IME Life
Beema Board

प्रिमियम मूल्यमा निष्काशन गरेको सिटिजन लाइफको आइपीओ भोलिसम्म भर्न पाइने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा निष्काशन गरेको आइपीओमा भोलि आइतबार साउन १४ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर निष्काशन गरेको हो । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपीओ निष्काशन गरेको हो । सर्वसाधारण लगानीकर्ताको लागि भने मिति तय भएको छैन ।

उक्त आइपीओमा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार अर्थात साउन १३ गते विहान १०ः०६ बजेसम्म २५ हजार ७२९ जनाले ४३ करोड ८९ लाख ७ हजार २०० रुपैयाँ बरारबको १७ लाख ९८ हजार ८०० कित्ताका लागि आवेदन दिएका हुन् ।

Prabhu
Crest

कम्पनीले प्रति शेयर रू १०० अङ्कित दरमा कर्मचारीहरुको लागि र बाँकीलाई प्रति शेयर रू १०० अङ्कित दरमा प्रिमियमवापत रू १४४ थप गरी जम्मा प्रति शेयर मूल्य रू २४४ मा सर्वसाधारणलाई सार्वजनिक निष्काशन गर्नेछ । कम्पनीले ५ लाख ६२ हजार ५०० कित्ता शेयर प्रति शेयर रू १०० अङ्कित दरमा कर्मचारीका लागी सुरक्षित गरेकाे छ ।

साधारण शेयरको सर्वसाधारणमा निष्काशन गरिने तथा सर्वसाधारणलाई छुट्टाइएको शेयरमध्येको ५ प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ९० लाख कित्ता साधारण शेयरहरूको सार्वजनिक निष्काशन गरिने छ ।

आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ११ लाख २५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ। यसले वित्तीय दायीत्व समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यमरुपमा सुरक्षित रहेको संकेत गर्दछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तयि संस्थाहरु र शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो शेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्नेछन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS