IME Life
Beema Board

बागलुङमा गार्डियन माइक्रो लाइफको नयाँ उपशाखा कार्यालय विस्तार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले बागलुङमा नयाँ उपशाखा कार्यालय विस्तार गरेको छ । नेपाल बीमा प्राधिकरणबाट लघुबीमा कम्पनीको लाईसेन्स पाएको कम्पनीले बागलुङ बजारमा उपशाखा विस्तार गरि व्यवसायीक कारोबार सुरु गरेको हो । उपशाखाको उद्घाटन बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले गरे ।

उक्त अवसरमा बोल्दै नगर प्रमुख श्रेष्ठले जीवन बीमा न्युन आय भएकाहरुको लागि अति आवश्यक रहेको हुँदा यस लघु जीवन बीमाले सबैलाइ समेटन सक्ने बिश्वास व्यक्त गरे । यस क्षेत्रमा उपशाखा खोली जनतालाई लघु बीमा सेवा उपलब्ध गराउन लागेकोमा गार्डियन माइक्रो लाइफ लाइ हार्दिक धन्यबाद ज्ञापन गर्दै सम्पुर्ण जनतामा कम्पनीले उपलब्ध गराउने सेवाबाट लाभ लिन आग्रह गरे ।

Prabhu
Crest

त्यस्तै, कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले बीमाको महत्वको बारेमा प्रकाश पारे । भण्डारीले गाउँ गाउँका गरिब जनताको माँझमा स–साना बीमा सेवा पुर्याउने उद्देश्यले स्थापना भएका लघुजीवन बीमा कम्पनीहरुको आगमनसँगै बीमाको दायरा अझै बृद्धि हुने दावी गरे ।

उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष गोपी अधिकारी, बागलुङ उद्योग वाणिज्य संघका सञ्जय श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका इश्वर आचार्य, गण्डकी धौलागिरी यातायात प्रालिका अध्यक्ष उमेश केसी लगायतले बोबोलेका थिए ।

उक्त अवसरमा बीमा अभिकर्ता तालिम समेत सम्पन्न भएको छ । कम्पनीले आयोजना गरेको तालिममा उपस्थिती अभिकर्ताहरुलाई लघुबीमा अभिकर्ता को बिषयमा कम्पनीका कैलाश देवकोटाले प्रशिक्षण दिएको बागलुङ उपशाखा प्रवन्धक दिपा बरालले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS