IME Life
Beema Board

मर्जरको लुपहोल खोज्दै हिमालयन लाइफका साहिलको गैरकानुनी कारोबार, गलत हल्ला मच्चाएर महङ्गोमा शेयर बिक्री

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मर्जरको लुपहोल खोज्दै हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका संस्थापक शेयरधनी साहिल अग्रवालले गैरकानुनी रुपमा शेयर खरिद बिक्री गरेका छन् । साविक यूनियन लाइफमा यस समुहको सर्वाधिक धेरै लगानी रहेको छ । मर्जर अगाडी नै यो समुह शेयर बिक्री गरेर बाहिने योजनामा थियो ।

यसका लागि बीमा प्राधिकरणसँग धेरै पटक छलफल समेत गरेको थियो । ५ वर्षसम्म लकिङ पिरियड हुने । त्यसमा पनि सहजै शेयर बिक्री गरेर बाहिरिने अवस्था नभए पछि यो समुह मर्जरको अभियानमा जुटेको थियो ।

Prabhu
Crest

नेपाल बीमा प्राधिकरणले मर्जरका क्रममा हदैसम्मको लचकता अपनाउने रणनीतिलाई उनिहरुले प्रयोग गर्दै अन्तत शेयर बिक्री गर्न थालेका हुन् । कम्पनीका संस्थापक शेयरधनी साहिल अग्रवालले करोडौ रुपैयाँको शेयर बिक्रि गरिसकेका छन् । सञ्चार माध्यममा संस्थापक शेयरधनी साहिल अग्रवालले मात्रै शेयर बिक्री गरेको देखिए पनि यस समुहले छद्मभेसी रुपमा गरेका लगानीबाट पनि फाइदा उठाइसकेको छ । प्राधिकरणका अनुसार यो समुह हिमालयन लाइफबाट बिक्री गर्न मिल्नेसम्मको शेयर बिक्री गरेर बाहिरिने तयारीमा छ ।

यसको प्रमुख कारण ६/७ वर्ष अगाडी गरिएको लगानीबाट अहिलेसम्म पनि प्रतिफल नपाउनु हो । कम्पनीबाट धेरै प्रतिफल नपाउने भए पछि मर्जरको फाइदा उठाउदै करोडौ रुपैयाँको शेयर बिक्री गरेको हो । साहिल अग्रवाल हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्ष सुलभ अग्रवालका भाइ हुन् । बीमा ऐन २०७९ अनुसार दाजु भाइ एकाघरभित्रका सदस्य हुन् । यसरी दाजु अध्यक्ष भइसके पछि भाइले शेयर बिक्री गर्नु गैरकानुनी मानिन्छ ।

अर्थतन्त्र धरासायी हुँदा यो समुह आर्थिक रुपमा कमजोर बन्दै गएको छ । क्यास फ्लो नै धान्न गाह्रो परे पछि शेयर बिक्री गर्दै व्यवस्थापन गर्ने बाटोमा लागेको छ । त्यसमा पनि प्रतिफल प्राप्त नहुने बीमा कम्पनीको शेयर बिक्री गरेको हो ।

शेयर खरिद बिक्रीमा हिमालयन लाइफका सिइओ बने मतियार

शेयर खरिद बिक्रीमा हिमालयन लाइफका प्रमुख कार्यकारी अधिकृत मनोजलाल कर्ण मतियार बनेका छन् । उनले आफ्नै श्रीमति अध्यक्ष रहेको ब्रोकर नम्बर ५५ बाट साहिल अग्रवालको शेयर खरिद बिक्री गराएका छन् । कर्णको श्रीमति सुधा कर्ण भृकुटी स्टक ब्रोकिङ कम्पनी प्राइभेट लिमिटेडको अध्यक्ष हुन् ।

मनोजलाल कर्णले शंकर ग्रुपको बीमा तथा शेयर सम्बन्धी काममा सघाउदै आएका छन् । उनले हिमालयन लाइफका अतिरिक्त हिमायलयन रिइन्स्योरेन्स कम्पनी, नयाँ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी सहित धेरै वटा कम्पनीलाई प्रत्यक्ष अप्रतक्ष रुपमा ह्याण्डल गर्दै आइरहेका छन् ।

महँगोमा शेयर बिक्री गर्न बजारमा गलत अफवाह

नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी जुटाइसकेको हिमालयन लाइफले बजारमा गलत हल्ला चलाएर शेयर मूल्य बढाएको थियो । शंकर समुहले महँगोमा  शेयर बिक्री गर्न दिन दिनै बजार मूल्य बढाएको थियो । नियोजित रुपमा हल्ला चलाएर बजारको सप्लाइ आफैले खरिद गर्दै यस समुहले अधिकतम माग सिर्जना गरेको थियो ।

यसै कारणले तत्कालिन समयमा हिमालयन लाइफको शेयर मूल्य लगातार सर्किट लागेको थियो । यहि अवधिमा अग्रवालले शेयर बिक्री गर्न भ्याइसकेका थिए । आफैले डिमान्ड क्रियट गर्ने अनि आफैले बिक्री गर्ने दोहोरो भुमिकाले गर्दा दोस्रो बजारमा सयौ लगानीकर्ता फसेका छन् ।

यस अवधिमा बीमा कम्पनीहरुले हकप्रद शेयर निष्काशन गर्ने भन्दै हल्ला चलेको थियो । बीमा प्राधिकरणले पूँजी जुटाउन बाँकी कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिने हल्ला मच्चाएर यस समुहले हिमालयन लाइफको समेत शेयर मूल्य बढाएको थियो ।

अझै पनि हिमालयन लाइफको शेयर खरिद बिक्री सर्वाधिक धेरै हुँदै आएको छ । शंकर ग्रुपले बजारमा बिक्री गरेको सर्वसाधारण शेयर नै सबैभन्दा धेरै खरिद बिक्री भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

10%

खुसी

7%

दु :खी

17%

अचम्मित

3%

उत्साहित

63%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS