IME Life
Beema Board

एनएलजी इन्स्योरेन्सले डाक्यो विशेष साधारणसभा, ६६ प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव पारित गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशनका लागि विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको असार २७ गते बसेको सञ्चालक समितिको बैंठकले आगामी साउन १५ गते विशेष साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिले ६६ प्रतिशत हकप्रद शेयर निष्काशनको विशेष पारितका लागि सधारणसभामा पेश गर्ने निर्णय गरेको हो । कम्पनीको हालको जारी तथा चुक्ता पूँजी एक अर्ब ४५ करोडबाट बृद्धि गरी २ अर्ब ४२ करोड रुपैयाँ पुर्याउने विश्लेष प्रस्ताव पारितका लागि सभामा पेश गर्दै छ ।

Prabhu
Crest

कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी एक अर्ब ४५ करोडको १० कित्ता शेयर बराबर ६.६ शेयरको अनुपातले हकप्रद शेयर जारी गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने भएको हो । हकप्रद शेयर जारी पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी बृद्धि भइ २ अर्ब ४२ करोड पुग्ने हुँदा सोही अनुसार जारी तथा चुक्ता पूँजी प्रबन्धपत्रको दफा ५ (ख) (ग) (घ) तथा नियमावलीमा नियम ५ (ख) (ग) (घ) मा संशोधन गर्ने प्रस्ताव स्वीकृतिका लागि सभामा पेश गर्नेछ ।

प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित निकायको निर्देशन अनुसार आवश्यक फेरबदल गर्नुपर्ने भएमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पारितका लागि पेश गरिनेछ ।

साधारणसभा प्रयोजनका लागि साउन ८ गते एक दिन बुक क्लोज गर्ने भएको छ । साउन ७ गतेसम्म कायम शेयरधनीहरुले साधारणसभामा भाग लिन पाउने छन् । साधारणसभा आम्रपाली ब्याङ्केट थिरबम सडक बालुवाटारमा विहान साढे १० बजे आयोजना हुनेछ ।

नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी जुटाउनका लागि कम्पनीले ६६ प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव गरेको हो । नेपाल बीमा प्राधिकरणले कम्पनीलाई हकप्रद शेयर निष्काशनका लागि प्रारम्भिक अनुमति प्रदान गरिसकेको छ । नेशनल लाइफको सहायक कम्पनी भएकाले प्राधिकरणले कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो । हकप्रद शेयर निष्काशन पश्चात पनि कम्पनीलाई ८ करोड रुपैयाँ अपुग हुन्छ । उक्त रकम चालु आर्थिक वर्षको मुनाफाबाट बोनस शेयर दिएर पुर्याउनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS