IME Life
Beema Board

एलआइसी नेपालको नाफा १२ करोड ४६ लाख, बीमा कोष १ खर्ब ७ अर्ब नाघ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एलआइसी नेपालले आर्थिक वर्ष २०७९ /८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा सामान्य गिरावट देखिएको छ । अघिल्लो वर्षको यसै अवधिमा नोक्सानीमा रहेको कम्पनीले यस वर्ष नाफा १२ करोडमाथि आर्जन गर्न सफल भएको छ । एक्चुरी भ्यलुएशन पछि बीमा कम्पनीको वास्तविक नाफा आउने छ।

२ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब २७ करोड ५१ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ६१ करोड ५५ लाख रुपैयाँ संचिती थियो । कम्पनीको जीवन बीमा कोषमा १ खर्ब ७ अर्ब ४७ करोड रहेको छ । अघिललो वर्ष कम्पनीको जीवन बीमा कोषमा ९३ अर्ब ६३ करोड रहेको थियो ।

Prabhu
Crest

समिक्षा अवधिमा कम्पनीले १२ करोड ४६ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनी ८ करोड ७४ लाख ७९ हजार नोक्सानीमा रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीले १७ अर्ब ३९ करोड ३८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १८ अर्ब १३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्कमा सामान्य गिरावट भएको छ ।

यस अवधिमा कम्पनीले ८ अर्ब ९६ करोड ६५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ९ अर्ब ६ करोड ३६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीले १ प्रतिशतले कम दाबी तिरेको हो ।

यस अवधिको तथ्याङक हेर्दा कम्पनीको भुक्तानी हुन बाँकी दाबी ३८ करोड २१ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ४ रुपैयाँ ७ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १६४ रुपैयाँ २५ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

25%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS