमा लाइफ
अहिले साविक सानिमा लाइफ र साविक रिलायन्स लाइफ एक आपसमा मर्ज भएर सानिमा रिलायन्स लाइफ बनेका छन् । सवाधिक जीवन बीमा योजना(रेगुलर)मा ० देखि ९ वर्षको लागि, १० देखि १४ वर्ष अवधिको लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्षको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको लागि ७० रुपैयाँ बोनसदर दिने छ ।

सवाधिक जीवन बीमा योजना(एकल)मा ० देखि ९ वर्ष र १० देखि १४ वर्ष अवधिको लागि प्रतिहजार ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४३ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको लागि ६५ रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ । त्रिपल सवाधिक बीमा योजनामा १० देखि १४ वर्ष अवधिको लागि पनि प्रतिहजार २० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि २० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको लागि ३० रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।

दम्पति सवाधिक बीमा योजनामा १५ देखि १९ वर्ष अवधिको लागि २० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको लागि ३० रुपैयाँ बोनसदरछ । सवाधिक तथा आजीवन बीमा योजनामा ० देखि ९ वर्ष अवधिको लागि प्रतिहजार ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि पनि प्रतिहजार ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको लागि ७० रुपैयाँ बोनसदर छ ।

अग्रिम भुक्तानी बीमा योजना यस बीमा पोलिसीको १० देखि १४ वर्ष अवधिको लागि प्रतिहजार ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ३७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४२ रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ । वार्षिक अग्रिम भुक्तानी बीमा योजनाको १५ देखि १९ वर्षको लागि प्रति हजार १९ रुपैयाँ र २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार २१ रुपैयाँ बोनसदर कायम गरेको छ ।

साविक गुराँस लाइफ
इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको हो । साविक गुराँस लाइफ, प्राइम लाइफ र यूनियन लाइफले सयुक्त जीवन बीमा व्यवसाय शुरु गरी हिमालयन लाइफको नामबाट कारोबार गरेका छन् । साविक गुराँस कम्पनीले न्युनतम प्रतिहजार २० रुपैयाँदेखि ७६ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिको लागि ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि ४१ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४९ रुपैयाँ, २५ वर्ष वा सो भन्दा बढि अवधिको लागि प्रतिहजार ७६ रुपैयाँ कायम भएको छ ।

सावधिक तथा आजीवन बीमालेखमा कम्पनीले ९ वर्ष अवधिको लागि ४० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि ४० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ५० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ७५ रुपैयाँ बोनसदर कायम गरेको छ । अग्रिम भुक्तानी सावधिक बीमालेखमा कम्पनीले १४ वर्ष अवधिको लागि ३६ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ४८ रुपैयाँ बोनसदर कायम गरेको छ ।

बार्षिक नगद फिर्ता योजनामा कम्पनीले १४ वर्ष अवधिको लागि ३४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४३ रुपैयाँ गुराँस सुरक्षित भविष्य जीवन बीमा योजनामा कम्पनीले १४ वर्ष अवधिको लागि २० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि २५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ३१ रुपैयाँ र २५ वर्षभन्दा माथि अवधिका लागि प्रति हजार ३७ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । ३० वर्षे गुराँस रक्षक(सिमित भुक्तानी)गुराँस सावाधिक लघु जीवन बीमा र गुराँस कर्पोरेट जीवन बीमा योजनामा १४ वर्ष अवधिको लागि ३५ रुपैयाँ बोनसदर,१५ देखि १९ वर्ष अवधिको लागि ३७ रुपैयाँ बोनसदर,२० देखि २४ वर्ष अवधिको लागि ४५ रुपैयाँ र २५ वर्ष अवधिभन्दा माथिको लागि ७० रुपैयाँ बोनसदर पाउनेछन् ।

साविक प्रभु लाइफ
कम्पनीले प्रतिहजार न्युनतम रुपैयाँ २० रुपैयाँदेखि ७० रुपैयाँसम्म घोषणा गरेको हो । सावधिक (सम्बृद्ध) जीवन बीमालेखमा ९ वर्ष सम्मको लागि र१० देखि १४ वर्ष अवधिको लागि ३३ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५१ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको अवधिका लागि ७० रुपैयाँ बोनसदर कायम गरेको छ ।

सावधिक तथा आजीवन बीमालेख (अमुल्य)मा ९ वर्ष सम्मको लागि र १० देखि १४ वर्ष अवधिको ३५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५१ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको लागि ७० रुपैयाँ बोनसदर तोकेको छ । सावाधिक समृद्ध बीमा बीमालेख(एकल भुक्तानी)मा ९ वर्ष अवधिको र १० देखि १४ वर्ष अवधिको लागि ३३ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ५१ रुपैयाँ र २५ वर्षभन्दा माथिको लागि ७० रुपैयाँ बोनसदर तोकेको छ ।

अग्रिम भुक्तानी सावधिक(बैभव)मा १० देखि १४ वर्षको लागि ३५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५१ रुपैयाँ बोनसदर तोकेको छ । सावधिक९श्री बृद्धि० प्रत्येक वर्ष ५ प्रतिशत बीमाङक बृद्धि हुने योजनामा ९ वर्ष सम्म अवधिको लागि ३३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि ३३ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५१ रुपैयाँ र २५ वा सोभन्दा माथिको लागि ७० रुपैयाँ बोनसदर छ ।

सावधिक बालबालिका जीवन किरण योजनामा ९ वर्ष सम्म अवधिको र १० देखि १४ वर्ष अवधिको लागि ३३ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५१ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको अवधिका लागि ७० रुपैयाँ छ । अग्रिम भुक्तानी बालबालिका सावधिक९जीवन उन्नती० मा ९ वर्ष सम्मको लागि र १० देखि १४ वर्ष अवधिको लागि ३५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५१ रुपैयाँ बोनसदर कायम गरेको छ ।

एकल अग्रिम भुक्तानी बालबालिका सावधिक जीवन उन्नती योजनामा ९ वर्ष सम्म अवधिको लागि ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि ३५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५१ रुपैयाँ बोनसदर छ । वार्षिक अग्रिम भुक्तानी सावधिक ९समुन्नती० मा ९ वर्ष सम्म अवधिको लागि, १० देखि १४ वर्ष, १५ देखि १९ वर्ष अवधिको लागि २० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको २२ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको अवधिका लागि २४ रुपैयाँ बोनसदर कायम गरेको छ ।

साविक महालक्ष्मी लाइफ
कम्पनीले न्युनतम रुपैयाँ ३२ देखि ५२ रुपैयाँसम्म घोषणा गरेको हो । हाल प्रभु लाइफ र महालक्ष्मी लाइफ एक आपसमा मर्जर भई प्रभु महालक्ष्मीको नामबाट एकिकृत कारोबार गरेका छन् । महालक्ष्मी सावधिक जीवन बीमालेखमा कम्पनीले ५ देखि १५ वर्ष सम्म अवधिको लागि ४५ रुपैयाँ, १६ देखि २५ वर्ष अवधिको लागि ४६ रुपैयाँ , २६ देखि ३० वर्ष अवधिको लागि ५२ रुपैयाँ बोनसदर कायम गरेको छ ।
महालक्ष्मी सरल जीवन बीमा योजनामा ५ देखि १५ वर्षसम्मको लागि ५० रुपैयाँ, १६ देखि २५ वर्ष अवधिको ५१ रुपैयाँ बोनसदर तोकेको छ ।
महालक्ष्मी जीवन हेरचाह बीमा योजनामा ५ देखि १५ वर्ष अवधिको लागि ५० रुपैयाँ , १६ देखि २५ वर्ष अवधिको बीमालेखमा ५१ रुपैयाँ बोनसदर तोकेको कम्पनीले जनाएको छ । महालक्ष्मी बालबचत जीवन बीमा योजनामा ५ देखि १५ वर्ष अवधिको लागि ३० रुपैयाँ १६ वर्षदेखि २१ वर्ष अवधिको लागि ३३ रुपैयाँ र २२ वर्षदेखि २५ वर्ष अवधिको लागि ३७ रुपैयाँ बोनदसदर कायम गरेको छ ।

महालक्ष्मी वार्षिक धनफिर्ता बीमा योजनामा कम्पनीले सबै अवधिको लागि एउटै बोनसदर कायम गरेको छ । जसमा बीमितहरुले ३५ रुपैयाँ बोनस पाउनेछन् । त्यस्तै, महालक्ष्मी सावाधिक आजीवन बीमा योजनमा पनि कम्पनीले सबै बीमा अवधिको लागि एउटै बोनसदर ३२ रुपैयाँ कायम गरेको बताएको छ । त्यसैगरी कम्पनीले महालक्ष्मी धनधान्य बीमा योजनामा पनि एउटै बोनसदर कायम गरेको छ । यस बीमा योजनाका बीमितले ४० रुपैयाँ बोनस पाउनेछन् ।

साविक रिलायन्स लाइफ
कम्पनीले जारी गरेका ७ किसिमका बीमा योजनाहरुमा न्युनतम १९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । मुद्दति सुरक्षण बीमा योजना (नियमित शुल्क) मा सबै प्रकारको बीमा अवधिका लागि २४ रुपैयाँ बोनसदर कायम गरेको छ । मुद्दती सुरक्षण बीमा योजना (एकल शुल्क) मा सबै बीमा अवधिमा ५४ रुपैयाँ बोनसदर कायम गरेको छ । रुपान्तरित वार्षिक अग्रिम भुक्तानी बीमा योजनामा ९ वर्ष अवधिको लागि ३० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ३० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ३० रुपैयाँ बोनसदर र २५ वर्षभन्दा माथि पनि ३० रुपैयाँ बोनस पाउनेछन् ।

सामुहिक सावधिक योजना खरिद गरेका बीमितले सबै बीमा अवधिमा प्रतिहजार १९ रुपैयाँ बोनसदर प्राप्त गरेका छन् सावधिक जीवन बीमा योजनामा ९ वर्ष अवधिको लागि ३० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४५ रुपैयाँ र २५ वर्षभन्दा माथिले ६० रुपैयाँ बोनस पाउनेछन् । सावधिक बमिा योजनामा ९ वर्ष अवधिको लागि ३० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ३५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४५ रुपैयाँ र २५ वर्षभन्दा माथि अवधिको लागि ७५ रुपैयाँ बोनस पाउनेछन् ।

सिमित भुक्तानी सावधिक बीमा योजनामा १० देखि १४ वर्ष अवधिको लागि प्रतिहजार ४० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति वर्ष ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ५२ रुपैयाँ र २५ वर्ष अवधिको लागि ६५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

कम्पनीहरुले घोषणा गरेको यस बोनश दर मृत्यु दाबी,पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै बीमा प्राधिकरणबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि उक्त बोनश दर कायम हुने जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

67%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS