IME Life
Beema Board

यस साता दुई बाहेक सबै निर्जीवन बीमा कम्पनीको शेयर मुल्य घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । गत साताको तुलनामा यस साता नेप्से परिसूचक घटेको छ । गत साताको तुलनामा नेप्से परिसूचक यस साता २ दशलमव ३६ प्रतिशतले घटेको छ । गत साताको अन्तिम दिन असोज १० गते शेयर बजार १८ अंकले घटेर २००४ को विन्दुमा कायम भएको थियो । यस साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ११ अंकले घटेर १९५६ को विन्दुमा कायम भएको छ ।

यस साताको अन्तिम कारोबार दिन निर्जीवन बीमा उपसूचक ० दशलमव ७४ प्रतिशतले घटेको छ भने गत साताको तुलनामा यस उपसूचक २ प्रतिशतले घटेको देखिएको छ । यस साताको अन्तिम कारोबार दिन दुई कम्पनी बाहेक सबै कम्पनीको शेयर मुल्य घटेको छ । यस साता राष्ट्रिय बीमा कम्पनीको शेयर मुल्य ७१ रुपैयाँले बढेर १३ हजार ९८१ रुपैयाँ कायम भएको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयर मुल्य १ रुपैयाँले बढेर ७२५ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

यस साता हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर मुल्य ३ रुपैयाँले घटेर ५५६ रुपैयाँ कायम भएको छ । आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सको शेयर मुल्य ७ रुपैयाँले घटेर ४९७ रुपैयाँ कायम भएको छ । नेपाल इन्स्योरेन्सको शेयर मुल्य १४ रुपैयाँले घटेर ७७६ रुपैयाँ कायम भएको छ । नेको इन्स्योरेन्सको शेयर मुल्य २ रुपैयाँले घटेर ८३८ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, एनएलजी इन्स्योरेन्सको शेयर मुल्य ३ रुपैयाँले घटेर ७६० रुपैयाँ कायम भएको छ । प्रमु इन्स्योरेन्सको शेयर मुल्य६ रुपैयाँले घटेर ६७५ रुपैयाँ कायम भएको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको शेयर मुल्य ६ रुपैयाँले घटेर ७०५ रुपैयाँ कायम भएको छ । सानिमा जिआइसीको शेयर मुल्य ५ रुपैयाँले घटेर ५५० रुपैयाँ कायम भएको छ । शिखर इन्स्योरेन्सको शेयर मुल्य ५ रुपैयाँ ९० पैसाले घटेर ७४० रुपैयाँ कायम भएको छ । यूनाइटेड अजोड इन्स्योरेन्सको शेयर मुल्य ६ रुपैयाँ ९० पैसाले घटेर ५५७ रुपैयाँ कायम भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS