SKIP THIS

Sun Securities
IME Life

२१ अंकले घट्यो बजार, साढे १ अर्बको कारोबार हुँदा १९० कम्पनीको शेयर मुल्य घट्यो

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारमा गिरावट आएको छ । आज आज शेयर बजार नेप्से परिसूचक २१ दशमलव ९९ अंकले घटेर २,०११ दशमलव १४ को विन्दुमा कायम भएको छ । आज २९ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १९० कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २६९ कम्पनीको ४४ लाख ५९ हजार ४५९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४४ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आइएमई लाइफको शेयर कारोबार भएको छ । आज कम्पनीको ६ करोड ६३ लाख रपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ४ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ज्योति विकास बैंकको ४ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ४ करोडमाथिको शेयर कारोबार भएको छ ।

Crest
Meta Holidays

आज सबैभन्दा धेरै फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशमलव ५७ प्रतिशतका दरले कमाएका हुन् । आरएसडिसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । सानिमा लार्ज क्याप फण्डका इकाईधनीले ३ दशलमव ९७ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै कृषि विकास बैंक २०८३ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् । अपर साँगे हाइड्रोका लगानीकर्ताले ९ दशलमव ०२ प्रतिशतका दरले गुमाएका हुन् ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x