IME Life
Beema Board

नेप्सेमा ३९ अंकको बृद्धि हुँदा हाइड्रोपावरको शेयरमा लगानीकर्ताको आकर्षण

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ३९ दशमलव ४८ अंकले बढेर २,००७ दशलमव ०६ को विन्दुमा कायम भएको छ । आज २१३ कम्पनीको शेयर मुल्य बढेको छ भने ११ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक बढेका छन् । आज सबैभन्दा धेरै हाइड्रोपावर उपसूचक ३ दशलमव ६२ प्रतिशतले बढेको छ ।

आज दिनभरिमा २७५ कम्पनीको ५१ लाख ४४ हजार ७२४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४९ करोड ५५ लाख २१ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, सोल्टी होटलको ६ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एभरेष्ट बैंकको ६ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ५ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज बरुण हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । शुभव पावरका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । समता घरेलु लघुवित्तका लगानीकर्ताले ९ दशलमव ८६ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ८ प्रशिततका दरले गुमाएका हुन् । सिटिजन म्युचुअल फण्ड दुई का इकाईधनीले ३ दशलमव ८० प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS