IME Life

बीमा कम्पनीका लागी आज ‘विशेष दिन’, निर्जीवनलाई भन्दा जीवन बीमकलाई असहज

SPIL
NIC ASIA

काठमाडौं । चालू आर्थिक वर्षकाे आज अन्तिम दिन । बीमा कम्पनीहरुका लागी चालू आर्थिक वर्षमा उत्कृष्ट कार्य सम्पादन पुष्टी गर्ने अन्तिम माैका । बीमा कम्पनीहरुले लिएकाे व्यवसायीक लक्ष्य पुरा गर्नका लागी भरमग्दूर प्रयास जारी राखेका छन् ।

बीमा व्यवसायमा असार मसान्तमा पुरानाे व्यापारकाे नविकरण र नयाँ बीमालेखकाे बिक्री तुलनात्मकरुपमा उच्च हुने भएकाले बीमा कम्पनीका लागी विशेष महत्व राख्छ । जीवन बीमा व्यवसायकाे हकमा वर्षभर गरिने व्यापारकाे करिब ३० प्रतिशत हिस्सा असार महिनाकाे काराेबारले नै ओगट्ने भएकाले पनि याे महिना अत्यन्तै महत्वपूर्ण महिना मानिन्छ।

Prabhu
Crest

विश्वव्यापी आर्थिक मन्दीकाे बाछिटाबाट प्रभावित नेपालकाे अर्थतन्त्र बिस्तारमा देखिएकाे सुस्तताकाे प्रत्यक्ष प्रभाव बीमा बजारमा पनि परेकाे छ। बीमा कम्पनीहरुले विगत पाँ वर्षदेखि हासिल गर्दै आएकाे सकारात्मक वृद्धि दर ओरालाे लाग्दै गएकाे छ। चारपाङ्ग्रे सवारी साधनकाे आयात खुकुलाे हुँदा निर्जीवन बीमा कम्पनीकाे व्यापार पहिलाे त्रैमासकाे तुलनामा वृद्धि भएपनि समग्र व्यापारकाे वृद्धिदर सन्ताेषजनक हुन सकेकाे छैन ।

मन्दीकाे मारमा सबैभन्दा बढी जीवन बीमा व्यवसाय परेकाे छ। बीमा सम्बन्धी सचेतनाकाे स्तर एकदमै न्यून हुँदा अहिले आम्दानीकाे श्राेत खुम्चि रहेका बेला सर्वसाधारणकाे प्राथमिकताकाे सूचीबाटै जीवन बीमा बाहिरिएकाे छ। यस्ताे चुनाैतीपूर्ण अवस्थाका कारण जीवन बीमा कम्पनीहरुले चालू आवमा पाेहाेर बराबरकै व्यापार गर्न सक्नुपनि ठूलाे चुनाैती छ। पाेहाेर बराबरकै व्यापार समेत गर्न कठिन भएकाले जीवन बीमा व्यवसायकाे वृद्धिदर ऋणात्मक हुने प्रवल स‌ंभावना देखिएकाे छ।

नविकरण बीमाशुल्ककै भर

जीवन बीमा अभिकर्ता र बजारीकरणमा खटिने अनुभवी कर्मचारीहरुका अनुसार यसपटक प्रथम् बीमाशुल्क आम्दानी २० प्रतिशतसम्म खुम्चिने अनुमान छ। नयाँ बीमालेख बिक्रीवापत बीमा कम्पनीले बीमितबाट प्रथम् बीमाशुल्क आम्दानी गर्छन् । तर अहिले आर्थिक अन्याैलताकाे अवस्था र महँगीका कारण सर्वसाधारणकाे बचत क्षमता खुम्चिएकाले अभिकर्ताहरुलाई नयाँ बीमालेख जारी गर्न सकस परेकाे छ।

व्यापारमा अब्बल ठहरिनका लागी प्रथम बीमाशुल्कवापतकाे रकम जाेहाे गर्न बीमा अभिकर्ता र कर्मचारीले हरस‌ंभव प्रयास जारी राखेका छन् । यसपटक देशैभरका अधिकांश ठूला सहकारी संस्थाहरू संकटमा परेकाले बीमाशुल्क भुक्तानी गर्न न त स‌ंभावित बीमित न त बीमा कम्पनीका कर्मचारीले नै अपेक्षा अनुसारकाे रकम जाेहाे गर्न सकेका छन् ।

यस पटक प्रथम बीमाशुल्क आम्दानीले भन्दा पनि पुराना बीमितबाट स‌ंकलन हुने नविकरण बीमाशुल्क आम्दानीबाट कूल बीमाशुल्क आम्दानीकाे लक्ष्य पुरा गर्न भरथेग गर्ने आशा जीवन बीमा कम्पनीहरुकाे छ। नयाँ बीमा व्यवसायवापतकाे बीमाशुल्क आम्दानीकाे लक्ष्य पुरा नहुँदा साख खस्किने वा सञ्चालक समितिले कान निमाेठ्ने भयले प्रमुख कार्यकारी अधिकृत र मार्केटिङ हेडले बीमालेख जबरजस्ती समर्पण गर्न लगाएरै भएपनि लक्ष्य पुरा गर्ने रणनीति लिएकाे जानकारहरु बताउँछन् । बीमालेख समर्पण गर्न लगाउने र समर्पण मूल्यवापतकाे पैसाले पुनः नयाँ बीमालेख जारी गर्ने प्रवृत्ती पहिले देखि नै चल्दै आएकाे छ। तर पछिल्ला वर्षहरुमा नेपाल बीमा प्राधिकरणले बीमालेख समर्पण मूल्य सम्बन्धी मासिक तथ‍्या‌ंक नियमित प्रकाशन गरिरहेकाले प्रथम् बीमाशुल्क आम्दानीकाे तुलनामा कुनै बीमककाे बीमालेख समर्पणवापत भुक्तानी गरिएकाे रकम कति छ भन्ने छर्लङ हुने गरेकाे छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

25%

दु :खी

50%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS