IME Life

बीमा कम्पनीहरुको संख्या धेरै भएरै मर्जर गर्न थालिएको अर्थमन्त्रीको स्पष्टिकरण

SPIL
NIC ASIA

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपालमा यति धेरै बीमा कम्पनीहरुको आवस्यकता छ भन्दै प्रश्न आउने गरेको बताएका छन् । नेपालको बजारलाई हेर्दा यस्तो प्रश्न आउनु जायज भएको महतको भनाइ छ ।

आज नेपाल वित्तीय संस्था कर्मचारी संघ ‘फिउन’ले नेपालको वित्तीय क्षेत्रका चुनौती समाधानका उपाय तथा भावी कार्यदिशा विषयक सामाजिक संवाद क्रार्यक्रमलाई संबोधन गर्दै महतले भने ‘बीमा क्षेत्रमा पनि धेरै कम्पनीहरु आएका छन् । यद्यपी यति धेरै कम्पनीहरुको आवस्यकता छ ? भन्ने प्रश्न अवश्य पनि आएको छ । हाम्रो बजारलाई दृष्टिगत गर्दा हो जस्तो पनि लाग्छ ।‘ उलने थपे ‘जे भए पनि कम्पनीहरु आइसकेका छन् । त्यसैले अहिले धेरै भयो भनेर मर्जरको कुरा पनि भइरहेको छ ।’

Prabhu
Crest

महतले २०४६ साल पछि वित्तीय क्षेत्रमा व्यापक विकास भएको उल्लेख गरेका छन् । उनले भने ‘वित्तीय क्षेत्र २०४६ साल पछि व्यापक विकास भयो । त्यतिवेलासम्म सरकारी बैंक बाहेक एउटा चार्टर्ड एकाउन्टेन्ट मात्रै निजी क्षेत्रबाट थियो । अहिले बैंक वित्तीय संस्थाहरुमा निजी क्षेत्रको ठुलो उपस्थित रहेको छ ।‘

सूचना क्रान्तिमा आएको परिवर्तनले गर्दा बैंक वित्तीय क्षेत्रमा धेरै पारदर्शिता विकास भएको उनले दाबी गरे । उनले भने ‘यो सबैको लागि खुसीको कुरा हो । नेपालका बैंक वित्तीय संस्थाहरुले अन्तर्राष्ट्रिय स्ट्यार्ण्डर्ड पद्दतीहरुलाई अपनाउने छन् । मुलुभुत रुपमा उपभोक्ताहरुको निक्षेपकर्ताहरुको अधिकार सुरक्षालाई उच्च प्राथमिकतामा राख्ने छन् भन्ने मलाई लागेको छ ।‘

यस्तो सुधार हुँदा हुदै पनि केहि बैंकहरुलाई अप्ठ्यारोमा पर्न थाल्ने वित्तीकै राष्ट्र बैंकको सहयोगमा हस्तक्षेप गरेर अर्डरमा ल्याइएको महतले चर्चा गरे । उनले भने ‘एक पटक बाणिज्य बैंकमा ठुलो समस्या आइसकेको थियो । सरकारले तुरुन्तै व्यवस्थापनलाई क्ट्र्याक्टमा राखेर पुनर्जीवत गरेको थियो । अहिले फेरी कृषि विकास बैंकमा पनि सुधारको आवस्यकता देखिन्छ ।‘ उनले थपे ‘नेपालको बैंक वित्तीय संस्थाहरुलाई नमुनाका रुपमा अगाडी बढाउनु पर्नेछ ।‘

माइक्रोइन्स्योरेन्स तथा सहकारीका क्षेत्रमा पनि समस्या देखिएको अर्थमन्त्री महतले बताए । त्यसैले बजेटमा सहकारी क्षेत्रलाई नियमन गर्न छुट्टै नियमनकारी निकायको व्यवस्था गर्ने व्यवस्था गरिएको महतले जानकारी गराए । त्यसलाई छिट्टै कार्यान्वयनमा ल्याइने उनको भनाइ छ ।

नेपालमा बैंकर र व्यवसायी एउटै हुने वास्तविकताले गर्दा निश्चित व्यवसायीहरुलाई मात्रै कर्जा प्रवाह हुने वातावरणको अन्तर्गत गर्नु पर्ने महतको भनाइ छ । बैंकहरुले लगानीलाई विविधता कायम गरी साना मझौला लगानीकर्ताले पनि कर्जा पाउनु पर्ने उनले बताए ।

बैंकहरुले उत्पादनशिल क्षेत्रमा लगानी नगरेको भन्दै आरोप लाग्दै आएकाले अवदेखि उत्पादनशिल क्षेत्रमा लगानी गर्नु पर्ने बातावरण बनाउन महतले राष्ट्र बैंकलाई अनुरोध गरेका छन् । बैंकहरुले धितो राखेर कर्जा प्रवाह गर्ने क्रममा धेरै नै धितो राखेर कर्जा प्रवाह गर्ने गरेको महतले आरोप लगाएका छन् । उनले भने ‘सुरुमा धेरै धितो राख्ने । यदि ऋणीले सावा तथा व्याज भुक्तानी गर्न नसकेमा लिलामी गर्ने खालका गलत अभ्यास हुने गरेको छ ।’ महतले व्याजदर पनि मिलोमतो परिवर्तन हुने गरेको आरोप लगाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS