IME Life

यस साता सबै निर्जीवन बीमाको शेयर मुल्य बढ्यो, कुनको बृद्धिदर कति ?

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । यस साता नेप्से परिसूचक १ दशमलव १३ प्रतिशतले बढेको छ । भदौ ४ गते अन्तिम दिन नेप्से परिसूचक ४४ अंकले बढेर २०२९ दशलमव ७८ को विन्दुमा कायम भएको छ भने अधिल्लो साता नेप्से परिसूचक ३९ दशमलव ४८ अंकले बढेर २००७ दशमलव ०६ को विन्दुमा कायम भएको थियो । हिजो साताको अन्तिम कारोबार दिन सबै उपसूचक बढेका छन् । भदौ ४ गते निर्जीवन बीमा उपसूचक १ दशलमव ७६ प्रतिशतले बढेको छ ।

साताको अन्तिम कारोबार दिन भदौ ४ गते कारोबार भएका १२ वटा निर्जीवन बीमा कम्पनीकै शेयर मुल्यमा बृद्धि भएको छ । साताको अन्तिम दिन विहीबार हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर मुल्य १२ रुपैयाँ अर्थात २ दशमलव ११ प्रतिशतले बढेर ५८० रुपैया कामय भएको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको १६ रुपैयाँ ९० पैसा अर्थात ३ दशलमव ३५ प्रतिशतले बढेर ५२० रुपैयाँ ९० पैसा कायम भएको छ । नेपाल इन्स्योरेन्स कम्पनीको १६ रुपैयाँले शेयर मुल्य बढेर ८०५ रुपैया कामय भएको छ ।

Meta Holidays
Crest

त्यस्तै, नेको इन्स्योरेन्सको १६ रुपैयाँ ९० पैसाले शेयर मुल्य बढेर ८८४ रुपैयाँ ९० पैसामा कायम भएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीको शेयर मुल्य १९ रुपैयाँ अर्थात २ दशलमव ४४ प्रतिशतले बढेर ७९९ रुपैयाँ कायम भएको छ । प्रभु इन्स्योरेन्सको शेयर मुल्य १६ रुपैयाँले बढेर ७ सय रुपैयाँमा कायम भएको छ । राष्ट्रिय बीमा कम्पनीको शेयर मुल्य २३० रुपैयाँले बढेर १४ हजार ५६० रुपैयाँ कायम भएको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको शेयर मुल्य ५ रुपैयाँ १० पैसाले बढेर ७२३ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी सानिमा जिआइसीको शेयर मुल्य ४ रुपैयाँले बढेर ५९५ रुपैयाँ कायम भएको छ । शिखर इन्स्योरेन्सको शेयर मुल्य १० रुपैयाँले बढेर ७७५ रुपैयाँ कायम भएको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयर मुल्य १३ रुपैयाँले बढेर ७५२ रुपैयाँ कायम भएको छ । यूनाइटेड अजोड इन्स्योरेन्सको शेयर मुल्य ९ रुपैयाँ ५० पैसाले बढेर ५८७ रुपैयाँ कायम भएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS