IME Life
Beema Board

जीवन बीमा कम्पनीहरुले संकलन गरे करिब ४५ करोड वैदेशिक रोजगार बीमा शुल्क, कुनको कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०८० /८१ को भदौ महिनासम्ममा १० जीवन बीमा कम्पनीहरुले ४४ करोडमाथि वैदेशिक रोजगार बीमा शुलक आर्जन गरेका छन् । यी कम्पनीहरुले भदौ महिनासम्ममा यी कम्पनीहरुले १७ लाख ४ हजार ७३ वटा बीमालेख विक्री गरी कुल ४४ करोड ८२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । यी कम्पनीहरुले भदौ महिनामा मात्रै ४८ हजार ४३४ वटा बीमा पोलिसी विक्री गरी २० करोड १२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

भदौ महिनासम्ममा वैदेशिक रोजगारी बीमालेख मार्फत नेशनल लाइफले ४१ हजार ५५६ वटा बीमालेख बिक्री गरी ३ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । नेपाल लाइफले २ लाख ५८ हजार ७६५ वटा बीमालेख बिक्री गरी ९ करोड ५९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

त्यस्तै, एशियन लाइफले १३ हजार ७९० वटा बीमालेख बिक्री गरी २ करोड ७० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । आइएमई लाइफले १ लाख २४ हजार ८४४ वटा बीमालेख बिक्री गरी ६ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । सन नेपाल लाइफले ७ लाख ४५ हजार १८९ वटा बीमालेख बिक्री गरी १० करोड ५० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

त्यसैगरी रिलायबल नेपाल लाइफले ५० हजार १०६२ वटा बीमालेख बिक्री गरी ३ करोड ४२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सिटिजन लाइफले १ लाख १८ हजार १९४ वटा बीमालेख बिक्री गरी २ करोड २४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । प्रभु लाइफले ५ हजार ९१ वटा बीमालेख बिक्री गरी ७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

सूर्यज्योति लाइफले २ लाख ७६ हजार ८४२ वटा बीमालेख बिक्री गरी ३ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सानिमा रिलायन्स लाइफले ६९ हजार ६९६ वटा बीमा पोलिसी विक्री गरी २ करोड ९१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS