IME Life
Beema Board

नेप्सेमा ३३ अंकको गिरावट हुँदा सबै उपसूचक रात्ताम्मे, २२० कम्पनीको मुल्य घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ३३ दशमलव २० अंकले घटेर १,९९७ दशमलव १० को विन्दुमा कायम भएको छ । आज १० कम्पनीको शेयर मुल्य बढेको छ भने २२० कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचकमा गिरावट आएको छ ।

आज दिनभरिमा २८४ कम्पनीको ६७ लाख द्द३ हजार ४ सय कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८३ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सिटिजन लाइफ इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आजबाट कारोबारमा आएको सिटिजन लाइफको आज सर्वाधिक १४ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, एनआइसी एशिया बैंकको ९ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । पिपुल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ६ दशमलव ०७ प्रतिशतका दरले कमाएका हुन् । कुमारी धनबृद्धि योजनाका इकाईधनीले ६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सनराइज फर्स्ट म्युचुअल फण्ड, अपर हेवाखोला, एशियन हाइड्रोपावर मनकामना इन्जिनियरिङ र सिटिजन लाइफ इनस्योरेन्सका लगानीकर्ताले गुमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS