IME Life
Beema Board

भारतमा एलआइसीकाे नयाँ बीमालेखकाे बीमाशुल्क आम्दानी ७ प्रतिशतले खुम्चियाे

SPIL
NIC ASIA
Sanima Reliance

काठमाण्डाै‌  । भारतीय जीवन बीमा कम्पनीहरुकाे प्रथम् बीमाशुल्क आम्दानीमा चालू आर्थिक वर्षकाे पहिलाे त्रैमासिक अवधिमा १ प्रतिशतले स‌ंकुचन आएकाे छ।  भारतमा ३१ मार्चमा समाप्त हुने भारतीय आर्थिक वर्षकाे अप्रिलदेखि जुन सम्मकाे तीन महिने अवधिमा बीमाशुल्क आम्दानी गत आवकाे साेही अवधिकाे तुलनामा खुम्चिएकाे हाे ।

भारतीय बीमा नियामकले सार्वजनिक गरेकाे तथ्या‌ंक अनुसार भारतकै सर्वाधिक ठूलाे जीवन बीमक एलआइसीकाे प्रथम् बीमाशुल्क आम्दानी ७ प्रतिशतले खुम्चि‌ंदा समग्र जीवन बीमा कम्पनीहरूकै कूल बीमाशुल्क आम्दानी खुम्चिएकाे हाे।

Prabhu
Crest

जीवन बीमकले भारु ७३० अर्ब प्रथम् बीमाशुल्क आम्दानी गरेका छन् । गत आवकाे साेही अवधिमा भारु ७३६ अर्ब ७४ कराेड प्रथम् बीमाशुल्क आर्जन गरेका थिए । यस अवधिमा पहिलो त्रैमासिकको प्रिमियम आम्दानी भारु ४८२ अर्बबाट ७ प्रतिशत घटेर भारु ४४८ अर्ब ३७ कराेड रुपैयाँमा सीमित भएकाे छ।

निजी जीवन बीमा कम्पनीहरुले पहिलो त्रैमासिकमा बीमाशुल्क आम्दानीमा ११% काे वृद्धि हासिल गरेका छन्। सामूहिक एकल बीमाशुल्क निर्जीवन बीमा कम्पनीहरुकाे बीमाशुल्क आम्दानीमा वृद्धिकाे कारण बन्न पुगेकाे द हिन्दुस्तान टाइम्सले उल्लेख गरेकाे छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS