IME Life

यस साता तीन उपसूचक सामान्य बढ्दा यस्तो छ बजारको अवस्था

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । यस साता नेप्से परिसूचक १ दशमलव २५ प्रतिशतले घटेको छ । अघिल्लो साता १ प्रतिशतले बढेको बजार यस साता भने घटेको हो । असोज १० गते अन्तिम दिन नेप्से परिसूचक १८ दशमलव ६० अंकले घटेर २००४ दशलमव ३ को विन्दुमा कायम भएको छ भने अधिल्लो साता नेप्से परिसूचक ४४ अंकले बढेर २०२९ दशमलव ७८ को विन्दुमा कायम भएको थियो । यस साता माइक्रोफाइनान्सको शेयरमा लगानीकर्ता आकर्षित भएको देखिन्छ । गत साताको तुलनामा माइक्रो उपसूचक सामान्य ० दशलमव ७५ प्रतिशतले बृद्धि भएको छ ।

गत साताको तुलनामा यस साता ३ उपसूचक सामान्य बढेका छन् भने बाँकी सबै उपसूचक घटेका छन् । गत साताको तुलनामा यस साता हाइड्रोपावर उपसूचक ० दशलमव ६२ प्रतिशतले बढेको छ । म्युचुअल फण्ड उपसूचक ० दशलमव ५३ प्रतिशतले बढेको छ ।
त्यस्तै, गत साताको तुलनामा यस साता बैंकिङ उपसूचक १ दशलमव २५ प्रतिशतले घटेको छ । विकास बैंक उपसूचक २ दशलमव ६० प्रतिशतले घटेको छ । फाइनान्स उपसूचक २ दशलमव ०८ प्रतिशतले घटेको छ । होटल्स एण्ड टुरिजम उपसूचक ३ दशलमव ३२ प्रतिशतले घटेको छ ।

Meta Holidays
Crest

त्यसैगरी इन्भेष्टमेन्ट उपसूचक २ दशलमव ६८ प्रतिशतले घटेको छ । लाइफ इन्स्योरेन्स उपसूचक १ दशलमव ७७ प्रतिशतले घटेको छ । उत्पादनमुलक एण्ड प्रोग्रेशिभ उपसूचक १ दशलमव ७० प्रतिशतले घटेको छ । निर्जीवन बीमा उपसूचक २ दशलमव ३५ प्रतिशतले घटेको छ । अन्य उपसूचक १ दशमलव ७८ प्रतिशतले घटेको छ भने ट्रेडिङ उपसूचक २ दशमलव ५० प्रतिशतले घटेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS