IME Life

क्यापिटल मार्केट ट्रेनिङ्ग ईन्स्टिच्युटले दियो श्री कृष्ण सेक्युरिटिजका कर्मचारीहरुलाई तालिम

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । क्यापिटल मार्केट ट्रेनिङ्ग ईन्स्टिच्युट प्रा.लिको आयोजनामा असोज ११ र १२ गतेका दिन स्टक व्रोकर कम्पनी श्री कृष्ण सेक्युरिटिज् लिमिटेड (ब्रोकर नं. २८) का कर्मचारीहरुलाई तालिम दिने कार्य सफलतापुर्वक सम्पन्न भएको छ । नेपालको पुँजीवजार संग आवद्ध रहेका नियामक निकायहरु, स्टक व्रोकरहरु, निक्षेप सदस्य, राफसाफ सदस्य, मर्चेन्ट वैंकरहरुका कर्मचारीहरुलाई आवश्यक तालिम प्रदान गरी वृतीविकासमा महत्व पुर्ण योगदान गर्ने उद्देश्यका साथ स्थापित यस ईन्स्टिच्युटले श्री कृष्ण सेक्युरिटिज् लिमिटेड (ब्रोकर नं. २८) मा कार्यरत कर्मचारीहरुलाई आँफ्नै हलमा तालिम दिने कार्य सम्पन्न गरेको हो ।

उक्त तालिममा पहिलो दिन ११ गते इन्टरनेशनल कर्पोरट ट्रेनर मानुषी अग्रवालले ग्राहकहरु संगको सम्वन्ध, प्रस्तुतीकरण, गुनासो सुनुवाई, समस्याको समाधान, गुणस्तरीय सेवाप्रवाह, ग्राहक सन्तुष्टी लगायतका सम्वन्धमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् भने दोस्रो दिन एचआर ट्रेनर बिकाश लामाले कर्मचारी र संगठनको सम्बन्ध,कर्मचारीको उत्प्रेरणा , बिकाश र कर्मचारीले संस्थाको सफलतामा खेल्नुपर्ने निर्णायक भुमीकाको बारेमा छलफल गरेका थिए ।तालिममा उक्त प्रा.लि.का १८ जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Meta Holidays
Crest

नेपालको पुँजीबजारमा आवद्ध संस्थाहरुका कर्मचारीहरुलाई समय–समयमा यस्तो प्रकारका तालिमहरु प्रदान गरी गुणस्तरीय सेवाप्रवाह गर्न कर्मचारीहरुको वृतीविकास गर्नु पर्ने नियमकीय प्रावधान समेत रहेको छ ।

क्यापिटल मार्केट ट्रेनिङ्ग ईन्स्टीच्युटल श्री कृष्ण सेक्युरिटिज् लिमिटेड संग समन्वय गरि यस यस प्रकारको तालिम आयोजना गरेकोमा एचआर ट्रेनर बिकाश लामाले सफलता तथा निरन्तरताको लागि शुभकामना व्यक्त गरे । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा धेरै संघ संस्थाहरुमा संस्थागत तालिमकर्ताको रुपमा प्रशिक्षण दिएता पनि ब्रोकर कम्पनीका कर्मचारीहरु संग आफ्ना अनुभव तथा विषयहरु साटासाट गर्न पाएकोमा इन्टरनेशनल कर्पोरेट ट्रेनर मानुषी अग्रवालले खुसी हुदै धन्यवाद व्यक्त गरिन् ।

सोहि कार्यक्रममा श्री कृष्ण सेक्युरिटिज् लिमिटेड.का कार्यकारी अध्यक्ष नन्द किशोर मुन्डारा ले दुवै जना प्रशिक्षकहरुलाई धन्यवाद दिदै यस्ता प्रकारका कार्यक्रमहरुले सम्वद्ध कम्पनीहरुले प्रदान गर्ने सेवाको गुणस्तर बढ्ने हुदाँ यस्ता कार्यक्रमहरुको निरन्तरताको लागि जोड दिए ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS