SKIP THIS

GBIME
IME Life
Beema Board

राष्ट्र बैंक संचालक समितिको बैठकमा अर्थ मन्त्रालयका प्रतिनिधिहरुले राख्न सक्लान कडा अडान ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंक संचालक समितिको आज विहान साढे आठ बजे बस्ने बैठकमा सेयर बजारबारे कार्यसूचीमा मौनता साँधिए पनि केही संचालक सदस्यहरुले जोडतोडका साथ कुरा उठाउने भएका छन् ।

गभर्नर महाप्रसाद अधिकारीले आज विहान बोलाएको संचालक समितिको बैठकमा विविध बिषयसूचीमा सेयर बजार र सेयर धितो कर्जा सम्बन्धमा छलफल हुनसक्ने संभावना छ । तर प्राथमिकता दिएर कार्यसूची तय नभएकाले ठोस निर्णय आउने संभावना भने कमजोर छ ।

Prabhu
Crest

राष्ट्र बैंकका अधिकारीहरु सेयर धितो कर्जा र सो सम्बन्धी बिषयमा आउने मौद्रिक नीतिको समीक्षामार्फत नयाँ ब्यवस्था गर्ने पक्षमा भए पनि अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने संचालकहरु तत्काल बजारलाई चलायमान बनाउने कुरा ल्याउनुपर्ने अडानमा छन् । नयाँ अर्थ सचिव कृष्णहरि पुस्कर लगायतका संचालकहरुले आजको संचालक समितिको बैठकमा कडा कुरा राख्ने तयारीमा रहेको बुझिएको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले राष्ट्र बैंकलाई सेयर धितो कर्जाकोे सिमा १२ करोडबाट २५ करोड पुर्याउन र संस्थागत लगानीकर्तालाई खुला गर्न गभर्नर महाप्रसाद अधिकारीलाई पटक पटक आग्रह गरिसकेका छन् । महत हाल विदेश भ्रमणमा रहेकाले आफु फर्किनु अघि नै राष्ट्र बैंकबाट नयाँ ब्यवस्था हुने अपेक्षा गरेका बताईएको छ । अर्थ मन्त्रालयले मनोनीत गरेका संचालकहरुले यसै अनुरुप कुरा राख्न सक्नेछन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

17%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS