IME Life
Beema Board

गुरु ट्राभल्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच व्यवसायिक सहकार्य

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेड र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडबीच व्यवसायिक सहकार्य सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको सहायक महाप्रबन्धक रामजी ढकाल तथा गुरु ट्राभल्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलबाट हस्ताक्षरित सहमतिपत्र हस्ताक्षर गरेको हो ।

सहमतिपत्रमा उल्लेख भए बमोजिम सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका कर्मचारी तथा ग्राहकहरुलाई गुरु ट्राभल्स लिमिटेडले विभिन्न ट्राभल प्याकेजहरुमा १० हजार रुपैयाँसम्मको स्पेशल डिस्काउण्टका साथै अन्य विभिन्न आकर्षक सुविधाहरु उपलब्ध गराउनेछ ।

Prabhu
Crest

त्यस्तै गुरु ट्राभल्स लिमिटेडका कर्मचारी एवम् ग्राहकहरुले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड बाट सहजरुपमा ट्राभलबिमा प्राप्त गर्ने तथा अन्य बीमाहरुको हकमा १० प्रतिशतसम्मको स्पेशल कर्पोरेट डिस्काउण्ट प्राप्त गर्ने जनाइएको छ ।

गुरु ट्राभल्स लिमिटेडका ग्राहकहरुले एकै स्थानबाट ट्राभलबिमा खरिद गर्न पाउने तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ले आफ्ने ट्राभल्स पार्टनरको रुपमा सेवा लिने सहमति भएको छ । सामाजिक अभियानहरु तथा संस्थागत सामाजिक क्रियाकलापहरुमा आपसी सहकार्य गरी समन्वयात्मक ढंगबाट गर्ने गराउने पनि सहमति भएको छ ।

गुरु ट्राभल्स लिमिटेड २०२२ मा स्थापना भएको नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी हो र यसले एकल स्थानबाट सबै पर्यटन उत्पादनहरू प्रदान गर्छ। आफ्नो समर्पित टोलीसँग, यसले आफ्नो ३६५ दिन सेवा मार्फत १२,००० भन्दा बढी आदरणीय ग्राहकहरूलाई सेवा प्रदान गरिसकेको छ। यसले आफ्नो अत्याधुनिक विधि र पद्धति प्रयोग गरी यात्राका लागि विशेषज्ञ सल्लाह प्रदान गर्दै आएको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS