Connect IPS
IME Life
Beema Board

‘लाहुरे बनोस् भन्ने परिवारको चाहाना थियो, बीमा क्षेत्रमै अवसर देखे’: सोन आले मगर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज भन्दा १८ वर्ष अघि बीमा क्षेत्रमा प्रवेश गरेका थिए ‘सोन आले मगर’ । उनी ओखलढुंगाको गामनाङटारस्थित खाल्टेका स्थायी बासिन्दा हुन् । उनले एलआईसी नेपालको जनकपूरमा रहेको एक ब्रान्च म्यानेजरको रुपमा बीमा क्षेत्रको यात्रा आरम्भ गरेका थिए । त्यहाँ जनकपूर ब्रान्चमा दुई वर्ष बिताएका उनले काठमाडौ र पोखरामा पनि ब्रान्च म्यानेजर हुने अवसर पाए ।

त्यस्तै, उनले सन् २०१६ मा एलआईसी नेपाल छोडेर नेपाल लाइफ इन्स्योरेन्समा आफ्नो काम सुरु गरेका थिए । नेपाल लाइफको क्षेत्रिय प्रमुख (रिजनल हेड) को रुपमा काम गरे । त्यतिबेला उनले पोखरा आसपासका क्षेत्रमा नेपाल लाइफका १८ वटा शाखाहरु पनि खोलेको स्मरण गरेका छन् । त्यसपछि उनले एचआर डीपार्टमेन्ट हेड हुँदै सिनियर एजिएमसम्म बन्ने अवसर पाए । आफ्नो यात्रा डीजीएम सम्म पुर्याएर उनी डेढ वर्ष अघि प्रभु लाइफमा आएका थिए भने अहिले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा मर्जरपछि पनि उनी डीजीएम नै बन्ने अवसर प्राप्त गरि रहेका छन् । बीमा क्षेत्रको लामो अनुभव समेटेका उनले आफ्ना जीवनमा बीमालाई हेर्ने दृष्टिकोणमा विभिन्न चरणमा फेरबदल भएको समेत सुनाए।

Prabhu
Crest

यसरी भयो बीमामा प्रवेश
बैंक, वित्तीय संस्थामा उनले काम गर्ने इच्छा सानैदेखि राखेका थिए । उनको पुर्खौली गाउँ ओखलढुंगा, बुवाको जागिर भारतिय आर्मी, सोही कारण उनको बाल्यकाल भारतका विभिन्न ठाउँमा वित्यो । उनी दुई वर्षको उमेरमा भारतको देहरादूनमा रहेका थिए भने त्यसपछि सिलंङ भन्ने ठाउँमा बसेका थिए । उनले भारतको लखनउबाट औपचारिक शिक्षा पूरा गरेका थिए । त्यहाँको ‘केन्द्र विद्यालय’ भारतीय आर्मीको स्कूलबाट उनले आफ्नो प्लस टुको अध्ययन सकेका थिए । बिकम र एमबीए लखनउमै सकेका थिए । नेपालमा प्रवेश गरेपछि भने उनले नेपाल ल क्याम्पसबाट एलएलबीसम्मको अध्ययन पूरा गरे । उनले आफ्नो पारिवारीक चाहना बीमामा लाग्नु भन्ने नभए पनि र बीमाले नै मन बदलेको र यस पेशामा टिक्न प्रेरित गरेको बताउँछन् । अभिकर्ता नै बीमा क्षेत्रका मुटु रहेको उनको भनाई छ । अभिकर्ता बीमा कम्पनीका मेरुदण्ड हुन् । अभिकर्ताहरुले कम्पनीको बारेमा प्रचार प्रसार गरेर व्यवसाय ल्याएका हुन्छन् ।

यस्ता छन् बीमाका दुई निकै राम्रा पक्ष
यस पेशामा अवाद्ध हुन चाहने जो कोहीलाई क्यारियर ग्रोथ गर्न यो पेशा निकै सहयोगी हुने उनले सुनाएका छन् । अर्को कुरा भनेको मानिसले अनेक काम गर्दा पनि उनीहरुलाई सन्तुष्टी नमिल्ने भए पनि बीमामा काम गर्दा सन्तुष्टि मिल्ने गर्छ । यसमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको बीमा बुझ्दै नबुझेका मानिसहरुलाई बीमाको बारेमा जानकारी गराउने र उनीहरुले पाएको सन्तुष्टी र खुशीबाट आफू समेत खुशी हुन पाइने भएकाले पनि उनलाई यो बीमा पेशा निकै मन पर्छ ।

कसैको परिवारमा दुर्घटना घटेको बेलामा उनीहरुले बीमाको महत्व सबैभन्दा प्रष्ट हुने उनको अनुभव छ । उनले परिवारको मुख्य घरमुली जस्ले कमाउने काम गर्छन् त्यस्ता सदस्यहरुको घटना भएको बेलामा पनि बीमाले उनको आश्रित परिवारलाई सहयोग गर्ने भएकाले बीमाको महत्व अन्य व्यापारको भन्दा भिन्न रहेको उनको बुझाई छ ।

उनले आफ्नो जीवनमा घटेको एउटा अनुभव सुनाउँदै इन्स्योरेन्स खबरसँग भने,‘मैले बीमा पेशालाई त सुरुमा आफैले बुझेको थिएन । तर, जब एक जना बीमितले जस्को मैले गराएको बीमा गराको थिए उहाँहरुको क्लेम सेटलमेन्ट भएपछि मैले बीमाको महत्व अझ बढी बुझ्न पाए, मलाई बीमा पेशा प्रतिको लगाव अझ बढ्न थाल्यो ।’

यस्तो थियो बीमामा टिकाउने घटना
उनले आफैले सुरुमा बीमा क्षेत्रमा प्रवेश गर्दा आफूलाई कस्तो किसिमको पेशा आफूले गरेको भन्ने बारेमा त्यति धेरै गहिरो रुपमा जानकारी थिएन । उनले बीमा बुझेर बीमामा लागेको भन्दा पनि यही पेशामा काम गर्दै जाँदा धेरै कुरा सिकेको पनि बताउँछन् । उनले पाँच लाख बींमाक बराबरको क्लेमको दाबी तिरेका थिए । त्यो दाबी भुक्तानी जनकपूरका एक बीमितको परिवारलाई दिइएको थियो । मृतकको आश्रीत परिवारले जम्मा २० हजार किस्ता तिरेर पाँच लाख रुपैयाँ उनलाई उक्त मृतक बीमितको श्रीमतिले भनेको सधै याद आउँने गर्छ । उनले भनेकि थिएन, मेरो श्रीमान बितेर गएपछि धेरै जनाले मसँग तिरोतारो र अनेक पैसा माग्न आए तर पैसा दिन भनेर एउटा बीमा मात्रै आयो । उनलाई बीमाबाट पाइने पैसाको नागरिकहरुलाई कतिसम्म महत्व हुँदो रहेछ भन्ने कुरा त्यति बेला मात्रै थाहाँ भयो ।

बीमा एउटा असल व्यसाय रहेछ, यसले परिवारको आर्थिक अवस्था तितरबितर हुनबाट जोगाउँदो रहेछ, छिन्नभिन्न हुन लागेका कतिपय ठाउँमा बीमा रकमको सहायताले धेरै ठूलो मद्धत पुग्ने रहेछ भन्ने पाठ उनी आफैले पनि सिक्न पाएको बताउँछन् । घरको कमाउने मान्छे नै नहुँदा कुनै पनि घरमा ठूलो संकट पर्ने र त्यस्तो अवस्थामा बीमाले सघाउँने उनलाई लागि रहन्छ । सोही घटनाको प्रेरणापछि पनि आजसम्म आफूले बीमाभन्दा बाहिरको पेशामा जाने बारे नचिताएको बताउँछन् । उनले यसलाई आफैले बुझेको बीमा चेतनाको रुपमा पनि चित्रण गरेका छन् । यसरी बीमाको वास्तविकता बारेमा जस्ले बुझ्छ त्यस्ता व्यक्तीहरु नै बीमामा लाग्ने र बीमाको नजिक हुने गर्छन् ।

लाहुरे बनाउँने परिवारको इच्छा
उनको बुबा इन्डीयन आर्मी भएकाले उनलाई लेफ्टिनेन्ट, अफिसर, लाहुरे बन्न प्रेरित गरिरहन्थे । उहाँहरुको इच्छा त्यस्तो भए पनि आफूले एमबीए पढेकाले म्यानेजर बन्नुपर्छ भन्ने उनको चाहना थियो । अन्य क्षेत्रको म्यानजर बन्ने बारे निकै पटक सोचेको भए पनि उनले बीमा क्षेत्रको म्यानेजर बन्ने बारेमा भने जीवनमा कहिल्यै सोचेका थिएनन् । अहिले बीमा क्षेत्रको म्यानेजर मन पराउँछन्

अन्य क्षेत्रको म्यानेजर ठूलो तर बीमा क्षेत्रको म्यानेजर अलि सानो भन्ने लाग्दा लाग्दै पनि उनले बीमा क्षेत्रमा हात हालेका थिए । तर, जब बीमा बारेमा बुझ्दै गए उनलाई अहिले विश्वका अन्य पेशा जस्तै बीमा क्षेत्रको म्यानेजर पनि निकै प्रतिष्ठित पेशा लाग्न थालेको बताउँछन् । उनले बीमा पेशा सुरु गरेको ६ महिनासम्म मात्रै यस पेशाका बारेमा विभिन्न शंका र दुविधा उत्पन्न भएको थियो । यस बिचमा उनले धेरै किसिमका मौका पाउँदा पनि बीमा क्षेत्रमा नै आफू बस्न रुचाएको सुनाउँछन् । साथै, त्यस्ता अवसरहरु अन्य स्थानबाट आउँदा बीमाको बारेमा राम्रो ज्ञान भएका व्यक्तीले यही पेशा अँगाल्नेमा पनि उनी विश्वस्त छन् । आफूलाई आएका अवसरहरु पनि तुलनात्मक रुपमा राम्रै अवरहरु रहेको उनले प्रतिकृया दिएका छन् ।

उनी ब्याडमिन्टन र फुडबल खेलाडी समेत हुन् । हाल उनको उमेर ४४ वर्षको भएको छ । हालसम्म उनले बीमा गराएका बीमितहरु यति नै छन् भन्ने आँकलन गर्न नसके पनि उनले निरन्तर १८ वर्षसम्म अनवरत रुपमा बीमा क्षेत्रको हितकै लागि आफूले काम गरेको छन् ।

निरन्तरता नै सफलताको आधार
उनले बीमा क्षेत्रमा दुई दिनमा सफलता पाउँछु वा अलिकति तलमाथि भएमा भाग्छु भनेर यो पेशामा लाग्नु पर्ने अवस्था नरहेको सुझाएका छन् । यस पेशामा राज्यलाई कर बुझाएर, आफ्नो जागिर र भविष्य दुवै सुनिश्चित गर्ने अवसर रहेकाले अभिकर्ताहरुले त्यसलाई समात्न सक्नु पर्ने बताउँछन् । उनले मुख्य रुपमा निरन्तर काम गरे मात्रै सफलता मिल्ने भएकाले जस्तो सुकै अवस्थामा मेहनत गर्न र निरन्तरता दिन अभिकर्ताहरु तयार हुनुपर्ने सल्लाह दिएका छन् ।

हालसम्म उनले धेरै जना अभिकर्ताहरुलाई प्रशिक्षित समेत गरिसकेका छन् । यस पेशामा लागेका कतिपय साथीभाईहरु समेत उनका लागि प्रेरणाका स्रोत हुन भने उनी आफै धेरै जना बीमितको लागि प्रेरणाको स्रोत बन्न सफल भइसकेका छन् ।

बीमाको पहुँचसँगै यस क्षेत्रमा अवसरहरु पनि बढ्न थाले
भोलिको दिनमा बीमा बजार बढ्दै जाने उनी बताउँछन् । मानिसहरुमा जन्म र मृत्यु निश्चित भएकाले पनि जन्मिने बित्तीकै बीमा हुने र मृत्युले पुर्याउने आर्थिक क्षतीमा बीमा चाहिने भएकाले बीमा सधै रहिरहने उनको आँकलन छ । उनले बीमाका केही पोलिसी एउटै व्यक्तीले धेरै वटा लिइरहेको अवस्थामा अन्य नागरिकहरुमा पनि बीमा फैलाउन बाँकी रहेको कुरालाई अभिकर्ता, कर्मचारीहरुले अवसरको रुपमा हेर्नु पर्ने बताउँछन् ।

पछिल्लो समय आएका लघु बीमा, वैदेशिक रोजगार बीमा सबैलाई जोडेर धैर बीमा भयो भन्ने भन्दा पनि बीमा हुनुपर्ने व्यक्ती बीमाको दायरामा समेटीन सरोकारवालाहरु लाग्नु पर्ने उनी बताउँछन् ।

बीमामा काम गर्दा पढ्न सकिन्छ, यूवालाई थप सहज हुने
अहिले विभिन्न पेशामा आवद्ध भएका कर्मचारीहरु, अभिकर्ताहरुले बीमा पेशालाई रुचाएको अवस्था छ । अहिले बीमा क्षेत्रमा काम गर्ने व्यक्तीको मात्रै होइन उनले अरुको भविष्यको लागि पनि काम गर्न पाउँछन् । बीा क्षेत्रको सामान्य प्रक्रिया पूरा गरेर, हजार रुपैयाँ मात्रै लगानी गरेर अभिकर्ताहरुले लाइसेन्स प्राप्त गर्छन् । त्यसरी पाएको लाइसेन्समा बढी खट्दा र बढी समय दिँदा मात्रै एउटा अभिकर्ताको जीवन स्तर सुध्रिने निश्चित छ । यस्तो सजिलो पेशा भएकाले पनि अहिले बीमा अभिकर्ताहरुमा धेरै जनाको आकर्षण बढेको हामीले देख्न सक्छौं ।

उनको जीवनको गुरु मन्त्र उनले सुनाएका छन् । जीवन जिउँनको लागि मात्र होइन, जीवन जित्नको लागि पनि हो, भन्ने लाइन आफूलाई साह्रै मन पर्ने उनले बताउँछन् । खाई, पिई मस्ती गर्ने कुराहरु अधिकांशले गर्ने भए पनि वस्तवमा जीवनलाई नै जित्ने विषयमा भने धेरै कमले सोच्ने उनको आँकलन छ । उनले मान्छेको जीवन साह्रै अमूल्य हुने र जितको ठूलो महत्व रहने भन्दै त्यस्तो जित हात पार्न संघर्ष गर्न पछि हट्न नहुने सन्देश दिएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

85%

खुसी

0%

दु :खी

5%

अचम्मित

10%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS