IME Life
Beema Board

लम्पी स्कीन महामारी नियन्त्रणका लागि ४७ कराेड रुपैयाँ विनियाेजन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौ‍ं । गाईभै‌ंसीमा महामारीका रूपमा फैलिएकाे लम्पी स्कीन राेग नियन्त्रणका लागि सरकारले ४७ कराेड रूपैयाँ विनियाेजन गरेकाे छ ।  कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसालले बिहीबार प्रतिनिधिसभा बैठकमा यस्ताे जानकारी गराएका हुन् ।

उनले महामारी नियन्त्रणका लागि प्रत्येक स्थानीय तहमा संघीय सशर्त अनुदान अन्तर्गत  ४७ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी गराएका हुन्। महामारी नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन गर्न ५ करोड ६० लाख रुपैयाँ रकम विनियोजन गरिएको समेत उनले प्रतिनिधि सभामा जानकारी गराएका छन् । यसबाहेक प्रदेश स्तरमा प्रदेश सरकारले समेत खोप वितरणका लागि बजेट विनियोजन गरेका छन् ।

Prabhu
Crest

गत चैत महिना यता महामारीका रूपमा देशैभर फैलिएकाे लम्पी स्कीन राेगबाट १४ लाख ४६ हजार ४५९ पशु बिरामी परेकाेमध्ये ५२ हजार ४४८ पशुको मृत्यु भएको छ । यसैगरी उपचारबाट १२ लाख ८८ हजार ७५९ निको भएका  छन् ।  हाल १ लाख ५ हजार २५३ पशु बिरामी अवस्थामा रहेकाे कृषी तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएकाे छ। टर्की, जोर्डन र तान्जानियाबाट १३ लाख ६९ हजार डोज खाेप आयात गरेकाेमा ७ लाख ६ हजार ४०० पशुमा खाेप लगाइएकाे समेत उनले जानकरी दिएका छन् ।

मन्त्रालयले लम्पी स्कीन महामारी नियन्त्रणका लागी स्वेत पत्र सार्वजनिक गर्दै स्वदेशमै खाेप उत्पादनका लागी आवश्यक प्रविधि र अनुदान भित्र्याउन स‌ंघीय सरकारमार्फत पहल गर्ने उल्लेख गरेकाे थियाे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS