IME Life
Beema Board

अनलाईन डेलिभरि प्लेटफर्म फेब बड सञ्चालनमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । व्यवसायी देखि ग्राहकसम्मको समस्यालाई मध्यनजर गर्दै अनलाईन डेलिभरि प्लेटफर्म फेब बड सञ्चालनमा आएको छ । हाल बजारमा देखिएको डेलीभरी समस्यालाई छिटो, छरितो र भरपर्दाे बनाउन फेब बड सञ्चालनमा आएको हो । यस डेलिभरी सर्भिसमार्फत व्यवसायीले सहि समयमा तोकेकै ठाउँमा आफ्ना ग्राहकहरुलाई भरपर्दो र छिटो सामान पठाउनुसक्नुहुन्छ । यस्तै, ग्राहकहरुले पनि आफूले भनेकै समयमा डेलिभरी लिई फेब बडको सर्भिसको लाभ लिन सक्नेछन् ।

फेब बड एक हाइपरलोकल डेलिभरी प्लेटफर्म हो जहाँ हामी उपत्यकाभर विभिन्न सर सामानको डेलिभरी गर्दछ । जुन दुवै तिर वास्तविक समय ट्रेकिङको साथ न्यूनतम समयमै हुन्छ । यस प्लेटफर्मले कुनै पनि समयमा पिकअप, तत्काल वितरण, किफायती वितरण शुल्क र उही दिन क्यास अब डेलिभरि गर्दछ । फेब बड कसरी प्रयोग गर्ने ?

Prabhu
Crest

फेब बडको साथ जुडेर व्यक्तिगत तथा व्यापार वितरण गर्न एकदम सजिलो छ । यसका लागि गहकले प्लेस्टोरबाट फेब बड एप डाउनलोड गरी खाता दर्ता गर्नुपर्छ । खाता दर्ता गरेपश्चात ग्राहकले आफूलाई पाएक पर्ने सेवाहरू चयन गर्नुपर्छ ।
१. पिकअप र ड्रप सिर्जना गर्ने
२. समर्पित डेलिभरी सवार बुक गर्ने
३. कुनै पनि स्टोरबाट खरीद गर्ने
यस पश्चात तँपाईको नजिकै रहेको फेब बडको डेलिभरी सवारीले तपाईंको अनुरोध स्वीकार गर्नेछ र ग्राहकको पिकअप स्थानबाट पार्सल लिएर सिधा न्यूनतम समयमा डेलिभरी पु-याउनेछ । यसका साथै यदि डेलिभरीमा केहि नगद छ भने, फेब बड सवारले सो रकम संकलन गरेर तपाईंको इसेवा, खल्ती, बैंकलगाएत अन्य विभिन्न सेवाहरुमा एकैदिनमा रकम स्थानान्तरण गर्दछ । फेब बड तपाईंका अर्डरहरू कुनै पनि समयमा भनेको ठाउँमा उचित शुल्कका साथ डेलिभर गर्न सधै तयार रहन्छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS