IME Life
Beema Board

सम्पुर्ण बीमा कम्पनीमा प्राधिकरणको स्थलगत निरीक्षण, क्लोजिङ कारोबारको अनुगमन गर्दै

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आज र भोलि सम्पुर्ण जीवन बीमा कम्पनीहरुमा स्थलगत निरीक्षण गर्ने भएको छ । प्राधिकरणले टोलि टोलि बनाएर ३१ वटै कम्पनीमा स्थलगत अनुगमन गरेको हो । प्राधिकरणका प्रतिनिधिहरुले क्लोजिङ कारोबारको टिपोट गर्ने छन् । व्याकडेटमा पोलिसी बिक्री भए नभएकोदेखि लिएर कम्पनीका अस्वस्थ प्रतिस्पर्धालाई समेत नियाल्ने छ ।

गत आर्थिक वर्षमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको बीमा शुल्क, दाबी भुक्तानी, कर्मचारी विवरण, सफ्टवेयर प्रणाली लगायतबाट विवरण टिपोट गर्ने छ । आज टिपोट गरिएका विवरणमा केहि तलमाथि भयो भने प्राधिकरणले सजिलै थाहा पाउने छ ।

Prabhu
Crest

कम्पनीहरुले टार्गेट पुरा गर्ने बहानामा आर्थिक वर्ष समाप्त भएको एक महिनासम्म पनि पोलिसी इन्ट्रि गर्ने गलत अभ्यास थियो । त्यसैले गत वर्षदेखि आर्थिक वर्ष समाप्त भएको अन्तिम दिनको १२ बजे भन्दा पछाडी कुनै पनि पोलिसी इन्ट्रि गर्न नपाउने व्यवस्थाको सुरुवात गरेको थियो । यसले गर्दा यस वर्ष बीमा कम्पनी र अभिकर्ताहरु सजग थिए ।

अनुगमनमा खटिएका एक अधिकारीका अनुसार यस वर्ष जीवन बीमा व्यवसायमा धेरै नै गिरावट हुने देखिएको छ । नविकरण बीमा शुल्कमा सामान्य अवस्था देखिए पनि प्रथम बीमा शुल्क आर्जन चौपट देखिएको छ ।

बीमा कम्पनीहरुले हरेक आर्थिक वर्षको अन्तिममा एजेन्सी म्यानेजरलाई निरन्तरता दिलाउन हदैसम्मका अभ्यास गर्ने गरेका थिए । बीमा कम्पनीका कर्मचारीहरु नै अप्रत्यक्ष रुपमा बीमा व्यवसायमा जोडिने भएकाले यस्ता अभ्यासमा टेवा पुग्दै आएको थियो ।

तर यस वर्ष आर्थिक मन्दी र आम सर्वसाधारण सँगको तरलता कमजोर हुँदा व्यवसायमा ठुलो असर पर्यो । निर्जीवन बीमा व्यवसाय बीमितको आवस्यकतामा भर पर्ने भएकाले निर्जीवन बीमा कम्पनीहरुका कर्मचारीमा खासै ठुलो हतास थिएन । तर निर्जीवन बीमामा पनि उधारोमा बीमा हुने, प्रिमियम धेरै देखाउन कागजमा मात्रै बीमा हुनेसम्मका अभ्यास हुँदै आएका छन् । उधारोमा बीमा गर्ने अभ्यास लगभग हटेको बीमकहरु बताउछन् ।

प्राधिकरणले आज र भोलि स्थलगत निरीक्षण गरे पछि केहि दिनमा प्रतिवेदन तयार पार्ने छ । यसैका आधारमा बीमा कम्पनीहरुमा गत आर्थिक वर्षमा भएको बृद्धिदर सार्वजनिक गर्ने छ । सम्भवत प्राधिकरणले बुधबारसम्ममा यस्तो विवरण तयार पार्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

78%

खुसी

0%

दु :खी

11%

अचम्मित

11%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS