काठमाडौं । हाल नेपालमा ८ राष्ट्रियस्तरका विकास बैंक रहेका छन् भने ती सबैले गत आर्थिक वर्ष ७९/८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेका छन् ।
प्रति शेयर वितरणयोग्य मुनाफाको आधारमा भने लुम्बिनी विकास बैंकको लाभांश क्षमता धेरै छ । बैंकको प्रति शेयर वितरणयोग्य मुनाफा ११ रुपैयाँ ६१ पैसा हुँदा दोश्रोमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ११ रुपैयाँ ३६ पैसा छ । तेश्रोमा गरिमा विकास बैंकको १० रुपैयाँ ७४ पैसा हुँदा चौथोमा मुक्तिनाथ विकास बैंकको १० रुपैयाँ ०३ पैसा देखिन्छ ।