IME Life
Beema Board

नेप्सेमा सामान्य गिरावट हुँदा हाइड्रोपावरको शेयरमा लगानीकर्ता आकर्षित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ५ दशमलव ८९ अंकले घटेर २,००४ को विन्दुमा कायम भएको छ । आज ९२ कम्पनीको शेयर मुल्य बढेको छ भने १२९ कम्पनीको शेयर मुल्य घटेको छ । आज हाइड्रोपावर र म्युचुअल फण्ड उपसूचक बाहेक सबै घटेका छन् ।

आज दिनभरिमा २८४ कम्पनीको ६५ लाख १६ हजार ६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभनदा धेरै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, रिलायबल नेपाल लाइफको ६ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ४ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै माइ खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । एशियन हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । इष्र्टन हाइड्रोका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै शुभम पावर र थ्रि स्टार हाइड्रोपपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS