IME Life
Beema Board

नयाँ ब्रोकरले आजदेखि सुरु गरे शेयर कारोबार, ट्रायल कारोबारको रुपमा मात्रै सिमित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नयाँ ब्रोकरहरुले आजदेखि शेयर कारोबार शुरु गरेका छन् । सात वटै ब्रोकरले खरिद मात्रै गरेका छन् । एक सातादेखि लगातार कम ट्रेडिङ मात्रै गर्दै आएका नयाँ ब्रोकरले आज भने वास्तविक रुपमै शेयर खरिद गरेका हुन् । उनिहरुलाई शेयर बिक्रीको अधिकार भने दिइएको छैन । सबैले एक दुई वटा कारोबार मार्फत खरिद गर्न पाएका छन् । यसरी सात वटाले कारोबार शुरु गरे सँगै बजारमा १६ वर्ष पछि नयाँ ब्रोकरको प्रवेश भएको छ र

आज भोले गणेश सेक्युरिटिज अर्थात ब्रोकर नम्बर ६१ ले ब्रोकर नम्बर ६१ ले आज अपि पावरको दुई वटा कारोबार गरेको छ । ब्रोकरले अपि पावरको जम्मा २० कित्ता शेयर ४ हजार ५ रुपैयाँमा खरिद गरेको हो ।

Prabhu
Crest

त्यस्तै क्यापिटल म्याक्स सेक्युरिटिज अर्थात ब्रोकर नम्बर ६२ ले नेपाल एसबिआइ बैंकको १० कित्ता शेयर खरिद गरको छ । हिमालयन ब्रोकरेज कम्पनी अर्थात ब्रोकर नम्बर ६३ ले हिमालयन लाइफको १० कित्ता शेयर खरिद गरेको छ ।

सन सेक्युरिटिज अर्थात ब्रोकर नम्बर ६४ ले शुभम पावरको २० कित्ता शेयर खरिद गरेको छ । शेयर प्रो सेक्युरिटिज अर्थात ब्रोकर नम्बर ६५ ले स्ट्याण्डर्ड चार्टर्ड बैंकको १० कित्ता र सोल्टी होटलको १०० कित्ता शेयर खरिद गरेको छ

ब्रोकर नम्बर ६६ अर्थात मियो सेक्युरिटिजले स्ट्याण्डर्ड चार्टर्डको २० कित्ता शेयर खरिद गरेको छ । र ब्रोकर नम्बर ६७ अर्थात प्रोपर्टी विजार्डले एशियन लाइफको २० कित्ता शेयर खरिद गरेको छ । सबैले ट्रायलको रुपमा खरिद गरेका हुन् । आइतबारदेखि भने उनिहरुले फुल फ्लेजमा खरिद बिक्री गर्ने छन् ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS