IME Life

यस साता हाइड्रोपावरको शेयरमा लगानीकर्ता आकर्षित, यस्तो छ बजारको अवस्था

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । यस साता नेप्से परिसूचक १ दशमलव १३ प्रतिशतले बढेको छ । भदौ ४ गते अन्तिम दिन नेप्से परिसूचक ४४ अंकले बढेर २०२९ दशलमव ७८ को विन्दुमा कायम भएको छ भने अधिल्लो साता नेप्से परिसूचक ३९ दशमलव ४८ अंकले बढेर २००७ दशमलव ०६ को विन्दुमा कायम भएको थियो । गत साताको तुलनामा हाइड्रोको शेयरमा लगानीकर्ता आकर्षित भएको देखिन्छ । गत साताको तुलनामा हाइड्रो उपसूचक ६ प्रतिशतले बृद्धि भएको छ ।

गत साताको तुलनामा यस साता चार उपसूचक घटेका छन् भने बाँकी सबै उपसूचक बढेका छन् । गत साताको तुलनामा यस साता बैंकिङ उपसमुह ० दशमलव ६४ प्रतिशतले घटेको छ । होटल एण्ड टुरिजम १ दशमलव १३ प्रतिशतले घटेको छ । जीवन बीमा उपसूचक ० दशमलव ६६ प्रतिशतले घटेको छ भने ट्रेडिङ उपसूचक २ दशलमव ३० प्रतिशतले घटेको छ ।

Meta Holidays
Crest

त्यस्तै, अघिल्लो साताको तुलनामा विकास बैंक उपसूचक २ दशलमव ९८ प्रतिशतले बढेको छ । फाइनान्स उपसूचक ३ दशलमव ८८ प्रतिशतले बढेको छ । हाइड्रोपावर उपसूचक ६ दशमलव ७७ प्रतिशतले बढेको छ । इन्भेष्टमेन्ट उपसूचक १ दशमलव ४४ प्रतिशतले बढेको छ । उत्पादनमुलक एण्ड प्रोसेसिङ उपसूचक २ दशलमव ३२ प्रतिशतले बढेको छ ।

साथै, मायक्रोफाइनान्स उपसूचक १ दशलमव १२ प्रतिशतले बढेको छ । म्युचुअल फण्ड उपसूचक १ दशलमव २९ प्रतिशतले बढेको छ । निर्जीवन बीमा उपसूचक ० दशमलव ४६ प्रतिशतले बढेको छ भने अन्य उपसूचक ० दशलमव ९१ प्रतिशतले बढेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS