IME Life
Beema Board

तरलता सहज भए सँगै व्याजदरको कार्टेलिङ बन्द गर्ने बैंकर्स संघको निर्णय

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बैंकिङ तरलता सहजता भए सँगै नेपाल बैंकर्स संघले गर्दै आएको व्याजदरको कार्टेलिङलाई खारेज गर्ने निर्णय गरेको छ । बैंकर्स संघको आज बसेको सञ्चालक समितिको बैठकले व्याजदरलाई नियन्त्रण नगर्ने निर्णय गरेको छ ।

बैंकहरु विच निक्षेपको व्याजदरमा अस्वस्थ प्रतिस्पर्धा हुन थाले पछि बैंकहरु मिलेरै व्याजदरमा भद्र सहमति गर्दै आएका थिए । केहि बैंकहरुले बजारलाई नै प्रभावित पार्ने गरी व्याजदर बढाए पछि बैंकहरुले व्याजदरलाई एकरुपता कायम गर्दै आएका थिए । बैंकहरुले निक्षेपका दरमा सिमा निर्धारण गर्दै कार्टेलिङ गर्दै आएकोमा अवदेखि व्याजदर बजारलाई नै छाडिदिने निर्णय गरेका हुन् ।

Prabhu
Crest

व्याजदरले बैंकहरुको व्यवसायलाई प्रभावित पार्ने गर्छ । बैंकहरुको आ-आफ्नै रणनीति हुन्छन् । तर सिमित बैंकहरुले नेपालको बैंकिङ प्रणालीलाई मिलेर चलाउन खोज्दा बजार चलायमान हुन सकेको छैन । पछिल्लो समय कर्जा प्रवाह ठप्प छ । कर्जा प्रवाह ठप्प भए सँगै बैंकहरुलाई निक्षेपको व्याजदरले खर्च बढाएको छ । प्रणालीमा तलरता मात्रै थुप्रिदै जान थाले पछि बैंकहरुले निक्षेपको व्याजदर ह्वात्तै घटाएका छन् । यसरी व्याजदर घटाउदा निक्षेपकर्ताले व्याज नै नपाउने जोखिम देखिएको छ ।

तरलता अभाव हुँदा मिलेर बढाउ र तरलता अधिक हुँदा घटाउन भन्दै खुला छाडिदिने अभ्यासले गर्दा खुला अर्थतन्त्रको उपहास भएको छ । कुनै समय सिडी रेसियो ९० प्रतिशत भन्दा माथि थियो । अहिले सिडी रेसियो ८१ प्रतिशतमा झरेको छ । यहि अनुपातमा निक्षेप बढ्दै जाने र कर्जा प्रवाह नहुने हो भने सिडी रेसियो अझै बढ्ने निश्चित छ । यसले गर्दा पनि आज बैंकहरुले व्याजखर्च घटाउन कार्टेलिङ अन्त्य गर्ने निर्णय गरेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS