IME Life
Beema Board

२० कम्पनीको ९ करोड ९६ लाख कित्ता आइपीओ पाइपलाइनमा, कसको कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सर्वसाधारणमा प्राथमिक शेयर निष्काशन (आइपीओ) तथा बिक्रीका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पखाईमा २० कम्पनी रहेका छन् । बोर्डबाट अनुमति पाइसकेका ५ वटा कम्पनी आइपिओ निष्काशनोको बाँकी तयारीमा जुटेका छन् ।

आइपीओ निष्काशन अनुमति पाएर सर्वसाधारणलाई शेयर निष्काशन गर्न बाँकी कम्पनीहरुमा भिजन लुम्बिनी उर्जा कम्पनी रहेको छ । कम्पनीले २० लाख ७५ हजार २ सय ८५ कित्ता आइपीओ निष्काशन गर्नेछ । यसैगरी मुक्तिनाथ कृषि कम्पनीले १२ लाख १४ हजार कित्ता, नेपाल वेयरहाउजीङ कम्पनीले ११ लाख ४१ हजार २ सय ५० कित्ता, हिमालयन रि इन्स्योरेन्सले २ करोड ४९ लाख कित्ता (प्रिमियम मूल्यमा) आइपीओ निष्काशन गर्नेछ । त्यस्तै सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट योग्य संस्थागत लगानीकर्तालाई आइपीओ निष्काशन गर्न हालै मात्र अनुमति पाएको छ ।

Prabhu
Crest

२० कम्पनी पाइपलाइनमा
डिस मिडिया नेटवर्कले १ अर्ब ३५ करोड ८४ लाख ९५ हजार ५ सय रुपैयाँ बराबर १ करोड ३५ लाख ८४ हजार ९ सय ५५ कित्ता आइपीओ निष्काशनका लागि बोर्डमा निवेदन दिएको छ । कम्पनीले असार १२ गते निवेदन दिएको हो । कम्पनीको आइपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

दरम खोला हाइड्रो इनर्जीले ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता आइपीओ विक्रीका लागि बोर्डमा निवेदन दिएको हो। कम्पनीले भदौ ५ गते निवेदन दिएको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।

सान्भी इनर्जीले ३७ करोड ९० लाख रुपैयाँ बराबरको ३७ लाख ९० हजार कित्ता आइपीओ विक्रीका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीले बोर्डमा भदौ २७ गते निवेदन दिएको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ ।

रिचेट जलविद्युत कम्पनीले ११ करोड, ७६ लाख ४५ हजार रुपैयाँ बराबरको ११ लाख ७६ हजार ४ सय ५० कित्ता शेयर विक्र िगर्नका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीले भदौ २९ गते निवेदन पेश गरेको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ ।

बेनी हाइड्रोपावरले २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता आइपीओ विक्रीका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीले बोर्डमा असोज ५ गते निवेदन दिएको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

याम्बिलिङ हाइड्रोले २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता आइपीओ विक्रीका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीले असोज १० गते निवेदन दिएको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

एपेक्स हस्पिटालिटीले २४ करोड रुपैयाँ बराबरको २४ लाख कित्ता आइपीओ विक्रीका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीले असोज १२ गते निवेदन दिएको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

माबीलुंग इनर्जीले १८ करोड९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५ सय ३० कित्ता आइपीओ विक्री गर्नका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीले असोज १४ गते निवेदन दिएको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।
जगदम्बा स्टिलले ६ अर्ब २ करोड १० लाख रुपैयाँ बराबरको २ करोड ७० हजार कित्ता आइपीओ निष्काशनका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीले बोर्डमा असोज १७ गते निवेदन दिएको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

एसवाई प्यानल नेपालले ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५ सय ४८ कित्ता शेयर विक्रीका लागि निवेदन दिएको हो । कम्पनीले असोज १९ गते निवेदन दिएको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

सोलु हाइड्रोले २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता आइपीओ विक्रीका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीले असोज २३ गते निवेदन पेश गरेको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

टक्सार पिखुवा खोलाले४२ करोड ३० लाख ६६ हजार ८ सय रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६ सय ६८ कित्ता शेयर विक्रीका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीले असोज २६ गते निवेदन पेश गरेको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

हिम स्टार उर्जाले ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता शेयर विक्रीका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीले जेठ ३१ गते निवेदन दिएको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटिल रहेको छ ।

भुजुङ हाइड्रोले १४ करोड ५५ लाख रुपैयाँ बराबरको १४ लाख ५५ हजार कित्ता आइपीओ विक्रीका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीले बोर्डमाभदौ १३ गते निवेदन दिएको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।

रिलायन्स स्पिनिंग मिल्सले ७ लाख ७० हजार ६ सय ४० कित्ता (बुक विल्डिङ विधि) अइपीओ विक्रीका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

एकर्ड फर्मासुटिकल्सले ७ करोड ६ लाख ९० हजार ९ सय रुपैयाँ बराबरको ७ लाख ६ हजार ९ सय ९ कित्ता आइपीओ विक्रीका लागि निवेदन दिएको हो । कम्पनीको आइपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीले बोर्डमाा २०७९ पुस ४ गते निवेदन दिएको हो ।

ट्रेड टावर लिमिटेडले ११ करोड ५८ लाख ९८ हजार रुपैयाँ बराबरको ११ लाख ५८ हजार ९ सय ८० कित्ता आइपीओ विक्रीका लागि गत २०७९ असार १४ गते निवेदन दिएको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।

सानिमा हाइड्रोपावरले १४ करोड ७० लाख रुपैयाँ बराबरको १४ लाख ७० हजार कित्ता आइपीओ विक्रीका लागि निवेदन दिएको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । कम्पनीले जेठ २६ गते निवेदन दिएको हो ।

कान्तिपुर टेलिभिजनले ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता आइपीओ विक्रीका लागि बोर्डमा जेठ २८ गते निवेदन दिएको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

आईएमई लिमिटेडले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आइपीओ विक्रीका लागि निवेदन दिएको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । कम्पनीले असार २९ गते निवेदन दिएको हो ।

(यी कम्पनीहरुले बोर्डबाट अनुमति पाएपछि आइपीओ निष्काशन गर्नेछन् ।)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS