IME Life
Beema Board

भदौ महिनाको लागि वाणिज्य बैंकहरुले सार्वजनिक गरे नयाँ ब्याजदर, कुनको कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । भदौ महिनाको लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले प्रकाशन गरेको नयाँ ब्याजदर अनुसार २० वाणिज्य बैंकमध्ये १२ वटा बैंकले ब्याजदर बढाए छन् भने ४ बैंकहरुले घटाएका छन् । बाकी ४ बैंकहरुको ब्याजदर स्थिर कायम गरेका छन् ।

मुद्दति निक्षेपको ब्याजदर बढाउने बैंकहरुमा कृषि विकास बैंक, सिटिजन्स, ग्लोबल आइएमई, कुमारी, नेपाल बैंक, सानिमा, एभरेष्ट, लक्ष्मी सनराइज,माछापुच्छ्रे, सिद्धार्थ, प्रभू र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।

Prabhu
Crest

साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिने बैंकहरुमा नबिल बैंक, हिमालयन बैंक, नेपाल एसबिआई बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेका छन् ।

भदौका लागि ब्याजदर घटाउने बैंकहरुमा एनएमबि बैंक, एनआइसी एशिया बैंक, प्राइम कमर्सियल बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् । एनएमबि बैंकले भदौका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ९ दशमलव ९९ र संस्थागतको ७ दशमलव ९९ प्रतिशत कायम गरेको छ ।

भदौ महिनामा कुन बैंकको ब्याजदर कति ?
नेपाल बैंकले व्यक्तिगत तर्फ १० दशमलव ९० र संस्थागत तर्फ ८ दशलमव ९० कायम गरेको छ । कृषि विकास बैंकले व्यक्तिगत तर्फ १० दशमलव ९० र संस्थागत तर्फ ८ दशलमव ९० कायम गरेको छ । सानिमा बैंकले व्यक्तिगत तर्फ १० दशमलव ९० र संस्थागत तर्फ ८ दशमलव ९० कायम गरेको छ । कुमारी बैंकले व्यक्तिगत तर्फ १० दशलमव ९० र संस्थागत तर्फ ८ दशलमव ९० कायम गरेको छ ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत तर्फ ९ दशमलव ९९ र संस्थागत तर्फ ७ दशमलव ९९ कायम गरेको छ । ग्लोबल आइएमई बैंकले व्यक्तिगत तर्फ १० दशमलव ९० र संस्थागत तर्फ ८ दशमलव ९० कायम गरेको छ । सिटिजन बैंकले व्यक्तिगत तर्फ १० दशमलव ९० प्रतिशत र संस्थागत तर्फ ८ दशमलव ९० कायम गरेको छ । माछापुच्छ्रे बैंकले व्यक्तिगत तर्फ ९ दशलमव ९९ र संस्थागत तर्फ ७ दशमलव ४९ प्रतिशत कायम गरेको छ ।

त्यसैगरी एभरेष्ट बैंकले व्यक्तिगत तर्फ १० प्रतिशत र संस्थागत तर्फ ८ प्रतिशत कायम गरेको छ । प्रभु बैंकले व्यक्तिगत तर्फ १० प्रतिशत र संस्थागत तर्फ ८ प्रतिशत कायम गरेको छ । सिद्धार्थ बैंकले व्यक्तिगत तर्फ ९ दशमलव ९९ प्रतिशत र संस्थागत तर्फ ७ दशमलव ९९ प्रतिशत कायम गरेको छ ।

लक्ष्मी सनराइजले व्यक्तिगत तर्फ १० दशमलव ४० प्रतिशत र संस्थागत तर्फ ७ दशमलव ९९ प्रतिशत, नविल बैंकले व्यक्तिगत तर्फ १० दशमलव ४९ प्रतिशत र संस्थागत तर्फ ८ दशमलव ४९ प्रतिशत कायम गरेका छन् । नेपाल एसबिआई बैंकले व्यक्तिगत तर्फ ९ दशमलव ९९ प्रतिशत र संस्थागत तर्फ ७ दशलमव ९९ प्रतिशत, हिमालयन बैंकले व्यक्तिगत तर्फ ९ दशमलव ९९ प्रतिशत र संस्थागत तर्फ ७ दशलमव ९९ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगाले व्यक्तिगत तर्फ ९ दशमलव ९९ प्रतिशत र संस्थागत तर्फ ७ दशलमव ९९ प्रतिशत, स्टन्डर्ट चार्टर्ड बैंकले व्यक्तिगत तर्फ ८ दशमलव ९२ प्रतिशत र संस्थागत तर्फ ६ दशमलव ९२ प्रतिशत कायम गरेका छन् ।

एनआइसी एशिया बैंकले व्यक्तिगत तर्फ १० दशमलव ९० प्रतिशत र संस्थागत तर्फ ८ दशमलव ९० कायम गरेको छ । प्राइम कमर्सियल बैंकले व्यक्तिगत तर्फ १० दशमलव ५० प्रतिशत र संस्थागत तर्फ ८ दशमलव ५० प्रतिशत कायम गरेको छ । एनएमबि बैंकले व्यक्तिगत तर्फ ९ दशलमव ९९ प्रतिशत र संस्थात तर्फ ७ दशलमव ९९ प्रतिशत कायम गरेको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS