Connect IPS
IME Life

दिबस तिमल्सेनाको एउटा कथा “दाबी”

SPIL
NIC ASIA
Sanima Reliance

नमस्कार मेरो नाम दाबी  हो ।

म भर्खरै जन्मेको छु ।

Prabhu
Crest

मेरो जन्म हुनमा बीमा गरेका मान्छे र बीमा गर्ने कम्पनीको बीचमा भएको करारको प्रमुख भूमिका छ । सांयोगिक करारमा भएको जोखिम अनुसार दुर्घटना भएर नै मेरो अस्तित्व भएको हो ।

म एउटा पसलमा आगो लागेपछि बीमा गरेको मान्छेले बीमा कम्पनीलाई मौखिक सुचना दिनासाथ जन्मेको हुँ ।

बीमा गरेको मान्छेले बीमालेख विक्री गर्ने मान्छेलाई म जन्म भएको सुचना दिएको रहेछ ।

बीमालेख विक्री गर्ने मान्छेले त तपाई बीमा कम्पनीको दावी विभागमा फलाना मान्छेलाई कुरा गर्नुस् भनेर मेरो जिम्मा अन्तै लगाइदियो ।

जसले मेरो सालनाल काटेर मलाई न्यानो कोक्रोमा राख्नुपर्ने उसैले मलाई अर्काको जिम्मा लगाइदियो ।

संघर्ष त जन्मने वित्तिकै सुरु भयो ।

मौखिक सूचनाले मात्रै भएन, बीमालेख लिने मान्छेले लिखित रुपमा नदिए सम्म त मेरो अस्तित्व स्वीकार नै गर्न आनाकानी गरिरहे ।

औपचारिक रुपमा मेरो दावीको जन्मदर्ता गर्न पनि मैले करिब तीन दिन कुर्नुपर्यो । त्यो पनि बीमा करार गरिएको शाखामा नभएर काठमाडौँ स्थित प्रधानकार्यालयको दावी शाखामा जानकारी गराएपछि । बीमा गर्ने मान्छेलाई त कम्तीमा बीमालेख विक्री गर्ने मान्छेले समयमा सहि सूचना र सहयोग दिनु पर्छ नि ।

पैसा लिने बीमा शाखालाई पैसा दिने अधिकार भइदिएको भए, म तीन दिन भौँतारिनु पर्ने त थिएन ।

दावी जन्मदर्ता पाएपछि मलाई एक जना सर्भेयर भनिने मान्छेको जिम्मा लगाइयो । उसैले तिमिलाई हुर्काउँछ भनियो ।

म अब दावी सूचना, दावी दर्ता नम्बर, बीमालेखको प्रतिलिपि, सर्भेयर नियुक्तिको सूचना आदि पाएर मोटो हुँदै गएँ ।

बीमा गर्ने मान्छेलाई सोधपूछ गरियो । म कसरी जन्मे भन्ने सोधियो । मेरो जन्म हुनुका पछाडी बीमा गरिएको जोखिमकै कारणले हो कि होइन भनि यकिन पनि गरियो ।  बीमा गर्दाका बखतका रक्षावरण, शर्त, अपवाद अनुसार कार्य भयो भएन भनि जाँचियो । जन्मस्थलमा मेरो फोटो किन नखिचेको भनेर पनि सोधियो । ल तपाई आफैँ भन्नुस् त ? पसलमा आगो लागेर मान्छे भागाभाग हुँदै गर्दा को फोटा भिडियो खिचेर बस्छ ?

मेरो लागि पुलिस रिपोर्ट, वारुणयन्त्रको रिपोर्ट, खातापाता, बिल बीजक ल्याउन भनियो । पुलिस रिपोर्ट सम्म त ठिकै हो । वारुणयन्त्र त बोलाइएको हो तर आएको थिएन अनि टोलबासीहरु मिलेर आगो निभाइएको अवस्थामा वारुणयन्त्रको रिपोर्ट कहाँबाट ल्याउनु ? खातापाता र बिल बीजक त पसलमै डढेर स्वाहा भैसकेको थियो ।

बीमा गर्ने मान्छेले खातापाता दिन सक्दिन भन्दा त सर्भेयर भन्ने मान्छेले अब तपाइको दावीको पालन पोषण राम्रो हुन सक्दैन पो भन्दियो । दुब्लाउन सक्छ भनियो । अब तपाई नै भन्नुस्, बीमा विक्री गर्ने बेलामा बीमा कम्पनीको मान्छेले खातापाता पसल भन्दा अन्त लगेर वा यसको प्रतिलिपि सुरक्षित राखिदिनुस् भनिदिएको भए, म दुब्लाउनु पथ्र्यो होला त?

मलाई त कुपोषण लाग्ने नै भयो । तै पनि बीमा गर्ने मान्छेले भ्याट बील, अडिट रिपोर्ट, राजश्व तिरेको रसिद खोज्दै भौँतारियो । केहि संकलन पनि गर्न सक्यो । जसो तसो मेरो जीवन बचायो ।

सर्भेयर भन्ने मान्छे पनि कोहि कोहि साह्रै सजिला, कोहि साह्रै अफ्ठेरा । कोहि सर्भेयर भन्ने मान्छेका जिम्मामा म जस्ता दावीहरु कति कति । सम्हाल्न नै नसक्ने गरी । अनि कोहि चाहिँ काम नै नपाएर दावी विभागका हाकिमका घर घर चहार्दै बसेका पनि देखेँ । म जस्ता अरु दावीहरु ती सर्भेयरहरुलाई मिलाएर बाँडिदिनु नि ।

सर्भेयर भन्ने मान्छेको अफिसमा बीमा गर्ने मान्छे धाएको धायै गरेको मैले दराजबाट टुलु टुलु हेरिरहन्थेँ । कहिले कुन कागज मिलेन, कहिले के पुगेन भनि धेरै पटक मेरो फाइलमा थपघट भइराख्यो । एकैपटकमा मिल्न त, म जन्मिउँला र यो यो कागज दिउँला भनि बीमा गर्ने मान्छेले थोडै सोचेको हुन्छ र ?

लगभग म जन्मिएको एक महिना पछि सर्भेयर भन्ने मान्छेको अफिसबाट बीमा कम्पनीको दावी विभागमा पुगँे । मेरी आम्मा, म जस्ता दावी फाइल त कति कति ?

कोहि कोहि त उ बेलाको भूकम्पमा जन्मिएका रे । कोहि भुईँमा, कोहि स्टोरमा, कसैको फाइलको भूँडी निस्किराखेका ।

कठै बिजोग ।

एक जना दावी विभागका कर्मचारीको हातमा मलाई जिम्मा लगाइयो । अनि सुरु भयो मेरो नयाँ यात्रा ।

स्कुल गएको बच्चा जस्तो पहिलो दिन त मलाई ओल्टाइ पल्टाइ हेरियो । नापियो । तौलियो । कतिको दुरुस्त छ भनि जाँचियो पनि । सफ्टवेयरमा, इमेलमा केहि लेखियो पनि ।

त्यसपछिको एक हप्तासम्म रमाएर बसेँ । कोहि मलाई सोध्न पनि आएन । त्यस पछि पनि मेरो पालनपोषणको काम कसैले गरेन । उता बीमा गर्ने मान्छे भने मेरो पालो कहिले आउला भनि कुरी राख्यो । कसैले यो दावीको फाइल ठिक छ वा ठिक छैन पनि भनेन उसलाई ।

धेरै दिन बितेपछि बीमा गर्ने मान्छे बीमा विक्री गर्ने मान्छेलाई मेरो दावी खोई भनेर सोध्यो । बीमा विक्री गर्ने मान्छे असाध्य ब्यस्त भएको र दावी विभागमै सोध्नु भनि लगायो । मलाई चित्त बुझेन । जसले मलाई संसारमा ल्याउन भूमिका खेल्यो उसैले म कता कुन हालतमा छु हेर्नु पर्ने होइन र ?

लगभग अर्काे एक हप्ता पछि बीमा गर्ने मान्छे दावी विभाग रहेको प्रधान कार्यालय आयो र सोधखोज गर्यो ।

दावी विभागका कर्मचारीले फाइल खोजेर खवर गर्छु भन्यो ।

फेरी दुइतीन दिन बित्यो ।

म आफुलाई अनाथ महसुस गरेँ । एउटै बीमा कम्पनीमा बीमालेख विक्री गर्ने विभाग, जोखिमांकन विभाग र दावी विभागहरु अलग्गै कम्पनी जस्तो व्यवहार गर्थे । आपसी सामन्जस्यता नै थिएन । प्रधान कार्यालय शाखालाई र शाखा कार्यालय सर्भेयर भन्ने मान्छेलाई, सर्भेयरले दावी विभागलाई दोषारोपण गरिरहन्थे । मलाई अपनत्व लिने कुनै विभाग नै थिएन । लावारिस जस्तै भएँ म ।

त्यसपछि एकदिन बीमा गर्ने मान्छे रिसाउँदै आयो र ठुलो ठुलो स्वरमा कुरा गर्न थाल्यो । बीमा कम्पनीका सबै कर्मचारीहरुले एउटै घानमा गाली पनि सुन्नुपर्यो । दावी विभागका प्रमुखले केहि दिनमा काम गरिदिन्छु भनि सम्झाइ बुझाइ घर पठाइदियो । मलाइ खोज्न लगाइयो । धुलैधुलोमा बल्ल बल्ल भेट्टाइयो । कति दावीहरु त नभेटिएर पूनः फाइल बनाउनु पर्ने हुन्थ्यो । जे होस्, म खुसी थिएँ । मेरो पालो आएर ।

अरु कतिको त पालो आएकै थिएन ।

मलाई अब भने राम्रो सँग जाँचियो ।

जोखिमांकन विभागको कार्य हेरियो । बीमा अवधिभित्र म जन्मेको हो होइन निक्र्यौल गरियो । बीमा गरिएकै जोखिमले जन्मे नजन्मेको जाँचियो । बीमा गरिएको स्थानको प्रकृति, मुचुल्का, कुन श्रेणीको भवनमा पसल थियो भनि हेरियो । मेरो पसलको उमेर अनुसार ह्रास कट्टिको दर हेरियो । बीमांक रकम र दावी रकमको आधारहरु हेरियो । रद्दी वा पत्रु सामानको मूल्यांकन गरियो । पूनस्र्थापना अनुसारको बीमालेख छ छैन जाँचियो । र बीमा दावीमा पर्ने अधिक रकम जुन बीमा गर्ने मान्छेले व्यहोर्नु पर्ने व्यवस्था छ सो पनि हिसाब गरियो ।  सर्भेयर भन्ने मान्छेले गरेको मूल्यांकन सिफारिस पनि रुजु गरि हेरियो । कतै तेस्रो पक्षको कारणले दुर्घटना घटेको हो भने सो व्यक्तिबाट असुल हुन सक्ने कागजात पनि तयार पारियो । कतै दोहोरो बीमालेखले मलाई रक्षावरण भएको छ वा छैन भनि यकिन पनि गरियो । म मोटो हुँदै गएँ ।

म अब पूर्ण हुँदै थिएँ ।

यसरी राम्रो संग जाँच गर्दा खेरी केहि कागजात अपुग भएको देखिएको रहेछ । सो कागजात बीमा गर्ने मान्छेसँग फेरी मागियो ।

यता बीमा गर्ने मान्छे भने रिसायो । बीमा गर्ने बेलामा यि कागजात चहिन सक्छन्  भनि किन जानकारी नदिइएको हो ? यो यो कागजात चाहियो भनेर समयमा किन भनिएन र अहिले करिब २ महिनापछि यो पुगेन भनेर कसरी दावी रोक्न मिल्छ भनि करायो । दावी विभाग प्रमुखले उसलाई सम्झाइ बुझाइ गरी यस कारण हामीलाई यि कागजात चाहिन्छन् भनि बताए । बीमा गर्ने मान्छेले बाँकी कार्य पनि पुरा ग¥यो । दावी विभाग प्रमुखले, अब ढुक्क हुनुस् , दावीलाई हामी तार्किक निष्कर्षमा पुर्याउछौँ भनि बचन बद्धता जनायो ।

म दंग परेँ ।

नपुगेका कागजात आइपुग्यो । मलाई तयार गर्ने रुजु गर्ने र प्रमाणित गर्ने कार्य भयो । डिस्चार्ज भौचर तयार भयो । मेरो मूल्य तोकियो । अब सुरु भयो मोल मलाईको । मेरो मूल्यांकन यति भनेर निक्र्याैल भइसकेपछि पनि दावी विभागले बीमा गर्ने मान्छेलाई यति मूल्य लिने भए तुरुन्त र यति लिने भए बोर्ड बैठक पछि भनेर मोलमलाइ भयो । मलाई पटक्कै चित्त बुझेन । अन्तिम अवस्थामा आएर भएको कृयाकलापले मलाई दुखी तुल्यायो । बीमा गर्ने मान्छेले अब म नियामक निकायमा उजुरी गर्न जान्छु भनि कुरा पनि गर्यो ।

बीमा कम्पनीले त्यसो गरेमा दावीको फाइल आफ्नो नियन्त्रणमा नहुने र नेपालको कानूनी प्रकृयामा गइसके पछिको झन्झट बारे जनाकारी गराइदियो । बीमा गर्ने मान्छेले पनि सो महसुस गरी फाइल पूनः अध्ययन गरी कुनै शिर्षक वा बील बिजक हेरी सम्भव भएसम्मको स्थानलाई हेरीदिन अनुरोध गर्यो । सर्भेयर भन्ने मान्छेले पनि मेरो अवस्थालाई हेरी सहजीकरण गर्न तयार भयो ।

फलस्वरुप एक बिन्दुमा दावी विभाग, बीमा गर्ने मान्छे, सर्भेयर भन्ने मान्छे सबैको राजीखुसीले सहमति भयो ।

र मेरो उचित मूल्यांकन भयो ।

बीमा गर्ने मान्छेले क्षतिपूर्ति पायो ।

पछि अडिट गर्दा खुल्ने गरी मेरो फाइल पनि बन्द भयो ।

र यसरी बीमाको चक्र पुरा गरी निष्कर्षमा पुग्न पाउँदा म पनि असाध्यै हर्षित छु ।

म जन्मेको सार्थक भयो ।

आजलाई मेरो आत्मकथा सुनिदिनु भएकोमा तपाईलाई पनि धेरै धेरै धन्यवाद ।

बीमाका सबै पक्षहरुलाई साधुवाद !!!

(तिमल्सेना सगरमाथा लुम्बिनी इन्स्योरेन्सको जोखिमांकन विभागमा कार्यरत छन् ।) 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

55%

खुसी

18%

दु :खी

0%

अचम्मित

27%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS